esewa

मुख्य खबर

बाबुरामले आफुनिकट नेतालाई भने‘मैले पार्टी छाडे तर तपाईहरु भित्रै लड्नुस’

काठमाण्डौं १०असोज आफुनिकटका नेताहरुलाई पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एकिकृत माओवादी आफ्ना मुल्य र मान्यताबाट पछि हटेका कारण आफुले पार्टी परित्याग गरेको वताउनुभएको छ । आफ्नै निवास सानेपामा आज एकिकृत माओवादीभित्रका आफु निकट नेताहरुसंगको वैठकमा भट्टराईले यस्तो वताउनुभएको हो । वैठकमा सहभागि एकिकृत माओवादीका केन्द्रिय सदस्य खगराज भट्टका अनुसार भट्टराईले आफुले पार्टी रुपान्तरणका लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएकाले पार्टी परित्याग गर्नुपरेको वताउनुभएको थियो ।…विस्तृत समाचार »

उपत्यकामा इन्द्रजात्रा मनाइदै

१० असोज, काठमाडौं । काठमाडौं उपत्यकामा नेवार समुदायले प्राचीन कालदेखि वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइँदै आएको इन्द्रजात्रा आइतबार मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र…विस्तृत समाचार »

भारतको हस्तक्षेप विरुद्ध बाँकेमा प्रदर्शन

१० असोज, बाँके । नेपालमा भारतले गरेको हस्तक्षेपको विरोधमा बाँकेका युवा विद्यार्थीहरुले सदरमुकाम नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘ब्याकअफ इन्डिया’ लेखिएको ब्यानर, प्लेकार्ड र नेपालको राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गरेका हुन् । प्लेकार्डमा ‘भारतीय हस्तक्षेप बन्द गर,’ ‘हामी राष्ट्रको पहरेदार’, ‘उठ युवा, जाग युवा’ जस्ता नारा लेखिएको थियो । गणेशमान चोकबाट बीपी चोकसम्म र्‍यालीसमेत निकालिएको थियो । बीपी चोकमा आयोजित कोणसभालाई एमाले, एमाओवादी,…विस्तृत समाचार »

महन्थ ठाकुर देखी प्रचन्ड सम्मको कपाल काट्ने अनुभब

काठमाडौं । सधैं कपाल ठाडो पारेर सर्लक्क बनाएका । हृष्ठपुष्ट चिल्लो अनुहार । मिलेका जुँगा । पत्रपत्रिका, टेलिभिजन, भित्तामा टाँसिएका पोष्टरमा जताततै देखिने व्यक्ति । कैयौं हिरोइनहरुले समेत मन पराएको कपालको ‘स्टाइल’ । त्यो देख्दा एकछिन घोत्लिएर हेर्छन उनी । ९ वर्ष भयो त्यही एउटै व्यक्तिको कपाललाई सर्लक्क पारेर मिलाइदिएको । मुस्ट जुंगालाई एकनासले सधंै एउटै रुपमा देखाइदिने । दश वर्ष सशस्त्र संघर्षको नेतृत्व गरेका…विस्तृत समाचार »

​प्रधानमन्त्री कोइराला कैलालाीको टीकापुरमा, भैरहवा र नवलपरासी पनि जाने

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला शनिबार विहान कैलालीको टीकापुर गएका छन् । एसएसपीसहित ९ जनाको मृत्यु हुने गरी टीकापुर घटना भएको एक महिना पछि प्रधानमन्त्री कोइराला काठमाडौंबाट टीकापुरका लागि उडिसकका छन् । उनले स्थानीय नेताहरुलाई भेट्ने कार्यक्रम छ । उनी हेलिकोप्टरबाट टीकापुरमा नै ओर्लने बताइएको छ । प्रधानमन्त्री कोइरालाले घटनास्थलको समेत अवलोकन गर्ने बताइएको छ । तर, सुरक्षाका कारण प्रधानमन्त्रीको कार्यतालिका बारे केही खुलाइएको…विस्तृत समाचार »

छिमेकी मुलुक चीनले मुख खोल्यो, नाका सहज बनाएर आपूर्ति व्यवस्था सहज बनाउन चीन तयार

९ असोज, काठमाडौं । संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोसाथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ। मधेसमा भइरहेको आन्दोलनलाई कारण देखाउँदै भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको अवस्थामा उत्तरी छिमेक चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण…विस्तृत समाचार »

अचानक किन आए राजेन्द्र महतो राजधानी काठमाडौ ?

