मुख्य खबर

महिलाको रस्यमय मृत्यु, हत्याको आशंका

काँकडभिट्टा (झापा), ५ पुस । भद्रपुर–५ मा अन्तरजातीय बिहे भएको पाँच महिना नबित्दै एक महिलाको आज बिहान रहस्यमय मृत्यु भएको छ । गत साउन महिनामा भद्रपुरका दिपेश साहसँग अन्तरजातीय विवाह गरेकी बिर्तामोड बुट्टाबारीकी कमला राजवंशी (दीपा)लाई आज मृत अवस्थामा ओछ्यानमा प्रहरीले फेला पारेको थियो । दीपाले झुन्डिएर आत्महत्या गरेको भन्दै मृतकका सासू–ससुराले प्रहरीमा खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा दीपाको शव ओछ्यानमा सुताएको अवस्थामा…विस्तृत समाचार »

गौरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

४, पुस काठमाडौँ ।  शनिबार दिउँसोबाट रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच बीपी चोक झडप भइरहेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दै बाटो अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले एक प्रदर्शनकारीलाई पक्राउ गर्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले १६ राउण्ड अश्रुग्यासका साथै केही राउण्ड हवाइ…विस्तृत समाचार »

​कांग्रेस र मधेशी मोर्चाबिचको छलफल चिया विष्कुट खाएरै सकियो

४ पुष,काठमाडौं ।   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप आज छलफलमा बोलाएपनि कुनै ठोस विषयमा छलफल हुन सकेन । मधेसी मोर्चाका नेताहरुलाई बोलाएर शनिबार कांग्रेसले उनीहरुका माग सम्बोधनका उपायबाट छलफल गरिने बताएपनि चिया विष्कुट खाने काम मात्र भएको छ ।  सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा शनिबार भएको मधेसी मोर्चाका नेताहरुसँगको वार्तामा मधेसी मार्चाले राख्दै आएको ११ वुँदे मागको विषयमा…विस्तृत समाचार »

​ स्वाधिनताका बिषयमा कसैसंग सम्झौता हुँदैन

४ पुष, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले राष्ट्रिय स्वाधिनताका बिषयमा कसैसंग सम्झौता नगर्ने बताएका छन् ।शनिबार बालुवाटारमा गति प्रकाशन समूहले आयोजना गरेको साइकल र्‍यालीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन । ओलीले अघोषित नाकाबन्दीका कारण जनताले दुःख भोग्नुपरेको भन्दै यो छिटै अन्त्य हुने बिश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक आत्मनिर्भर भए कसैबाट पनि डराउनु नपर्ने समेत उल्लेख गरे ।…विस्तृत समाचार »

नाकामा बसेर मुलुकलाई अप्ठ्यारो पार्नु हुँदैन्:खनाल

४ पुस, इलाम। एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्बाट पुनःनिर्माण विधेयक पारित भइसकेकाले पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुने बताएका छन् । इलाममा रहेका नेता खनालले भूकम्प र नाकाबन्दीले देश जर्जर स्थितिमा पुगेकाले प्राधिकरण गठन गरेर तत्काल काम अघि बढाउने बताए । मधेसवादी दलले राखेका मागका विषयमा सरकार गम्भीर भएको बताउँदै उनले भने  ‘संविधान संशोधनको विषयमा मधेसवादी दलबीच कुरा भइरहेको छ, अझै त्यसलाई टुङ्गोमा पुर्याउन गृहकार्य…विस्तृत समाचार »

​कोषराज वन्त निलम्बित, दर्जकुमार राई महानिरीक्षक

४ पुस, काठमाडौं । सरकारले सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई निलम्बन गरेको छ । साथै दुर्जकुमार राईलाई कामू महानिरीक्षकको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सकिएको बैठकले वन्तले दिएको राजीनामा स्वीकृत गरेन । करोडौ भ्रष्टाचार गरेको भन्दै अख्तियारले वन्तलाई निलम्बन गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट वन्तले राजीनामा दिए । मन्त्रिपरिषद् बैठकले वन्तले दिएको राजीनामा स्वीकृत गरेन र अख्तियारको सिफारिस अनुसार निलम्बनको…विस्तृत समाचार »

