esewa

मुख्य खबर

राष्ट्रपति पदमा कांग्रेसको दाबी

२७, असोज काठमाडौँ ।  नेपाली कांग्रेसले राष्ट्रपति लगायत निर्वाचन हुन बाँकी सबै पदहरुमा दाबी गर्ने भएको छ । कांग्रेस पदाधिकारी बैठकले सबै पदहरुमा दाबी स्वाभाविक रहने भन्दै अन्य दलहरुसँग छलफल र परामर्श अघि बढाउने निर्णय गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्न बाँकी छ । सभामुख चयन प्रक्रिया बुधबारबाट सुरु भएको छ ।विस्तृत समाचार »

सभामुख नेम्वाङले राजीनामा बुझाउँदै, को बन्ला नयाँ सभामुख

२७, असोज काठमाडौँ ।  सभामुख सुवासचन्द्र नेम्वाङले आज राजीनामा दिँदैछन् । नेम्वाङले  उपसभामुख ओनसरी घर्तीलाई आज राजीनामा बुझाउँदै छन् ।  उपसभामुख ओनसरीले पनि आजै सभामुखलाई राजीनामा पत्र बुझाउँदै छिन् । सभामुख र उपसभामुख दुबैले राजीनामा बुझाएपछि दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसदको बैठकको अध्यक्षता ज्येष्ठ सांसदले गर्ने छन् । सभामुख र उपसभामुखको राजीनामापछि बस्ने व्यवस्थापिका संसदको बैठकले आजैबाट नयाँ सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि…विस्तृत समाचार »

किन फिर्ता गरे ओलीले आफु जन्मेको घर ?

२७ असोज, धरान । बुवा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन् । पुर्खेउली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेको बताइएको छ । मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई २०२४ सालमा साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए । एमाले अध्यक्ष र संसदीय दलको नेता भएपछि…विस्तृत समाचार »

भूकम्पपछिको पुनःनिर्माणमा किन मौन छन् दलहरु ? दाताले दिने अर्बौ रकम अन्यौलमा

 काठमाडौँ, २६ असोज । प्रमुख राजनीतिक दलहरुबीच कुरा नमिल्दा भूकम्प गएको पाँच महिना बितिसक्दा पनि भूकम्पपछिको पुनःनिर्माणको काम अगाडि बढ्न सकेको छैन । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ले कानुनी मान्यता नपाउँदा पुनःनिर्माणको कार्य अन्योलमा परेको हो । तत्कालीन सरकारले प्रस्तुत गरेको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित हुन नसक्दा पुनःनिर्माणको काम प्रभावित हुँदै आएको छ । गत असार १० गते राजधानीमा सम्पन्न पुनःनिर्माणसम्बन्धी…विस्तृत समाचार »

एकै दिन सात लाख लिटर तेल वितरण, भोली पनि निजी सवारी साधनले तेल पाउने

२६, असोज काठमाडौँ ।  नेपाल आयल निगमले आज सात लाख पचास हजार लिटर इन्धन उपलब्ध गराएको छ । निगमले आज वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा सोमबारदेखि नै लाइन बसेका निजी सवारी साधनलाई काठमाडौँ उपत्यका १२५ पेट्रोल पम्बाट उपलब्ध गराएको हो ।  निजी सवारी साधनको लामो लाइन लागेका सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसिकएको निगमले जनाएको छ । निगमले निजी सवारीसाधनमध्ये प्रति…विस्तृत समाचार »

ओली भारतको निकट सहयोगी भएको खुलासा

२६, असोज काठमाडौँ ।  नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रवादी व्यक्तित्वका रुपमा हेरिरहेका बेला  भारतीय पत्रिकाले उनी भारतका ‘निकट सहयोगी’ रहँदै आएको खुलासा गरेको छ । भारतीय अखबार ‘दैनिक जागरण’ ले  ओलीको कार्यकालमा दुई देशबीचको तनाव अन्त्य हुने दावी गरेको छ ।  सो पत्रिकाले ‘ओलीमाथि भारतको भरोसा’ शीर्षकमा समाचार लेख्दै ओली भारतका असल मित्र रहेको जनाएको छ ।  पत्रिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल…विस्तृत समाचार »

मोर्चाले भन्यो संविधान मानेका छैनौं, दशैमा आन्दोलन फिर्ता हुँदैन

२६, असोज काठमाडौँ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलन दशैमा पनि फिर्ता नलिने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गदै मोर्चाले आन्दोलनले उठाएका मागहरु संवैधानिक रुपमा सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएको हो । दशै नजिकिदै गर्दापनि मोर्चाले आन्दोलन फिर्ता नलिएपछि जनताहरु आक्रोसित बनेका छन् । मोर्चाले जनताको नाममा गरेको आन्दोलनका कारण जनताहरुको दैनिक जनजिवन अस्तव्यस्त बनेको छ ।  यस्तै, मोर्चाले ‘संसदको…विस्तृत समाचार »

सिल्करोड मार्फत बिश्व लाइ जोड्ने बिषयमा हुने सम्मेलनमा भाग लीन कोइराला बेइजिङ प्रस्थान

अर्जुन अधिकारी  २६, असोज काठमाडौँ ।  पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला चिनको राजधानी बेइजिङ्मा हुने एसियालि राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आइक्यापमा सहभागी हुन आज बेइजिङ् प्रस्थान गरेकी छिन् । पत्रकारहरुसंग कुरा गर्दै उनले आफु नेपाली प्रतिनिधि मण्डलको नेतृत्वो गर्दै बेइजिङ्मा हुने एसियालि राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आइक्यापमा सहभागीता जनाउन उक्त स्थान तर्फ प्रस्थान गर्न लागेको बताइन ।  आइक्याप महिला सेलकी अध्यक्ष समेत रहकी कांग्रेस…विस्तृत समाचार »

सुरु भयो दशै, आज घटस्थापना

२६, असोज काठमाडौँ ।  विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ ।  आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ ।   आज दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।  कलशको स्थापना गरी यस…विस्तृत समाचार »

भारतसँग तत्काल वार्ता गरेर समाधान गर्छुः कमल थापा

२६, असोज काठमाडौँ ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जतिसक्दो छिटो भारतसँग छलफल गरेर अहिले देखिएको अल्झनलाई सुल्झाउने बताएका छन् ।   १७ वर्षपछि पुन परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका थापाले मुलुकभित्र आन्दोलनरत दल र मुलुकबाहिर भारतसँग विषयगत छलफल गरेर नै टुंगोमा पुग्न सकिने बताए । उनले समस्या समाधान गर्न मन्त्रालयका वरिष्ठ अधिकारीसँग वार्ता गरेका छन् । आपूर्ति सहज बनाउन यसअघिको सरकारले बनाएको वार्ता टोलीमा मुख्य सचिवसमेत थपेर…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top