esewa
kantipur mall

मुख्य खबर

चिलीको कपडा कारखानामा लुटेरा समूहले आगो लगाउँदा पाँचको मृत्यु

४ कात्तिक, काठमाडौं । चिलीको टर्च कारखानामा लुटेराको समूहले आगो लगाउँदा पाँच जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार राजधानी स्यान्टिएगोमा विरोधप्रदर्शन चलिरहेका बेला लुटेराहरूले राजधानीनजिकै अवस्थित एउटा कपडा कारखानामा आगो लगाइदिएका थिए। सरकारविरुद्धको प्रदर्शन जारी रहँदा त्यहाँका मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्। मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले…विस्तृत समाचार »

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

४ कात्तिक, जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी…विस्तृत समाचार »

सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम

  ३ कार्तिक म्याग्दी । म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ । प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको खोज…विस्तृत समाचार »

सौराहामा अब राति पनि जिप सफारी

२ कात्तिक, चितवन । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ। नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उनको भनाई छ। ‘सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म…विस्तृत समाचार »

​कम्युनिष्टभन्दा राम्रो काम गर्नुस् : देउवा

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई चुनाव जितेर स्थानीय तहमा काम गरिराखेका प्रमुख÷उपप्रमुखलाई कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्। भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले भने, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो।’ कम्युनिष्टहरूले जितेका…विस्तृत समाचार »

पत्रकारसामु प्रचण्डको अनुरोध- मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो

१ कात्तिक, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर बारेको कुरा आफूलाई नसोध्न आग्रह गरेका छन् । शुक्रवार सुदूरपश्चि प्रदेशका पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने बताए । ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा हो । उहाँले जे सोच्नु हुन्छ त्यही हुन्छ’ प्रचण्डले भने । तर, तपाईं पनि…विस्तृत समाचार »

सरकारलाई सर्वोच्चको प्रश्न : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो कि होइन ?

३० असोज, काठमाडौं । सर्वोच्च अदालतले मधेस थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने ३ महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलाशले बिहीबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो या होइन, के कारणले नमिल्ने हो आदेश पाएको मितिले ३ महिनाभित्र निर्णय गर्न आदेश दिएको…विस्तृत समाचार »

सी आउँदैमा उत्पात् भयो भन्दै भारतलाई चिढ्याउनु हुन्न : बाबुराम

३० असोज, काठमाडौं । समाजवादी पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले  सी नेपाल आउँदैमा भारतलाई चिढ्याउन नहुने बताएका छन् । गोरखाका पत्रकारसँग कुराकानी गर्दै बिहीबार उनले यस्तो बताएका हुन् । चीनले भारतको विश्वास लिएर मात्र क्षेत्रिय नीति बनाउन चाहनेसमेत डा.भट्टराईले दाबी गरे ।  ‘सीले नेपाल आए भन्दैमा लौ उत्पात भयो भनेर मामा आए घोडा, माइजु आइन् डोली, पापा ल्याइन् सोली भन्ने भ्रममा पर्नु हुदैन’, उनले भने,…विस्तृत समाचार »

​फेरि एकपटक आन्दोलन गर्ने इच्छा छ : प्रचण्ड

३० असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको प्रचण्डले बताए। ‘हामी त जीवनको उद्धरार्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ,’ बिहीबार गृहजिल्ला चितवनमा आयोजित चियापान कार्यक्रममा उनले…विस्तृत समाचार »

विप्लवका पक्राउ पर्ने २१ नेता कार्यकर्ता (नामसहित)

३० असोज, काठमाडौं । दाङको राजपुर गाउँपालिका–४ को मुग्रेटाखोला नजिकै जंगलमा प्रहरी अपरेसनमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा २१ नेता कार्यकताको नाम खुलेको छ । बैठक भइरहेको सुचना पाएपछि प्रहरीले बैठक स्थल कब्जा गरेर उनीहरुलाई पक्राउ गरेको थियो ।  पक्राउ पर्नेहरु १ केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज  २ चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्यपश्चिम कमाण्ड ईन्चार्ज ३…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top