अन्तर्राष्ट्रिय

फ्रान्समा हिमपहिरोमा पाँच सैनिकको मृत्यु

५,माघ । फ्रान्समा हिमपहिरोमा परी पाँच जना सैनिकको मृत्यु भएको छ । अल्प्स हिम शृङ्खलामा सैन्य अभ्यास गरिरहेका बेला पहिरो जाँदा  मृत्यु भएको हो । त्यसैगरी घटनामा अन्य ६ जना सैनिक घाइते भएका छन् । इटलीको सीमानजिक अल्प्स हिम शृङ्खलामा ५० जना सैनिकले अभ्यास गरिरहेका बेला ११ वटा हिमपहिरो गएको अधिकारीहरुले बताएका छन् । त्यसलगत्तै तालिमप्राप्त कुकर तथा हेलिकोप्टरको सहयोगमा उद्दार गरिएको थियो । हिम पहिरोमा…विस्तृत समाचार »

पाकिस्तानमा युट्युबमाथिको प्रतिबन्ध हटाईयो

५,माघ । पाकिस्तानमा युट्युबमाथिको प्रतिबन्ध  हटेको छ । इस्लामको अपमान गर्ने भिडियो अपलोड गरेको भन्दै पाकिस्तान सरकारले झन्डै तीन वर्षअघि युट्युबमाथि प्रतिबन्ध लगाएको थियो । युट्युब सञ्चालक गुगलले पाकिस्तानका लागि युट्युबको विशेष संस्करण सुरु गरेकाले प्रतिबन्ध कायम राख्नुको कुनै अर्थ नरहेको पाकिस्तानको टेलिकम नियमकले बताएका छन् । युट्युबले भने सरकारी अधिकारीले अपलोड भएका सामाग्रीमा नियन्त्रण गर्न सक्ने कुरा अस्वीकार गरेको छ । धेरै युवाले प्रतिबद्ध हटाउने…विस्तृत समाचार »

प्रतिबन्ध हटेको एकदिनमै इरानमाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

४,माघ । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । परमाणु कार्यक्रम कम गर्नेसम्बन्धी गएको वर्षको जुलाईमा भएको सम्झौताको प्रतिबद्धताअनुसार काम गरेको भन्दै अमेरिकासहित अरु देशले प्रतिबन्ध हटाएको एक दिनपछि नै अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको हो । नयाँ प्रतिबन्धअनुसार इरानको मिसाइल कार्यक्रमसँग सम्बन्धित ११ संस्था तथा व्यक्तिले अमेरिकी बैकिङ प्रणालीको प्रयोग गर्न पाउने छैनन् । अस्ट्रियाको भियनामा भएको अमेरिका, इरान तथा…विस्तृत समाचार »

इराकबाट अमेरिकी नागरिकको अपहरणमा

४,माघ ।  इराकको बग्दादमा केही अमेरिकी नागरिक अपहरणमा परेका छन् । बग्दादस्थित अमेरिकी दूताबासले जनाएअनुसार इराकमा रहेका केही अमेरिकी नागरिक बिगत केही दिनेदेखि सम्पर्कबिहीन बनेकोमा उनीहरुको अपहरण भएको पुष्टी गरेको छ । यद्यपी कतिजना अमेरिकी नागरिक अपहरणमा परे भन्ने यकिन नभएको अमेरिकी दूताबासले जनाएको छ । दूताबासका कर्मचारीहरुले इराकी अधिकारीहरुसँग समन्वय गरी अपहरणमा परेका नागरिकको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । गत सन्…विस्तृत समाचार »

आइएसको आक्रमणमा १ सय ३५ जनाको मृत्यु

 ३ माघ काठमाडौं । सिरियाको दिर अल जोर क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले गरेको आक्रमणमा १ सय ३५ जनाको मृत्यु भएको छ । मानवअधिकारवादी संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले ८५ जना सर्वसाधारण र ५० जना सैनिकको मृत्यु भएको जनाएको हो । तर सिरियाली सरकारी समाचार एजेन्सी सानाले करिब तीन सय नागरिकको मृत्यु भएको जनाएको छ । यसैबीच संयुक्त राष्ट्र संघले दिल अल जोरको अवस्था…विस्तृत समाचार »

इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हट्यो

 ३ माघ काठमाडौं ।  इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय भएको हो । अस्ट्रियाको भियनामा इरानसहित अमेरिकी विदेशमन्त्री जोन केरी तथा युरोपियन युनियनका विदेशमन्त्रीसँगको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आइएइएले इरानको परमाणु कार्यक्रमका बारेमा पछिल्लो प्रतिवेदन पेश गरेको…विस्तृत समाचार »

आइएसको डरलाग्दो हमला ,एक सय ३५ जनाको मृत्यु

३,माघ ।  सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि एक सय ३५ जनाको ज्यान गएको छ । सिरियाको उत्तरी क्षेत्र दिर अल जोर क्षेत्रमा आइसले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक तथा सरकारी सैनिकको ज्यान गएको हो । ज्यान जानेमा ८५ जना सर्वसाधारण नागरिक तथा ५० जना सिरियालनी सैनिक रहेको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । तर सिरियाको सरकारी समाचार…विस्तृत समाचार »

इरानमाथि लाग्दै आएको आर्थिक प्रतिबन्ध हट्यो

३,माघ,काठमाडौं । इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय भएको हो । अस्ट्रियाको भियनामा इरानसहित अमेरिकी विदेशमन्त्री जोन केरी तथा युरोपियन युनियनका विदेशमन्त्रीसँगको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आइएइएले इरानको परमाणु कार्यक्रमका बारेमा पछिल्लो प्रतिवेदन पेश गरेको थियो ।…विस्तृत समाचार »

साउदी अरबियासँग छिट्टै श्रम सम्झौता हुने

२, माघ साउदी अरबिया ।  नेपाल र साउदी अरबियाबीच छिट्टै श्रम सम्झौता हुने भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली र साउदीको डेपुटी मिनिस्टरस्तरीय वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको हो । वार्तामा दुई देशबीच घरेलु कामदारलगायत सबै…विस्तृत समाचार »

​अमेरिकाको हवाईमा दुई सामुद्रिक हेलिकोप्टर दुर्घटनाग्रस्त

२,माघ । अमेरिकी तटरक्षक सेनाले सामुद्रिक सुरक्षाका लागि तैनाथ गरिएका दुई हेलिकोप्टर अमेरिकी मध्यप्रशान्त क्षेत्रको हवाई राज्यको ओआहु टापुमा दुर्घटनाग्रस्त भएका छन्।   अमेरिकी सामुद्रिक सैन्य अधिकारीका अनुसार सारा मुएर्सले दुवै हेलिकोप्टरमा छरछ जना गरी १२ जना यात्रारत् भएको पत्रकारसँगको कुराकानीमा जनाइएको छ ।   दुर्घटनाग्रस्त हेलिकोप्टरको क्षतविक्षत भाग सामुद्रिक तटमा देखिएको तटरक्षक सैन्य अधिकारी मुएर्सले बताए। यसबारे बिस्तृत बिवरण समाचार सङ्कलन गर्ने बेलासम्म आइसकेको बताइएको छ…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

सरकारकै मिडिया पनि कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन थालेः अर्थमन्त्री खतिवडा

५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाले सरकारका सकारात्मक कामलाई स्थान नदिएको गुनासो गरेका छन्। हरिहर भवन ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सरकारकै मिडियाले समेत निष्पक्षता र तटस्थताको नाममा सरकारका कामलाई बेवास्ता गरेको आरोप लगाएका हुन्। उद्घाटन कार्यक्रममा उनले भने, ‘विपक्षीलाई फोरम हुन्छ, सरकारको हुँदैन। सरकारकै मिडिया कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन्छन्। सरकारलाई पनि फ्लोर दिनुहोस्।’ 

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top