esewa

मुख्य खबर

ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार

२९, कात्तिक काठमाडौँ ।  चीनका लागि नेपाली राजदुत महेश मास्केले पाँचखालमा संयुक्त भन्सार कार्यालय स्थापना गरेर इन्धन ल्याउन चीन तयार रहेको बताएका छन् ।  उपराष्ट्रपति नन्दबहादुर पुनलाई   इन्धन ल्याउन भइरहेको प्रयासको प्रगतिबारे जानकारी दिदै  राजदुत महेश मास्केले  काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको बताएका हुन् । राजदुत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने…विस्तृत समाचार »

भारत कब्जा गर्ने आइएसको चेतावनी

२९, कात्तिक काठमाडौँ ।  आतंकवादी संगठन इश्लामिक स्टेट (आइएस)ले भारतमा समेत कब्जा गर्ने चेतावनी दिएको छ । फ्रान्सको पेरिसमा भएको आक्रमणको जिम्मा लिएको आईएसले भारतमा धेरै संख्यामा मुश्लीम रहेकाले कब्जामा लिने धम्कीसहितको भिडियो सार्वजनिक गरेको बेलायतका सञ्चारमाध्यमले जनाएका छन् ।           भारतले मुश्लीमलाई अधिकार दिनुको सट्टा मुश्लिम समुदायप्रति हेपाहा प्रवृत्ति देखाएको आइएसले जनाएको छ । यसअघि गत महिना आइएसले बंगलादेशमा समेत आक्रमण…विस्तृत समाचार »

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने

२९, कात्तिक काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् । ओलीले साँझ ६ बजे  राष्ट्रका नाममा सम्वोधन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तिहार अघि नै सम्वोधन गर्ने तयारी  भए पनि अन्तिम समयमा सारिएको थियो ।  ओलीको सम्वोधनमा भारतीय नाकाबन्दी र तराई–मधेशमा जारी आन्दोलन र जनताले भोग्नु परेका समस्यालाई विषय बनाइने छ ।विस्तृत समाचार »

पेरिस आक्रमणमा संलग्न एक जनाको नाम सार्वजनिक

२९, कात्तिक काठमाडौँ ।  पेरिसमा आक्रमण गर्ने एक जनाको नाम सार्वजनिक भएको छ । घटनामा फ्रान्सकै नागरिक २९ वर्षका उमर इसमाइल मुस्तफईको संलग्नता रहेको अनुसन्धानकर्ताले बताएका छन् ।  औंठाको छापका आधारमा उनको पहिचान गरिएको जनाइएको छ । उमर इसमाइलको पृष्ठभूमि आपराधिक भएको बताइएको छ । यसैबिच ग्रिस सरकारले पेरिसमा आक्रमणकारीको शव नजिक भेटिएको सिरियाको पासपोर्ट बोकेका व्यक्ति गएको महिना ग्रिसबाट हिँडेको जनाएको छ । यो…विस्तृत समाचार »

आन्दोलनले तातेको मधेसमा आजबाट छठ पर्वको उल्लास

२९, कात्तिक काठमाडौँ ।  आजबाट छठ पर्व  सुरु भएको छ । आजबाट ब्रतालु महिला पोखरी तलाउमा नुहाएर चोखो भै वस्ने प्रचलन छ । सोमवार बिहान ब्रतालुहरु पुनः पोखरी तलाउमा नुहाएर दिनभर व्रत बसी साँझ माटोको भाडामा अरवा चामलको खिर पकाएर खाने परम्परा छ । अरुवा चामलको खिर खाएर ब्रतको सुरुवात गरेका ब्रतालुहरु मंगवार सौझकाअर्घ र शनिवार भोरकाअर्घ चढाएर ब्रतको समापन गर्छन्। यो पर्बमा ब्रतालुहरु ३६…विस्तृत समाचार »

मधेश आन्दोलनसँगै कालोबजारी गर्दै कार्यकर्ता

२९ कात्तिक काठमाडौ ।  ५३ दिनदेखिको नाकाबन्दीले मुलुकमा इन्धन खाद्यान्न लगायत अति आवश्यक बस्तुको अभाव भएसँगै सीमाक्षेत्रमा तस्करी मौलाएको छ ।  नेपाल भारत दुवै देशका सीमा बस्नने कतिपय स्थानीय पेट्रोल, डिजेल, एलपी ग्यास,  खाने तेल, चिनी, चामल, कपडा लगायत सामग्रीको तस्करीमा संलग्न भएका छन् । बन्दले बेरोजगार भएका अधिकांश कामदार सामान ओसार्न संलग्न भएका छने ।कान्तिपुर दैनिकमा समाचार छ ।विस्तृत समाचार »

​मोर्चा र सरकारका बिचमा वार्ता हुँदै

२९ कात्तिक काठमाडौ ।  उच्चस्तरीय राजनीतिक संयन्त्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच औपचारिक वार्ता हुँदै छ ।  शनिबारको छलफल सकारात्मक भएकाले आइतबार औपचारिक वार्ता हुन लागेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । औपचारिक वार्ता गर्ने सहमति बने पनि मधेसमा कति प्रदेश बनाउने भन्नेबारेमा सहमति नभएको उनको भनाइ छ ।नयाँ पत्रिका दैनिकमा समाचार छ । मधेसी मोर्चासाग दिउासो ३ बजे वार्ता गर्ने तयारी छ ।…विस्तृत समाचार »

अपडेटः आतंकवादी आक्रमणमा १ सय ५० भन्दा बढीको मृत्यु

२८, कात्तिक काठमाडौँ ।  फ्रान्सको पेरिसमा आतंकवादी आक्रमणबाट १ सय ५० भन्दा बढीको मृत्यु भएको छ ।  रंगशालाभित्र फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल चलिरहेको बेला शृंखलाबद्ध विस्फोट हुँदा दुई सयजनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ८० जनाको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि प्रान्सका राष्ट्रपति फ्रान्स्वा ओल्यान्डले राष्ट्रका नाममा सम्बोधन गर्दै संकटकाल घोषणा गरेका छन् । विस्फोट हुँदा राष्ट्रपति फ्रान्स्वा रंगशालाभित्रै फुटबल हेरिरहेका थिए…विस्तृत समाचार »

पेरिस आक्रमणमा नेपाली परेका छैनन्

२८, कात्तिक काठमाडौँ ।  फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणमा नेपालीहरु परेको हालसम्म जानकारी नआएको  परराष्ट्र मन्त्रालयले  जनाएको छ । फ्रान्सका बिभिन्न स्थानमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म नेपालीको मृत्यु भएको छैन ।  फ्रान्सस्थित नेपाली दूतावासमा सम्पर्क गरेर विस्तृतमा बुझ्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । विस्तृत समाचार »

विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण, १२० बढीको मृत्यु

२८, कात्तिक काठमाडौँ ।  फ्रान्सको राजधानी पेरिसमा विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण भएको छ । शुक्रबार राति फ्रान्सका विभिन्न स्थानमा अन्धाधुन्द गोलाबारी र विस्फोट भएपछि १२० बढीको मृत्यु भएको छ ।   घटना लगतै फ्रान्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । देशका सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ । बन्धुकधारीहरुले मध्य पेरिसको बाटाकालान कन्सर्ट हलमा मात्र १०० बढीको हत्या…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top