नाकाबन्दी खुल्न मोदी मन्त्र भए पुग्ने

४ पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी खुल्यो भनेर एक पटक भन्दिए नाकाबन्दी खुल्ने बताएका छन् । उपाध्यायले भने-‘मोदीजीले नै एक पटक बोलेर यो मामिला समाधान भयो भनिदिनुपर्छ । म उहाँलाई भेटेर कुराकानी गर्ने पक्षमा छु, म प्रतीक्षामा छु ।’ सार्थक परिणाम नभएकाले प्रधानमन्त्री तहमा कुराकानी गर्न गाह्रो रहेको भन्दै उपाध्यायले भने-‘अहिले नेपाल र भारतका प्रधानमन्त्रीको तहमा…विस्तृत समाचार »

मन्त्रिपरिषदको बैठक बस्दै, कोषराज वन्तको विषयमा निर्णय हुने

३, पुस काठमाडौँ ।  आज साँझ मन्त्रिपरिषदको बैठक  बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तको निलम्बनका विषयमा  निर्णय दिइने बताइएको छ ।  भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक वन्तलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेपछि त्यसबारे निर्णय लिन आज साँझ ६ बजे  बैठक बस्न लागेको हो ।   वन्तलाई निलम्बन गरेपछि कसलाई कामु दिने भन्नेमा…विस्तृत समाचार »

प्रमुख दलहरुले संसद बैठक स्थगित गरेर मोर्चासँग वार्ता गर्ने

३, पुस काठमाडौँ ।  व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरिएको हो । तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा…विस्तृत समाचार »

दूतावासहरुको लगानी पनि अख्तियारको छानबिनमा

३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले द साउथ एसिया ट्रस्टका नाममा नर्वेजियन दूतावासमार्फत लिएको ६ करोड २७ लाख रकमबारे पनि छानबिन अघि बढाएको छ । दीक्षितलाई अकुत सम्पत्तिमा छानबिन थाल्दै अख्तियारले बयानका लागि बोलाएको छ । २२ अगस्त, २०१३ मा द साउथ एसिया ट्रस्टका नाममा काठमाडौंस्थित नर्वेली दूतावासबाट ३८ लाख ९२ हजार नर्वेली क्रोनर ९करिब ६ करोड २७…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

राजनीति

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री भट्टराई

२९ मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्र्तक्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्यो : मन्त्री बास्कोटा

२९ मंसिर, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।   मन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गरे । 

दाङ बारको चुनावमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित, विद्रोहीले बाजी मारे

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै

२९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ ।  ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।  १८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । 

भारतको असममा जारी आन्दोलन हिंसात्मक बन्दै, ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द

२९ मंसिर, काठमाडौं । नागरिकता संशोधन विधेयक (क्याब) विरुद्ध गत सातादेखि चर्किएको आन्दोलनले असमको अवस्था तनावग्रस्त बन्दै गएको छ । भाजपा नेतृत्वको केन्द्रीय सरकारले क्याब पारित गरेपछि पूर्वोत्तर भारतको असम, त्रिपुरालगायत राज्यमा थालिएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । सामाजिक सञ्जालमा आन्दोलन भड्काउने तथा हिंसालाई प्रश्रय दिने सामग्री राखिएको भन्दै असम प्रशासनले ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । असम पुलिस विभागका महानिर्देशक भास्कर ज्योति महन्तले असममा ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको दार्जि्लिङबाट प्रकाशित हिमालय दर्पणसँग कुराकानी गर्दै पुष्टि गरेका छन् ।

लेबनानमा हिंस्रक झडपहुँदा दर्जनौ घाइते

२९ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top