syangyong
cg

अन्तरवार्ता

अब तपाईको लाइसेन्स् बन्यो बेकामे, सोमबारदेखि नेपालमा स्मार्टकार्ड लागु हुंदै

यातायात व्यवस्था विभागले यहि मंसिर  १४ गते सोमबारबाट स्मार्ट कार्ड प्रणालीको सुरूवात गरेको छ । लाइन्सेन्सको सट्टामा प्रयोग हुने यो कार्डले लाइन्सेन्समा हुने सबैकिसिमका विकृति हट्ने विभागको दावी छ । यो स्मार्ट कार्ड १० वर्ष सम्म खप्ने र यात्रुहरुलाई पनि सहज हुने विभागले जनाएको छ । यही स्मार्ट कार्डका विषयमा यातायात व्यवस्था विभागका निर्देशक बसन्त अधिकारीसँग न्यूजसेवा डटकमका सम्बाददाता सुदिप रेग्मीले गरेको कुराकानी ।  स्मार्ट कार्ड प्रणाली…विस्तृत समाचार »

अनलाइन पेमेन्ट सुरु भएपछि उपभोक्तालाई सहज मात्रै भएको छैन पैसा पनि बचेको छ

कास्कीको लेखनाथ नगरपालिकामा खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न मिलाएपछि यतिबेला उपभोक्ताहरुलाई निकै सहज भएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मोबाइल तथा नजिकैको साइबर र कम्युनिकेशन, स्टेशनरी, किराना पसलल लगायतबाट पानीको महशुल भुक्तानी गर्न थालेका छन् ।  अनलाइन भुक्तानीको सेवासँगै उपभोक्ता संस्थाको कार्यालयमा घण्टौं लाइन बस्नुपर्ने समस्याबाट मुक्त भएको छ । संस्थाले ई–सेवासँगको सहकार्यमा अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने…विस्तृत समाचार »

नाकाबन्दीवले मान्छेलाई होशमा ल्याइदिएको छ अब आर्थिक क्रान्ति अभियान अघि बढ्छ

 देशमा आर्थिक क्रान्तिको खाँचो छ भन्ने कुरा धेरै भएका छन् । अझ २०६२÷०६३ सालको जनआन्दोलन र मुलुकमा गणतन्त्र स्थापना भएसँगै आर्थिक क्रान्ति शव्द सबैको मुखमा भुण्डिएको छ । संविधान जारी भइसकेको अवस्थामा अब मुलुक आर्थिक एजेण्डामा प्रवेश गर्यो समेत भनिएको छ । नेताहरुको भाषण मिठो पार्न आर्थिक क्रान्ति भन्ने शव्द मसला बन्दै आएको छ । देशमा आर्थिक विकास गर्ने नारा जतिनै लगाएपनि अझ पछिल्लो समय…विस्तृत समाचार »

१० महिना नाकाबन्दी भएपनि कुनै समस्या हुँदैन

भारतले अघोषित नाकाबन्दी गरेसँगै नेपालमा इन्धनदेखि खाद्य वस्तुको चरम अभाव सिर्जना भएको छ । नाकाबन्दीसँगै बजारमा सबै वस्तुको कालोबजारी समेत बढेको छ । कुनै कुनै व्यापारीहरुले नुनको समेत मूल्य वृद्धि गरेका छन् । तर साल्ट टेड्रिङले बजारमा कतै पनि मूल्य वृद्धि नभएको दावी गर्छ । नेपालमा इन्धनपछि शतप्रतिशत भारतमा निर्भर रहेको नुनमा हो ।  नाकाबन्दीसँगै बजारमा नुनको समेत हाहाकार हुने हल्ला चलेपनि नुन १० महिनासम्म…विस्तृत समाचार »

आम्दानी बढाउन इसेवा उत्तम विकल्प बनेको छ

अहिले बजारमा अधिकांस स्थानमा इसेवा जोन भनेर लेखिएको भेटिन्छ । मोवाईल तथा अनलाईन मार्फत घरमै बसेर विभिन्न किसिमका विल तिर्न सकिने तथा मोवाइल मार्फत नै कारोवार गर्न सकिने यो सेवाको  नेपालमा लोकप्रियता बढ्दो छ । प्रविधीको प्रयोगबाट काम सहज र सरल बनाउनुका साथै रकमको समेत बचत गर्न सकिने दावी कम्पनीले गर्दै आएको छ । यसै विषमा हामीले इसेवा जोन प्वइन्ट विभाग प्रमुख अरुण फुयाँलसँग गरिएको…विस्तृत समाचार »

हुटिट्याउँले आकाश थाम्न सक्दैन: चन्द्रप्रसाद रिजाल, अध्यक्ष, टान

  २०२९ असार ३ गते धादिङको खाल्डे गाविसमा जन्मनु भएका चन्द्रप्रसाद रिजाल २ दशकदेखि पर्यटन क्षेत्रमा काम गदै आउनु भएको छ । उहाँ पर्यटन व्यवसायका साथै सामाजिक क्षेत्रमा पनि कृयाशिल हुनुहुन्छ । यतिखेर भुकम्पले नेपालको पर्यटन क्षेत्र तहस नहस बनाएको छ । भुकम्पले पर्यटन क्षेत्र ध्वस्त बनाइरहेको बेला ट्रेकिङ  एजेन्सीज एशोसियसनमा रिजाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । अब पर्यटन क्षेत्रको विकासकालागि टानले के गर्छ…विस्तृत समाचार »

बसको टिकट मोबाईलबाटै,यातायात व्यवसायी तयार भए यातायात क्षेत्रले छलाङ मार्छ

दशैं भन्दा धेरैको मन हुरुक्कै हुन्छ । तर आफ्नो गाउंघर फर्कंदा टिकटको लागि पाइने सास्ती सम्झँदा धेरैले दशैंलाई दशाजस्तो सम्झनुपर्ने बाध्यता छ । कामको सिलसिलामा काठमाडौंमा बसोबास गरिरहेका धेरै मानिस दशैंमा जसरी पनि घरमा पुग्छन् । तर घरमा जानको लागि टिकट पाउनको सास्ती, टिकट पाएपनि टिकट दोहोरिने समस्याले सबैजनालाई पिरोलेको छ ।  ‘अफिसमा बल्लतल्ल बिदा मिलाएर बिहानै ४ बजे बसपार्क पुगेर घन्टौँ लाइनमा बसेर टिकट…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top