मुख्य खबर

कक्षा ११ को परिक्षा फल सार्वजनिक

३० पुस काठमाडौ । कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी गराएको छ । कक्षा ११ को परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।  जसमा ४ परिक्षार्थीको परीक्षा स्थगित गरिएको छ भने…विस्तृत समाचार »

ज्ञवालीले भने- पढेका युरोप नपढेका खाडी मुलुक जाउ

३० पुस काठमाडौं ।  नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले पढेलेखेका यूरोप अमेरिका र नपढेका यूवाहरु खाँडी राष्ट्र गए हुने बताएका छन् । उनले भने  देशको प्रधानमन्त्रीले जनतालाई नयाँ सपना नदेखाउने हो भने कोही युरोप र कोही खाडी मुलुक गए भई हाल्छ किन राष्ट्र चाहियो भनि प्रश्न गरे । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ रिबन काट्ने, उद्घाटनमात्रै गर्ने र १० देखि ५…विस्तृत समाचार »

रेल वे सम्झौताबारे फागुन पहिलो काठमाडौंमा सार्कका अर्थमन्त्री भेला हुने

३०,पुस,काठमाण्डौं । रेल वे सम्झौताबारे छलफल गर्न सार्क मन्त्रीस्तरीय बैठक फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ । सार्क सचिवालयले सबै सदस्य देशलाई पत्र पठाएर सम्झौताको मस्यौदामा छलफल गर्न आग्रह गरिएको हो । सार्क अर्थमन्त्रीहरुको बैठक फागुन ३ र ४ गते बोलाइएको छ र यो बैठकले रेल वे र मोटर भेइकल सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । सार्क देशहरुबीच रेल वे संजाल निर्माण…विस्तृत समाचार »

मोर्चासँग सम्झौता गर्न कार्यदललाई नै जिम्मा

३० काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताहरुले आगामि संसदको बैठक अघि नै मधेसी मोर्चासँग सम्झौता गर्न कार्यदललाई म्याण्डेड दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शिर्ष नेताहरुको बैठकले भोली बस्ने कार्यदलको बैठकलाई निष्कर्समा पुर्याउने गरी मोर्चाले राखेको ११ बुँदे मध्ये कुन कुन बुँदा पुरा गर्न सकिन्छ, कुन कुन सकिदैन भन्ने निश्चित गरेर सोही आधारमा सम्झौता गर्दै अघि बढ्न सहमति गरेको कार्यदल सदस्य महेश…विस्तृत समाचार »

विश्वकै सबैभन्दा ठूलो धनराशीको चिठ्ठा खुल्यो

३० पुस काठमाडौं । विश्वकै सबैभन्दा ठूलो धनराशी डेढ अर्ब डलरको लट्टरी ज्याकपट खोलिएको छ । उक्त लट्टरी तीनजनालाई परेको पावरबल ज्याकपट अधिकारीले बताएका छन् । पछिल्लोपटक १९ औंपटक चिठ्ठा खोलिएको हो । उक्त ज्याकपट जित्नका लागि चिठ्ठाको छ वटै नम्बर मिल्नु पथ्र्यो । सो चिठ्ठा किन्न विक्रीकेन्द्रहरु बाहिर हजारौंको संख्यामा अमेरिकाभर मानिसहरु लामबद्ध भएका थिए । लट्टरीका प्रवक्ता एलेक्स ट्रभेर्सोका अनुसार तीनवाट विजेता मध्येका…विस्तृत समाचार »

किन गर्र्यो प्रहरीले उपत्यकाका सबै फुटसल बन्द

३०,पुस,काठमाडौं ।  प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सवै फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ ।  फुटसलले समाजमा विकृति बढाउँदै लगेको गुनासो भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका ५१ वटै फुटसल  अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो ।   रमाइलाको लागि खेलिने यो खेलले हल्ला भएर आफूहरुलाई असर गरेको तथा समाजमा विकृति बढेको गुनासोका आधारमा अनुसन्धानपछि प्रहरीले यस्तो कदम चालेको हो ।  फुस्टलमा मादक पदार्थ र…विस्तृत समाचार »

ऋषि धमलाको मासीक कमाई कती !

३०,पुस,काठमाण्डौं ।  ऋषी धमला नेपाली पत्रकारीका सकारात्मक र नकारात्मक दुवै हिसावले चर्चीत नाम हो । तर सवैभन्दा वढी मेहनती पत्रकार भने धमला हुन् । विहान ५ वजेपछि राती अवेरसम्म काममै व्यस्त हुन्छन धमला । टेलिभिजनका पर्दामा नेताका अघिपछि पनि त्यत्तीकै देखिन्छन उनि ।  रेडियोदेखि टेलिभिजनसम्म धमलाकै चर्चा हुन्छ । यतिसम्म कि धमलाको हमला भन्ने कार्यक्रमले त चर्चा पनि निकै वटुलेको पाईन्छ । सवैसंग सहजै प्रस्तुत…विस्तृत समाचार »

तीन दलले माघ ५ गतेभित्र सहमतिको प्रयास गर्ने

३०,पुस,काठमाडौं ।  प्रमुख तीन दलले आउँदो माघ ५ गते संसद बैठक बस्नु अघिसम्म आन्दोलनरत मधेसी मोर्चाको मागका बारेमा सहमतिमा पुग्ने अधिकतम प्रयास गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले संसद बैठक अघिसम्ममा मोर्चाको ११ बुँदे मागको विषयमा सहमतिमा पुग्ने अधिकतम प्रयास गर्ने निर्णय गरेको बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ले जानकारी दिनुभयो । संसद…विस्तृत समाचार »

मधेसी र पहाडिया अतिवादीले देश संकटग्रस्त बन्यो : यादव

३०,पुस,सिन्धुली । सिंचाई मन्त्री उमेश यादवले मधेसी र पहाडिया अतिवादीका कारण देश संकटग्रस्त बनेकाले संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिकामा आयोजित दोस्रो नगरपरिषद्बाट पारित कार्यक्रमहरु सार्वजनिकीकरण समारोहमा मन्त्री यादवले नेपालका सबै राजनीतिक शक्ति मिलेर वर्तमान समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।  उहाले भूकम्प पीडितहरुको समस्या छिटो समाधान गर्न सरकार तत्पर रहेको भए पनि प्रतिपक्षले अवरोध पु¥याउने काम गरिरहेको आरोपसमेत लगाउनुभयो  । विस्तृत समाचार »

जनतालाई दुरुस्त सेवा दिन भुमीसुधार मन्त्रीको निर्देशन

३०,पुस,झापा ।  झापाको भद्रपुर स्थित जिल्ला मालपोत कार्यालयको नयाँ भवन निर्माण भएको दुईवर्ष पछि वुधबार एक समारोहका बिच उद्घाटन गरिएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्वाले मालपोत कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन  । भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भुमी सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्वाले जनताले पाएको अधिकारलाई कसैले बन्चित नगराई चुस्त दुरुस्त सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जनताले…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top