esewa

मुख्य खबर

धादिङलाई केन्द्र विन्दु बनाएर मंगलबार ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको छ ।

५ असोज, काठमाडौं । धादिङलाई केन्द्र विन्दु बनाएर मंगलबार ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको छ । १२ बजेर १७ मीनेटमा ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लोकविजय अधिकारीले जानकारी दिए । गत वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्प आउनेक्रम रोकिएको छैन् ।विस्तृत समाचार »

​मधेसीको आन्दोलनलाई समर्थन गर्न भारतले सिमा बन्द गर्ने, खाद्यान्न आपुर्ति रोकिदिने संकेत

काठमाडौं, ५ असोज । नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको विषम परिस्थिति सामुमा आएको भन्दै गैर कुटनीतिक सन्देश सार्वजनिक गरेको छ । नेपालका लागि भारतीय राजदूत रणजित राय सोमबार बिहान दिल्ली उत्रिएपछि दिनभर विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नेपाल मामिलामा परामर्श भएपछि अपरान्ह जारी…विस्तृत समाचार »

उपेन्द्र यादवको चेतावनी, बन्दुकले दबाउन खोजे सिरियाको जस्तै हालत हुन्छ

४ असोज, सप्तरी । तीनदलका नेताले संविधान जारी गरेर वार्तामा आउन आग्रह गरिरहेकै बेला सोमबार सप्तरीमा संविधान जलाउँदै मधेसी नेताहरुले शासकको हालत सिरिया वा लिबियाको जस्तै बनाइदिने चेतावनी दिएका छन् । मधेसवादी दलका नेताहरुले अब एकजुट भएर निर्णायक आन्दोलन गर्नुपर्ने बताउँदै आन्दोलन सँगसँगै लडाइँ पनि शुरु हुन सक्ने चेतावनी दिएका छन् ।  मुख्य तीन दलको अगुवाइमा जारी गरिएको संविधान सोमबार राजविराजमा जलाउँदै नेताहरुले यस्तो अभिव्यक्ति…विस्तृत समाचार »

​अबदेखि प्रत्येक जेठ १५ गते बजेट आउने, बजेट मिती संविधानमै तोकियो

४ असोज, काठमाडौं । नयाँ संविधानमा बजेट आउने मिति नै तोकिएको छ । राष्ट्रपति डा। रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको (आय-व्यय बिबरण) बजेट- पेस गर्नुपर्ने व्यवस्था गरेको छ । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा पेस गर्नेछ ।’ संविधानमा भनिएको छ ।  बजेट ल्याउने मिति…विस्तृत समाचार »

विराटनगरमा तनाव बढ्यो, प्रहरीको गोलीबाट तीन पर्दशनकारी घाइते, एक प्रहरी जवानपनि घाइते

४ असोज, विराटनगर । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा मोरङ सदरमुकाम विराटनगर तनावग्रस्त भएको छ । विराटनगरको महाबीर चोकमा प्रहरीले चलाएको गोली लागेर एक १७ वर्षीय किशोरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । विहानैबाट मोर्चाका कार्यकर्ता सडकमा उत्रिएपछि महाविर चोक, शनि मन्दिर र महेन्द्र चोक क्षेत्रमा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीले प्रहरीको गाडीलाई लक्षित गरी गुलेली, ढुंगा प्रहार गरेपछि…विस्तृत समाचार »

राष्ट्रसंघबाट फर्कनासाथ राजीनामा दिन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजीनामा दिने बताएका छन् । बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् ।संविधान बनेलगतै आफूले राजीनामा दिने भनेको तर, प्रमुख दलका नेताहरुले राष्ट्र संघको महासभामा गएर नेपालमा संविधान बनेको जानकारी गराउन आग्रह गरेको उनले बैठकमा बताए ।कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर आएलगतै नयाँ सरकार गठन हुने बताए ।विस्तृत समाचार »

