esewa

मुख्य खबर

चिनी, चामल र नुनमा छुट, हेर्नुहोस कहाँ कहाँ छन् छुट दिने पसलहरु

२९, असोज काठमाडौँ ।  आजदेखि काठमाडौंमा सरकारी सुपथ मूल्यका पसल सुरु भएका छन् । खाद्य संस्थान, साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङका काठमाडौँम रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्रीको बिक्री सुरु गरेका हुन् ।  अर्थमन्त्रालयले पुरानो बक्यौता भुक्तानी गरी यसवर्षलाई पनि अनुदान दिएपछि सुपथ मूल्यको पसल सञ्चालन भएको छ । सरकारले सुपथ मूल्यका पसलमा चिनी किन्दा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ र चामलमा ५ रुपैयाँ छुटको…विस्तृत समाचार »

इन्धन अभावले उपत्यकाभित्रका विकास निर्माण ठप्प

२९ असोज, काठमाडौं । इन्धनको चरम अभाव भएपछि उपत्यकाभित्रका विकास निर्माणका काम ठप्प बनेको छ । उपत्यकाभित्रका विशेषगरी कोटेश्वर-कलंकी सडक, मेलम्ची खानेपानी र उपत्यकाका भित्री सडक निर्माणका काम ठप्प बनेको छ । इन्धन अभावले निर्माणाधीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि रोकिएको छ । इन्धन नभएकाले ट्रक, एक्जाभेटर तथा जेनेरेटर चल्न नसकेपछि निर्माणका सबै काम रोखिएका हुन् । काठमाडौं उपत्यका चक्रपथ विस्तार आयोजनाका अनुसार इन्धन अभावले…विस्तृत समाचार »

आजदेखि दसैंका खसीबोकाको बिक्री सुरु

२९ असोज काठमाडौ । खाद्य संस्थानले काठमाडौंको थापाथलीस्थित अञ्चल कार्यालयबाट आजदेखि दसैँका खसीबोका र च्यांग्रा बिक्री सुरु गर्दै छ । दसैँमा मासुबजार मूल्य नियन्त्रणका लागि संस्थानले उपत्यका बाहिबाट खसीबोका ल्याई बिक्री गर्दै आएको छ । बिक्रीका लागि करिब ३ सय ५० खसीबोका र सात सय च्यांग्रा राखिने संस्थान प्रवक्ता श्रीमणि खनालले जानकारी दिए । ‘बिहीबार साँझसम्म एक सय ४० खसीबोका काठमाडौं भित्रिसकेका छन् र अरू खसीबोका…विस्तृत समाचार »

कमल थापा दिल्ली गएपछि नाकाबन्दी खुल्ने

२८, असोज काठमाडौँ ।  परराष्ट्रमन्त्री कमल शनिबार भारत जाने भएका छन् ।  भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला थापाको भ्रमणले नाकबन्दी सहज हुने अनुमान गरिएको छ । भारतीय समकक्षी सुष्मा स्वराजको निम्तोमा थापा दिल्ली जान लागेका हुन् ।  प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्रीलाई आपूर्तिको वातावरण सहज बनाउन दिल्ली पठाउन लागेका हुन् ।  मन्त्री थापाले  पत्रकार सम्मेलन गदै भारतीय विदेशमन्त्री स्वराजसँगको भेटका लागि आफू उत्सुक रहेको बताए ।…विस्तृत समाचार »

एनआरएनएमा नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु, केहीबेरमा नै नतिजा आउने

२८ असोज काठमाडौँ, ।गैरआवासीय नेपाली सङ्घ एनआरएनए को नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ ।  नयाँ कार्यसमितिका लागि अध्यक्षमा निवर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीले फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको छ । पूर्वमहासचिव रतनकुमार झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वतमान अध्यक्ष घलेलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।  निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त,…विस्तृत समाचार »

चाडपर्वको मुखैमा खाना पकाउने ग्यासको चर्को सङ्कट

  २८ असोज ,काठमाडौ ।नेपालीहरुको  माहान पर्व  दसैँ तथा तिहार सुरु भएपनि राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन् । चाडवाडमा घर जान चाहने उपभोक्ताले पेट्रोलियम पदार्थको अभावमा घर जान पाएका छैनन् भने ग्यासको अभावमा काठमाडौँमा बस्न सक्ने अवस्था रहेको छैन । ग्यासको खोजीमा भौतारिरहेका उपभोक्ताले डिपो र पसलमा नाम लेखाएको पनि धेरै दिन भैसक्दा पनि  पेट्रोलियम पदार्थ सिमित मात्रामा आएपनि…विस्तृत समाचार »

दशैको मुखमा भारतको अर्को धोका, नेपाललाई दिने तेलमा कटौती

२७, असोज काठमाडौँ ।  नेपाललाई अघोषित नाकाबन्दी गरेर धोका दिइरहेको भारतले फेरि  नेपाललाई दिने तेलमा कटौती गरेको छ ।  पछिल्लो केही दिनमा तेलको लोडिङ बढाएको भारतीय आयल कर्पोरेसनले फेरि तेल कटौती गरेको छ । आईओसीले आफ्ना डिपोहरुमा पुगेको १० प्रतिशत नेपाली ट्यांकरमा मात्रै लोड दिएको निगमले जनाएको छ ।  शनिबार निगमका अधिकारीलाई टेलिफोन गरी आईओसीले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भन्दै ट्यांकर पठाउन भनेको…विस्तृत समाचार »

सभामुख र उपसभामुखद्वारा राजीनामा

२७ असोज, काठमाडौं ।  सभामुख सुवास चन्द्र नेम्वाङ र उपसभामुख वनसरी घर्तीले राजीनामा दिएका छन् । नयाँ सभामुख र उपसभामुख चयनका लागि बाटो खुला गर्दै नेम्वाङ र घर्तीले  राजीनामा दिएका हुन् । सिंहदरवारमा सभामुख र उपसभामुखले एकअर्कालाई राजीनामा पत्र बुझाएका छन् । अब  व्यवस्थापिका संसदको बैठक जेष्ठ सदस्य लक्ष्मण राजवंशीले सञ्चालन गर्ने छन् ।विस्तृत समाचार »

चीन जोड्ने केरुङ नाका भोलीबाट खुल्दै

२७, असोज काठमाडौँ ।  चीन जोड्ने केरुङ नाका भोलीबाट खुल्ने भएको छ । गत वैशाख १२ र २९ गते गएको भूकम्पले सडकसहित अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि नाका बन्द भएको थियो । भारतले अघोषित नाकाबन्दी गरेपछि यो नाका सञ्चालनमा सरकारले प्राथमिकता दिएको थियो ।  तातोपानी नाका सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने अनुमान गरिएको छ । केरुङ नाकाबाट कपडा, जुत्ता चप्पल, अन्य घरायसी सामान…विस्तृत समाचार »

६ फोटाहरु हेर्नुहोस् (दशै आएजस्तै लाग्छ )

२७, असोज काठमाडौँ ।  भारतले अघोषित नाकाबन्दी गरेसँगै नेपालीहरुको दैनिकी अस्तव्यस्त बनेको छ । नेपालमा पेट्रोलियम पद्धार्थको अभावले गाडिहरु न्यून मात्रामा चलेका छन् । गाउँ फर्कन सर्वसाधरणहरुले टिकट पाएका छैनन् । त्यसैले धेरैलाई दशैको अनुभव हुन सकेको छैन । यद्यपी बजारमा केहि मात्रामा दशैको चहल पहल सुरु भएको छ ।विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top