आश्विन ८, २०७२– मधेश आन्दोलनलाई सफलता नदिलाएसम्म राजधानी नफर्कने निर्णय गरेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो शुक्रबार अचानक राजधानी काठमाडौ आएका छन् ।  साढे पाँच बजेको सौर्य एयरलायन्सको बिमानवाट उनी राजधानी आएका हुन् ।  आन्दोलन सुरु भएपछि तराई झरेका उनले विभिन्न जिल्लामा सभाहरूलाई सम्बोधन गर्दा आफु मधेश आन्दोलन निश्कर्षमा नपुगुन्जेल राजधानी नजाने अडान दोहोर्‍याउँदै आएका थिए । आफ्नो अडानकै कारण गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र…विस्तृत समाचार »

कालोबजारी गरेको आरोपमा ३० लाख रुपैयाँ धरौटी माग

८ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पेट्रोलियम पदार्थ कालोबजारी गरेको आरोपमा एक व्यवसायीसँग ३० लाख रुपैयाँ धरौटी मागेको छ। एकान्तकुनास्थित प्रशान्ति पेट्रोलपम्प सञ्चालक जनकराज पौडेल धरौटी बुझाउन नसक्दा बिहीबारै कारागार चलान भएका छन्। प्रशासनले करिब ३५ लिटर क्षमताको ट्यांकीमा ४८ लिटर पेट्रोल भरेको भनेर ठगी र कालोबजारी गरेको ठहर गर्दै उक्त पम्पका सञ्चालक तथा व्यवस्थापक पौडेलसँग धरौटी मागेको छ । प्रमुख जिल्ला अधिकारी…विस्तृत समाचार »

​उपेन्द्र यादव भन्छन भारत प्रति नकारात्मक टिप्पढी किन ?

७ असोज काठमाडौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारत प्रति नकारात्मक टिप्पढी गर्नेलाई मुर्खको संज्ञा दिएका छन । विहिवार प्रेस विज्ञप्ति जारि गरेका यादवले अहिले अनावश्यक रुपमा भारत प्रति अफवा फैलाइएको भन्दै विरोध जनाएका छन । यादवले जारि गरेको विज्ञप्तिमा भारतले नाकावन्दी नगरेको विषयमा नेपाल भन्सार प्रमुखहरु र भारतले समेत प्रष्ट पारिसकेको अवस्थामा अनावश्यक टिप्पढी गर्नु ठिक नहुने उल्लेख गरिएको छ । महिनौ देखि…विस्तृत समाचार »

दंगाग्रस्त क्षेत्रमा लगाइएको कफर्यु खुकुलो बन्दै, कैलाली र विरगञ्जमा कफ्र्यु हट्यो

७ असोज, काठमाडौं । लामो समयदेखिको बन्द हड्तालले तराई-मधेसको जनजीबन कष्टकर बनेको छ । संयुक्त मधेसी मोर्चाले साउन २९ गतेबाट र थरुहट संघर्ष समितिले साउन २६ गतेदेखि बन्द आह्वान गर्दै आएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश सीमांकनको विरोध गर्दै सुरु गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि स्थानीय प्रशासनले कतै दंगाग्रस्त क्षेत्र, कतै कर्फ्यू र कतै निषेधाज्ञा जारी गरेको…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

९ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। सोमबार  माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए। अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए। अहिलेको परिवर्तन

नेकपाका सांसदको शिक्षा मन्त्रालयलाई प्रश्न-शिक्षा देखिएको विकृतिलाई कसरी अध्ययन गरिरहेको छ?

९ असार, काठमाडौं । सत्तारढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे  शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी 

सुरङ मार्गलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री महासेठ

९ असार, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको उनले 

अन्तर्राष्ट्रिय

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

९ असार, सोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन्। सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ। यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको

इरानसँग वार्ताको लागि पूर्व शर्त छैन : ट्रम्प

९ असार, काठमाडौं । पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दो छ । आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे । पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका 

भारत: हिमालमा वेपत्ता ७ जना पर्वतारोहीको शव फेला

९ असार, नयाँ दिल्ली । भारत–तिब्बत सीमा प्रहरीको एक उद्धार टोलीले आइतबार नन्दादेवी पूर्वमा एक हिमाली टाकुरामा ७ जना विदेशी पर्वतारोहीको शेव फेला पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ मध्ये एक शव महिलाको रहेको छ । सबै पर्वतारोही ती हप्ता पहिला नन्दादेवीमा आएको हिम पहिरोमा परेका थिए । र वेपत्ता भएका थिए । भारतको उत्तराखण्ड राज्यमा पर्ने नन्दादेवी हिमाल चढ्न पर्वतारोही त्यसतर्फ गएका थिए । प्रहरीको टिमले सोमबार बाँकी रहेका एक अन्य पर्वतारोहीको शव खोजी गर्नेसमेत जनाइएको छ । पर्वतारोहीको शव

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top