बन्दको प्रतिवाद गर्दै पोखरेली जनता सडकमा

४ असोज, पोखरा । बन्दको विरोध गर्दै पोखरेली जनता सडकमा उत्रिएका छन् । ‘बन्दको विकल्प खोजौं, पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गरौं, गरी खान देऊ’ लगायतका नारा लगाउँदै पोखरेलीले सोमवार बन्द बिरुद्ध प्रदर्शन गरेका हुन् । संविधान जारी भएको भोलिपल्टै पहिचान बिनाको संविधान पश्चगामी भएको भन्दै संविधान खारेजीको मागसहित तमुवान संघर्ष समितिले बन्द आह्वान गरेको छ । पोखरा उद्योग वाणिज्य संघको आह्वानमा बन्दबिरुद्ध मोटरसाईकल, कार र…विस्तृत समाचार »

​विराटनगर तनावग्रस्त,प्रहरीबाट ६ सेल अश्रुग्याँस र २ राउण्ड हवाई फायर

 ४ आश्विन,काठमाडौ ।सोमबार बिहानैदेखी प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केही बेर यता विराटनगरको महावीर चौकमा झडप भइरहेको छ । मोर्चाका कार्यकर्ताले टायर बालेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप सुरु भएको हो । अहिले दोहोरो ढुंगा हानाहान भइरहेको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस र २ राउण्ड हवाई फायर गरेको डिएसपी प्रमोद खरेलले जानकारी दिए । विराटनगरको महेन्द्र चौकदेखी शनि मन्दिरसम्मको स्थिती…विस्तृत समाचार »

​दुईदिन लोडसेडिङ हुँदैन भनेर प्राधिकरणले जनता ढाँट्यो

४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली  जारी भएको खुसीयालीमा दुईदिन लाडसेडिङ नगर्ने भनेपनि लोडसेडिङ भने नियमित समयमा भएको छ । संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भनिएपनि सोमबार नियमित समयमा लोडसेडिङ भयो । संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणले बताएको…विस्तृत समाचार »

​कैलालीको लम्कीमा बम विष्फोट

४ असोज, धनगढी । कैलालीको लम्कीमा बम विष्फोट भएको छ । सोमबार विहान लम्कीचुहा नगरपालिका वडानम्बर २ थकालीपुरको ‘बी लाइन’मा बम विष्फोट भएको हो । बम विष्फोटबाट मानवीय र भौतिक क्षति नभए पनि स्थानीय त्रसित छन् । विहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको थियो । बस्ति भन्दा अन्दाजी ३ सय मिटर पर बम विष्फोट भएकाले कुनै क्षति नभएको लम्की प्रहरीले जनाएको छ…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले काम नलाग्ने बनाएको सांसद चौधरीको आरोप

२ साउन, काठमाडौं । उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले देशको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन् । चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे । सांसद चौधरीले नेतृत्वसँगको सम्बन्धको आधारमा माथिल्लो ओहदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको 

बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

२ साउन, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् । ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा 

​कार्यकर्तालाई बाढीपीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

२ साउन, महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । ‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,’ सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त 

अन्तर्राष्ट्रिय

जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

२ साउन, काठमाडौं । जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि १३ जनाको मृत्यु भएको छ ।क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ । क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३८ जना घाइते 

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

१ साउन, काठमाडौं । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।  तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ 

मुम्बई आक्रमणका मुख्य योजनाकार पक्राउ

१ साउन, काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार तथा जमात उद दावका प्रमुख हफिज सइड पक्राउ परेका छन्। मुख्य योजनाकार हाफिज सइदलाई पाकिस्तानको पन्जाब पुलिसले लाहोरबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले गुजरनवाला जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।हाफिजमाथि २३ वटा मुद्दा रहेको छन्। यसअघि पक्राउ पर्दा मुजबुत प्रमाण नहुदाँ उनी छुटेका थिए। मुम्बईमा भएको आक्रमणमा १० जना आतंककारीहरूले गोली हानी १ सय ६५ जनाको ज्यान लिएको थियो। प्रहरीले उनलाई कोट लखपत जेलमा लगेको छ। आतंक 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top