अन्तर्राष्ट्रिय

केजरीवालले भने मोदी कायर मनोरोगी हुन्

२९, मंसिर दिल्ली ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगी भनेका छन् । सीआईबीले आफ्नो कार्यालयमा छापा मारेको बताउँदै उनले मोदी कायर र मनोरोगी भएको बताएका हुन् । उनले भनेका छन् “ मेरो कार्यालयमा छापा मारिएको छ । राजेन्द्रको बहानामा सीएम अफिसको फाइल हेरिएको छ । मोदीजीले भनुन् कि उनी कुन फाइल चाहन्छन् ।” यस्तै उनले मोदीले राजनीतिक रुपमा सामना…विस्तृत समाचार »

आतङ्कवाद विरोधी सैनिक गठबन्धन निर्माण

रियाद, २९ मङ्सिर । साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ ।साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ । तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति, एसपिए समाचार समितिले जनाएको छ…विस्तृत समाचार »

दिल्ली मुख्यालयमा सिबीआईको छापा

नयाँ दिल्ली, २९ मङ्सिर । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको प्रशासन मुख्यालयमा फेडेरर इन्भेस्टिगेटरले मङ्गलबार छापा मारेको बताउनु भएको छ । मुख्यमन्त्री केजरीवालले आफ्नो कार्यालय तथा दिल्लीको प्रशासनमाथि छापा मारिनुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक प्रतिशोध लिनका लागी गरिएको काम भनी टिप्पणी गर्नु भएको छ । केजरीवालले यसलाई भारतीय प्रधानमन्त्रीको ‘मनोरोगग्रस्त’ राजनीतिक प्रतिशोधको उपजका रुपमा आएको प्रतिक्रिया भएको जिकिर गर्नु भएको छ । छापाबारे बिस्तृतमा…विस्तृत समाचार »

​ अश्लिल क्रियाकलापमा संलग्न ६० जना बालबालिका पक्राउ

२८ मङ्सिर,मेक्सिको  । ल्याटिन अमेरिकाको विभिन्न राज्यबाट यौन तथा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा ६० जना बालबालिकालाई पक्राउ गरिएको मेक्सिकोका सुरक्षा अधिकारीले बताएका छन् ।                                                                    सुरक्षाकर्मी र फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआइ)ले अर्जेन्टिना, चिली…विस्तृत समाचार »

​ बस दुर्घटनामा ४३ जना प्रहरीको मृत्यु

मंसिर २९,अर्जेन्टिना । अर्जेन्टिनामा बस दुर्घटना हुँदा ४३ जना प्रहरीको मृत्यु भएको छ । उत्तरपश्चिमी अर्जेन्टिनाको साल्टा राज्यस्थित रोसारियो डी ला फ्रोन्टेरा शहर नजिकको एक पुलबाट बस तल खसेको हो । सीमा सुरक्षा बलका प्रहरी चढेको बस पुलबाट झण्डै २० मिटर तल खसेको हो । बसमा ५० यात्रु रहेकोमा ६ जनाको उद्दार गरिएको छ । राष्ट्रिय राजमार्गमा प्रहरी लिएर गुडेका तीनमध्ये एउटा बस दुर्घटनाग्रस्त भएको…विस्तृत समाचार »

भारतीयहरुले सोलार प्यानल समेत खान थालेको अस्ट्रेलियन पत्रिकामा कार्टुन

२९, मंसिर काठमाडौँ ।  भारतीयले संयुक्त राष्ट्रसंघद्वारा उपलब्ध गराइएको सोलार प्यानल समेत खाने प्रयास गरिरहेको कार्टुन ‘दि अस्ट्रेलियन’ दैनिक पत्रिकामा प्रकाशित भएको छ । दक्षिण एसियामै दादागिरी मच्चाउँदै बसिरहेको भारतमा भोकमरी बिढिरहेको र खानेबाहेक भारतले अरु केहि सोच्न नसकेको सन्देश दिइएको छ । कार्टुनमा भारतीय नागरिक भोकमरीबाट ग्रस्त भएको र सोलार प्यानल खाएर भोक टार्न खोजेको देखाइएको छ ।    प्रख्यात कार्टुनिस्ट बिल लिकले तयार…विस्तृत समाचार »

