kantipur mall

मुख्य खबर

मधेस आन्दोलन चरम अमानविय बन्दै, ७० वर्षीय बृद्धलाई जिउँदै आगो लगाइयो

१३, मंसिर कपिलवस्तु ।  मधेस आन्दोलन पछिल्लो समय मानवियताहिन बन्दै गएको छ । कपिलवस्तु जिल्लाको पतरिया गाविस–५ का एक बयोबृद्धालाई मोर्चाका कार्यकर्ताले पेट्रोल छर्की जिउँदै आगो लगाएका छन् । शनिबार साँझ पतरीया चोकमा रहेका बर्ष ७० का बृज मोहन मुराउलाई मोर्चाका कार्यकर्ताले पेट्रोल छर्की आगो लगाएको स्थानीयले बताए ।  आगलागीबाट उनका दुई खुट्टा जलेका छन् । आगो लगाउँदा–लगाउँदै स्थानीयवासी नजिकै भएकोले मुराउको पुरै शरीर जल्नबाट…विस्तृत समाचार »

मधेस आन्दोलनले एसएलसी सर्न सक्ने

१३, मंसिर काठाडौँ ।  मधेसमा जारी आन्दोलनका कारण एसएलसी दिने विद्यार्थी निकै अप्ठारोमा परेका छन् । आन्दोलनका कारण पठनपाठन नहुँदा कोर्ष अगाडि बढुन सकेको छैन । यसअघि भुकम्पले पनि विद्यार्थीको पढाइ प्रभावित बनेको थियो ।  आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिरहामा गरी करिब १३ लाख विद्यार्थी प्रभावित बनेका छन् । तराईका आठ जिल्लाका सरोकारवालाले एसएलसी परीक्षा केही समय पछि सार्न…विस्तृत समाचार »

एकाबिहानै सुन्धारामा गोली चल्यो

१३, मंसिर काठमाडौं । सुन्धारामा स्थित लुम्बिनी पाहुना घरमा गोली चलेको छ । एसएलआर लिएर भागेका प्रहरी जवान छोटेलाल ठाकुरलाई पक्राउ गर्न गएको प्रहरी टोलीले गोली चलाएको महानगरीय प्रहरीले जनाएको छ ।   हतियारसहित भागेका ठाकुर लुटपाट, फिरौती संकलन लगायतका काममा संलग्न थिए । उनी लुम्बिनी पाहुना घरमा रहेको खबर पाएपछि गएको प्रहरी टोलीलाई देख्नासाथ ठाकुरले सिरानीमुनि रहेको पेस्तोल निकाल्न लागेपछि प्रहरीले फायर खोलेको थियो…विस्तृत समाचार »

गरिबी निवारण मन्त्रालय नै गरिब , मन्त्री भन्छन् नाम सुब्बिनी, कसरी उभिनी ?

१२, मंसिर काठमाडौँ ।  उपप्रधानम तथा गरिबी निवारण मन्त्री  चित्रबहादुर केसीले  मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न न्यूनतम बजेट समेत नभएको भन्दै गुनासो पोखको छन् । उनले गरिबी निवारण मन्त्रालय भएपनि यहीँ मन्त्रालय गरिव भएको जीकीर गरे ।   “‘नाम सुब्बिनी कसरी उभिनी’ भने जस्तै मन्त्रालयको नाम मात्रै गरिबी निवारण  भएको तर मन्त्रालय आफै गरिव भएको उनले बताए । उनले आफ्नो मन्त्रालय मातहत सञ्चालन हुनुपर्ने संयन्त्र…विस्तृत समाचार »

भारतीय दुतावासको गाडीमा आगजनी

१२, मंसिर काठाडौँ ।  भारतले लगाएको नाकाबन्दीको बिरोध गदै  विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी गरेको छ । २२ सीडी १७ नम्बरको गाडीमा विप्लव माओवादीका कार्यकर्ताले आगो लगाएका हुन् । आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ । भारतले लगाएको नाकाबन्दीको बिरोधमा आइतबार बन्द आह्वान गरेको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको बताएको छ । विस्तृत समाचार »

आफ्नै जेठाजु र आमादाजुले सामुहिक बलात्कार गरे

१२ मंसिर, ताप्लेजुङ । आफ्नै  जेठाजु र आमाजुदाजुले बलत्कार गरेको भन्दै एक महिला प्रहरीको शरणमा पुगेकी छन् ।  ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाका अनुसार ताप्लेजुङको  खोक्लिङ गाविसमा जेठाजु र आमाजुदाजुको सामुहिक बलात्कारको सिकार बनेकी ३० बर्षीया एक महिलाले प्रहरीमा उजुरी गरेकी हुन् । दर्ता गराएको उजुरी अनुसार ती महिलाको चारदिनको अन्तरमा ६० बर्षे जेठाजु मानबहादुर बस्नेत र पीडितकै आमाजु दाजु ४५ बर्षे…विस्तृत समाचार »

​नाकाबन्दीको चरम संकट, देशैभर सुत्केरी गराउने औषधि अभाव

१२ मंसिर, काठमाडौं ।सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ । यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ । देशभर दैनिक करिब दुई हजार महिला सुत्केरी हुने गर्छन् । ती सबैलाई अक्सिटोसिन औषधि दिनैपर्ने हुन्छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल अक्सिटोसिन विभिन्न जिल्लामा वितरण…विस्तृत समाचार »

​टेलिभिजन पड्कँदा बालिकाको मृत्यु

११ मंसिर काठमाडौ ।दोलखा— शुक्रबार साँझ ५ बजे घरमा टेलिभिजन हेरिरहेका अवस्थामा अचानक टेलिभिजन पड्कँदा एक बालिकाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित सार्कीस्वाँराटोलमा बाबु र छोरीले टिभी हेरिरहेका अवस्थामा एक्कासि टेलिभिजन पड्केको थियो। टेलिभिजनको छर्रा लागेर दुई वर्षीया रेष्मा चौलागार्इंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए। सामान्य घाइते रहनुभएका बाबु रामकृष्ण चौलागार्इंको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।…विस्तृत समाचार »

नाकाबन्दी फिर्ता लिए माग सम्बोधन हुन्छ

११, मंसिर काठमाडौँ ।  पूर्वसभामुख सुवास नेम्वाङले नाकाबन्दी फिर्ता लिएर आए मधेसकेन्द्रित दलको माग सम्वोधन हुने बताएका छन् । नेकपा एमाले इलामद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वसभामुख नेम्वाङले भने “पहिले नाकाबन्दी फिर्ता लिएर देशलाई सहजतातर्फ उन्मुख हुन दिनुस्, तपार्इंहरूको माग सम्बोधन हुन्छ ।”  उनले भने “पहिले संविधान स्वीकार गरेर प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्न चाहिँ आउने तर अहिले हामी संविधान मान्दैनौँ भनेर आन्दोलन र नाकाबन्दी गर्ने…विस्तृत समाचार »

चार पेट्रोल पम्पमा सिलबन्दी

बनेपा, ११ मंसिर– वाणिज्य विभागको टोलीले दुई दिनसम्म गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकका चार पेट्रोल पम्पले अनियमितता गरेको भेटिएको छ ।  उनीहरुले उपकरण जडान गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरेकाले बिहीबार सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनीहरुले प्रयोग गरेको उपकरणबारे अनुसन्धान जारी छ । उनले भने, ‘सो उपकरण जडान गरेर पेट्रोल पम्पबाट कम परिणाममा इन्धनको बिक्री विरतण गरी…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top