esewa

मुख्य खबर

अंगिकृत नागरिकतावाला लाई प्रधानमन्त्री बनाउन नाकाबन्दी गर्ने भारतलाई नेपालीले तेल दान दिने

२०, असोज काठमाडौँ ।  भारतले नकाबन्द गरेर नेपालमा पेट्रोलियम पद्धार्थ हाहाकार भइरहेका बेला नेपालीहरुले नै भारतलाई तेल दान गर्ने भएका छन् ।  भारतको काठमाडौं स्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन मागेपछि ट्विटर प्रयोगकर्ताले तेल दान दिने अभियान थालेका हुन् ।  नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध रचनात्मक बिरोध जनाउन ट्विटर प्रयोगकर्ताहरु तेल दान गर्ने जनाएका हुन् ।  आपूर्ति बन्द भएसँगै तेलको अभावले सर्वसाधारण नेपालीको जनजीवन कस्टकर बन्दै…विस्तृत समाचार »

भारतले नसकेपछि मोर्चा राष्ट्रसंघमा रुने

पूर्णिमा न्यौपाने २०, असोज काठमाडौँ ।  नयाँ संविधानमा सबैभन्दा धेरै अधिकार मधेसी जनताले पाएपनि अधिकार नपाएको भन्दै मधेसी मोर्चाले आन्दोलन जारि राखेको छ । जनताले संविधान बनाउन संविधानसभामा पठाएको कुरा विर्सेर सभालाई वहिष्कार गरेर सडकमा उत्रेको मोर्चा अहिलेपनि सडकमै छ । झण्डै दुई महिनादेखिको मधेस आन्दोलनले यतिखेर मुलुक आक्रान्त बनेको छ । मधेसी दलहरुले जन्मदेखिको बल प्रयोग गदै काठमाडौँलाई दानापानी रोकी रहेको छ । यतिमात्रै…विस्तृत समाचार »

पैँतीसवटा ट्याङ्कर पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिए

२० असोज  झापा।  पूर्वी नाका काँकडभिट्टा भएर गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्याङ्कर नेपाल भित्रिएका छन् ।  नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्याङ्कर नेपाल भित्रिएक ा छन् । विस्तृत समाचार »

सुशिलसँग किन मोदी कुरै गर्न चाहन्नन्

२०, असोज काठमाडौँ ।  जारी नाकाबन्दीबारे नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिदा सफल हुन सकेको छैन् ।   प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीर्क वेवास्ताले असफल भइरहेको छ ।  स्रोत भन्छ, प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्ने चाहन्नन् । प्रमुख ३ दलको संयुक्त बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई…विस्तृत समाचार »

जोलीको ज्योतिसशास्त्रमा अबको प्रधानमन्त्री ओली

१९, असोज काठमाडौं ।  भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले चार महिना अगाडि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भन्दै घोषणा गरेका थिए ।  अर्कोेतिर, पछिल्लो समय एमालेका अध्यक्ष ओली भारतीय मिचाहा प्रवृत्ति र विस्तारवादका विरुद्ध कडा रुपमा प्रस्तुत भएपछि तीन दलीय गठबन्धनलाई तोड्न भारत सक्रिय भएको छ । जोलीले सामाजिक सञ्जाल फेसबुकमा ओलीसँग बसेको तस्बिर सार्वजनिक गर्दै नेपालको भावी प्रधानमन्त्री…विस्तृत समाचार »

काँग्रेसको झण्डा ओढेर मोहन बस्नेत चन्दन तस्करीमा

१९, असोज सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता तथा सांसद मोहन बस्नेतले प्रतिबन्धित रक्तचन्दनको तस्करी गरिरहेको रहस्य खुलेको छ । गत शनिबार तातोपानी बाटो खुलेको उपलक्ष्यमा आयोजीत कार्यक्रम सम्बोधन गर्न तातोपानी पुगेका नेता बस्नेतले आफू जाने क्रममा गाडीमा रक्तचन्दन तस्करी गरी तातोपानी पु¥याएको स्रोतले बताएको छ । नेता बस्नेतसहित उनका कार्यकर्ता चारवटा गाडीमा काँग्रेसको झण्डा हालेर तातोेपानी पुगेका थिए । ती चार मध्ये एक जीपमा आठ…विस्तृत समाचार »

धेस आन्दोलनका घाइतेलाई भेट्नप्रधानमन्त्री अस्पतालमा , सम्पूर्ण खर्च सरकारले व्यहोर्ने

 १९ असोज काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेस र थरुहट–थारूवान् आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री कोइराला आज अपराह्न वीर अस्पताल पुगी तराई–मधेस र थरुहट–थारूवान् आन्दोलनका क्रममा घाइते भएका बिरामीसँग भेटी स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराउनुभयो । उहाँले आन्दोलनका क्रममा विभिन्न स्थानमा घाइते हुनुभएका बिरामी, उहाँहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकसँग भेटघाट गरी उपचारमा…विस्तृत समाचार »

ओलीलाई प्रधानमन्त्री बन्न नदिन मोदीका दूत काठमाडौँ आइपुगे

१८, असोज काठमाडौँ ।  नेपालले नयाँ प्रधानमन्त्री पाउँनै लाग्दा भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी एबी माथुर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा काठमाडौँ आएका छन् ।  नेपालको आन्तरिक मामालामा अस्तक्षेप गदै आइरहेको भारतले प्रधानमन्त्रीको चयन हुने समयमा माथुरलाई काठमाडौँ पठाएको हो ।  उच्च स्रोतका अनुसार मोदीसहित भारतीय अधिकारीले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई हुन नदिने कसम खुवाएुर उनलाई नेपाल पठाएका हुन् ।  माथुर काठमाडौैँमा…विस्तृत समाचार »

गुल्मीमा बस दुर्घटना, पाँचको घटनास्थलमै मृत्यु

१८, गुल्मी असोज ।  गुल्मीको रेसुंगा नगरपालिकाको दुवीचौरमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनानको घटना स्थलमै मृत्यु भएको छ । बुटवलबाट गुल्मीको तमघास आउँदै गरेको लु१ ख ४१६१ नम्बरको बस दुर्घटना भएको हो ।  दुर्घटनामा २५ भन्दा कढी घाइते भएका छन् । दुर्घटनामा एक बच्चा र चार पुरुषको मृत्यु भएको घटना स्थलमा उद्धारका लागि पुगेका स्थानीयले बताएका छन् । घाइतेहरुको तम्घास अस्पतालमा उपचार भइरहेको छ…विस्तृत समाचार »

दशैंको टीकाका लागि उत्तम साइत बिहान १०ः५५

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।   घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।    यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ। कात्तिक…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ : मन्त्री लालबाबु पण्डित

३२ साउन, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । ‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।’ 

विप्लव समुहका नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

३० साउन, दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए ।
 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

३१ साउन, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ । 
 

अबदेखि दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने उत्तर कोरियाको घोषणा, यसकारण सन्किए उन

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति 

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं :मोदी

३० साउन दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कस्मिरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कस्मिरलाई कुनै असर नगर्ने बताएका छन्। सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ। बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top