१६ बर्षीय नेपाली किशोरले क्यानाडामा म्युजिक अवार्ड जिते

२८, मंसिर क्यानडा ।  १६ बर्षीय नेपाली किशोर अभि बस्ताकोटीले क्यानाडामा म्युजिक अवार्ड जितेका छन् । क्यानाडाको क्यालगरी सहरमा आयोजित फिडब्याक फ्राइडे भोल्युम–२ नामको संगीत प्रतिस्पर्धामा उनि २२ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ठ दुईमा पर्न सफल भएका छन् । सांगीतिक क्षेत्रमा लागेका स्थापित व्यक्तिहरूले भाग लिने उक्त प्रतिस्पर्धामा उनि दोस्रो स्थानमा परेपछि आयोजक समेत चकित परेको छ ।  डिसेम्बर ११, २०१५ मा भएको अन्तिम छनौट प्रतिस्पर्धामा…विस्तृत समाचार »

२९ जना सशस्त्र आतङ्ककारी मारिए

काबुल, २८ मङ्सिर । अफगान प्रहरीका एक समूहले गत २४ घण्टाभित्र शृङ्खलाबद्ध रुपमा गरेको कारबाहीको क्रममा १० सशस्त्र तालिवान आतङ्ककारी मारिएको अफगान गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीमा अफगान सेनाको पनि सहयोग रहेका जनाइएको छ । अफगानिस्तानको कुन्दुन्ज, फर्याब कान्दाहार ओरुजगान, पाक्टिका र हेलमान्ड प्रान्तमा जारी कारबाहीमा ती आतङ्ककारीहरु मारिएको जनाइएको छ । यस कारबाहीको क्रममा अफगान प्रहरीको सो समूहले हातहतियारहरु कब्जा गरेको…विस्तृत समाचार »

फिलिपिन्समा शक्तिशाली आधीको खतरा, सातलाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारियो

मनिला, २८ मङ्सिर । फिलिपिन्समा शक्तिशाली आधी आउने खतरा बढेको जनाइएको छ । सो आधीको त्रासका कारण सात लाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताइएको छ ।मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । दुई दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ । मेलर नामको सो आधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका वासिन्दामा…विस्तृत समाचार »

नेपाल सरकारलाई हत्यारा भन्दै अमेरिकामा प्रर्दशन

२८, मंसिर अमेरिका ।  अमेरिकामा रहेका मधेशी समुदायले नेपाल सरकारको विरोध गदै प्रर्दशन गरेका छन् । मधेश आन्दोलनमा सरकार पक्षद्धारा  ब्यापक दमन गरिएको भन्दै उनिहरुले विरोध जनाएका हुन् । मधेशी समुदायले संयुक्त राष्ट्र संघको भवन अगाडि विरोध प्रदर्शन गरेका हुन । एसोसिएसन अफ नेपाली तराइन इन अमेरिका  न्यू योर्क च्यापटरको प्रमुख आयोजनामा भएको विरोध कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा रहेका मधेशीहरुको  सहभागिता थियो ।   विस्तृत समाचार »

global ime

Ruslan

runner bike

राजनीति

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

१९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् । सहायकमन्त्र्री याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाएका थिए । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिए ।

जमिन फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छः मन्त्री भट्ट

१९ मंसिर कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सरकारले नतिजा निकालेर देखाउने भन्दै मन्त्री भट्टले सोही अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल गर्ने बताए । 

सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्छ : झलनाथ खनाल

१९ मंसिर इलाम । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए ।सरकारको मात्र प्रयासले सम्भव

अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

१८ मंसिर, काठमाडौं ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् । 

कतार–साउदी अरब तनाव : कतारका अमिरलाई साउदी राजाले गरे निम्तो

१८ मंसिर, काठमाडौं । कतारका सरकारी सञ्चारमाध्यमहरूले देशका अमिरलाई साउदी अरबका राजा सलमानले आगामी साता रियादमा आयोजना हुन लागेको एउटा क्षेत्रीय सम्मेलनमा भाग लिन निम्तो दिएको उल्लेख गरेका छन् । तर ती समाचारसंस्थाले कतारी अमिर शेख तामीम बिन हमाद अल–थानीले निम्तो स्वीकारिसकेका छन् या छैनन् भनेर पुष्टि गरेका छैनन् । यदि त्यसो भयो भने दुई देशबीच लामो समयदेखि विद्यमान कूटनीतिक विवाद अब समाधानतर्फ जान लागेको एउटा बलियो सङ्केत मिल्नेछ । साउदी अरबको नेतृत्वमा चार छिमेकी देशले सन् २०१७ देखि कतारमाथि आर्थिक नाकाबन्दी लगाएका थिए । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top