syangyong

मुख्य खबर

उपचारमा ज्यान गए चिकित्सकलाई जन्मकैद, भदौ १ गतेदेखि बिरामी नजाँच्ने चिकित्सकको चेतावनी

२९ साउन कााठमाडौ ।  लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ । नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) मा बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो । ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो । नयाँ व्यवस्थाअनुसार कसैले कसैको…विस्तृत समाचार »

देशभर मौसम बदली भइ पानी पर्ने संभावना

२९ साउन काठमाडौ । मंगलबार देशभरको मौसममा  बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यमस्तको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले जानकारी दिएका छन्। काठमाडौँ उपत्यकासहितका ठाउँमा बिहानमा मौसम…विस्तृत समाचार »

​खोलाले बगाएर दुई बेपत्ता

२८ साउन, मोरङ । ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।  पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिएका छन् ।  विस्तृत समाचार »

जीपको ठक्करबाट एक जनाको मृत्यु

२८ साउन, पाल्पा । तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्। बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो । तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १…विस्तृत समाचार »

मृत बच्चा बोकेर १७ दिनसम्म भौँतारिएको ह्वेल.....

एउटा किलर ह्वेलले आफ्नो मृत नवजात बच्चा लिएर समुद्रमा १७ दिनसम्म भौँतारिएको र त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन्। क्यानडाको भ्यान्कुवर टापु पारीको हारो क्षेत्रमा त्यो किलर ह्वेलले आफ्ना साथीहरूसँगै मिलेर सालमन माछाको ठूलो समूहलाई तीव्र गतिमा लखेटेको ह्वेल अनुसन्धान केन्द्रले जनाएको छ। त्यो केन्द्रले शनिवार एक विज्ञप्तीमा भनेको छ, उसको शोकको यात्रा अब सकिएको छ र उसको स्वभाव निकै…विस्तृत समाचार »

हतियार भण्डारमा विस्फोट हुँदा सिरियामा १२ बालबालिका सहित ३९ को मृत्यु

२८ साउन काठमाडौ । सिरियाको उत्तर–पश्चिमी प्रान्त इड्लीबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्। विद्रोहीको पकडमा रहेको इड्लीबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्र भण्डार रहेको ठानिएको छ। पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्। हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौँ विद्रोही इलाकामा कारवाहीलाई तीव्र पारेको छ। ईड्लीब कैयौँ विद्रोही तथा जिहादी समूहरुको…विस्तृत समाचार »

खोलाले बगाएर एक जनाको मृत्यु

२७ साउन, तुलसीपुर । तुल्सीपुरमा ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेका थिए। उनलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका…विस्तृत समाचार »

दुर्घटनामा परी दुईको मृत्यु

२७ साउन, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।…विस्तृत समाचार »

नोबेल पुरस्कार बिजेता नायपालको निधन

२७ साउन, काठमाडौं । साहित्यको नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको बीबीसीले पारिवारिक स्रोतलाई उल्लेख गर्दै समाचार लेखेको छ । उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए । भारतीय मूलका नायपालको जन्म १९३२ मा ट्रिनिडाडमा भएको…विस्तृत समाचार »

जनता र सांसदको गुनासो प्रति सरकार गम्भिर : अध्यक्ष प्रचण्ड

२६ साउन, रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताएका छन् ।  चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उहाँले आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन दिए । अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र सरकारको जिम्मेवारी भएको…विस्तृत समाचार »

Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top