मुख्य खबर

आठ वर्षीय बालक अपहरणमा

पुस ,२७,गौशाला । महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन् । भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ । ती बालकलाई आइतबार साँझ ७ बजे भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १५ वर्षीय अनिसकुमार साहले घरबाहिर बोलाएर लगेका थिए । उनले बर्दिबासबाट आएका रोहन भन्ने साथीलाई दिएर अपहरण गराएको अपहृत बालकका बुबा रवीन्द्र महासेठले आरोप…विस्तृत समाचार »

लोप हुदै पाल्पाली करुवा

२७,पुस,पाल्पा ।  पाल्पाको पहिचान बोकेको पाल्पाली करुवा कामदार र कच्चा सामाग्रीको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विभिन्न धार्मिक कार्यहरु देखी पानी खानको लागी विशेष प्रकारको काशको धातु पाल्पाली करुवा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको हो । पाल्पाको पहिचान चिनोको रुपमा  विशिष्ट अतिथी तथा पाहुनाहरु लाई उपहारको रुपमा पाल्पाली करुवा दिने प्रचलन रहेको छ । पाल्पामा मेशिनको प्रयोग नगरी हाते श्रम बाट निर्माण…विस्तृत समाचार »

७३ औं गोल्डेन ग्लोब अवार्डमा लियोनार्डो डिक्याप्रियो बने सर्वोत्कृष्ट अभिनेता

२७,पुस – ७३ औं गोल्डेन ग्लोब अवार्डमा अभिनेता लियोनार्डो डिक्याप्रियोले सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । अमेरिकाको लस एन्जल्समा भएको अवार्ड समारोहमा डिक्याप्रियोले चलचित्र दि रेवेनान्टबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् । रुम चलचित्रबाट ब्रि लारसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । ड्रामा विधा तर्फ दि रेभेनान्ट सर्वोत्कृष्ट चलचित्र बनेको छ भने सांगीतिक तथा हाँस्यव्यंग्य तर्फ दि मार्टिन सर्वोत्कृष्ट बनेको छ । सांगीतिक तथा…विस्तृत समाचार »

पूर्वाञ्चलमा इन्धन आपुर्ती वढ्यो

२७,पुस,विराटनगर ।  पूर्वाञ्चलमा आइतबारबाट इन्धन आपुर्ती बढाइएको छ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले भारतबाट आयातमा सुधार भएको भन्दै दैनिक २ लाख ५० हजार लिटर डिजल वितरण गर्न थालेको हो ।  पूर्वाञ्चलका कोशी र सगरमाथा अञ्चलका ११ जिल्लामा दैनिक ५ लाख लिटर डिजलको माग रहेकोमा निगमले २ लाख ५० हजार लिटर नियम आपुर्ती गर्न थालेको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित…विस्तृत समाचार »

आज पृथ्वीजयन्ती मनाइँदै

२७ पुस,काठमाडौं । आज पुस २७ अर्थात नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २ सय ९० औं जन्मदिवस तथा राष्ट्रिय एकता दिवस, राजनीतिक दलहरू तथा संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसका अवसरमा बिहान राजधानीमा प्रभातफेरी कार्यक्रम निकालिएकोछ । भने विभिन्न संघ संस्थाहरूले सिंहदबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । उता समाधि स्थान नुवुवाकोटमा पनि शाहको सालिकमा माल्यपर्ण गर्ने कार्यक्रम रहेको तारा दल…विस्तृत समाचार »

विश्वकै उत्कृष्ट अर्थमन्त्री महतले सम्पत्ति विवरण नबुझाएको खुलासा

२६,पुस,काठमाण्डौं । विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित भएका पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले आफू मन्त्री भएका बेला सम्पत्ति विवरण नबुझाएको खुलासा भएको छ ।  पूर्व अर्थमन्त्री महतले आर्थिक वर्ष २०७१–७२ को सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । महतले आर्थिक वर्ष २०७०–७१ मा भने आफ्नो र परिवारका सदस्यको सम्पत्ति विवरण बुझाउनु भएको थियो । जस अनुसार महतसंग ९५ तोला सुन, २१ सय तोला चाँदी…विस्तृत समाचार »

प्रधानमन्त्री पछि खानेपानी मन्त्रीको घोषणा : घरघरमा खानेपानीको घारा पुगाइदिन्छु

२६,पुस,भक्तपुर । प्रधानमन्त्री केपी ओलीले एक वर्षभित्रै घरघरमा गयसलाईन पुगाइदिने घोषणा गरेलगत्तै,खानेपानी  तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले पनि सन् २०१७ सम्ममा सबै नेपालीको घरघरमा खानेपानीको धारा पु¥याईदिने अर्को आश्वासन दिनुभएको छ । रिपोटर्स क्लव भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा उहाँले घरघरमा खानेपानी पु¥याउने कार्यको थालनी भक्तपुरबाटै सुरु गर्ने बताउनुभयो । खानेपानी  तथा सरसफाई मन्त्रालयले भक्तपुरलाई प्रवेश विन्दुको रुपमा लिएर कार्य योजना थालनी गरेकोे उहाँले बताउनुभयो ।…विस्तृत समाचार »

नेपाली डिफेण्डर रोहीत मेलेसीयाको क्लवबाट व्यावसायीक फुटबल खेल्ने

२६,पुस,काठमाण्डौं । नेपालका डिफेण्डर रोहित चन्द मलेसियन क्लब टी–टीम एफसीमा आवद्ध भएका छन् । चन्द सिजन २०१६ का लागि मलेसियन क्लबमा आवद्ध भएका हुन् । आइतबार सम्झौतामा हस्ताक्षर भएको टी–टीम एफसीले जनाएको छ । तर, रकम भने खुलाइएको छैन । नौ वर्षअघि स्थापना भएको टी–टीम मलेसिया प्रिमियर लिगमा गत सिजन तेस्रो भएको थियो । चन्दको आवद्धताले लिगमा प्रदर्शन सुदृढ हुने विश्वास लिइएको क्लबको फेसबुक पेजमा…विस्तृत समाचार »

ऐतिहासिक भौतिक संरचनाको पुननिर्माण तत्काल सुरु हुने

२६, पुस काठमाडौँ ।  वैशाखको विनकासकारी भूकम्प र त्यसपछिका परकम्पले भत्काएका ऐतिहासिक भौतिक संरचनाको पुननिर्माण तत्काल सुरु हुने भएको छ ।  माघ २ बाट सुरु हुने भनिएको पुनर्निर्माण अभियासँगै ऐतिहासिक सांस्कृतिक सम्पदाको पुनर्निर्माण अघि बढाइने पुरातत्व विभागले जनाएको छ ।  भूकम्प गएको ९ महिनासम्म राहत र उद्धारबाहेकका काम सरकारले गरेको छैन । तत्कालीन र दीर्घकालीन योजनाका साथ चार वर्षमा सबै संरचनाको पुनर्निर्माण सक्नेगरी काम अघि…विस्तृत समाचार »

अपराध अनुसन्धान र नियन्त्रण गर्न एकदिने गोष्ठि सुरु

२६, पुस,नेपालगञ्ज ।  अपराध अनुसन्धान र नियन्त्रणलाई थप प्रभावकारी तुल्याउन नेपालगन्जमा एकदिने कार्य समिक्षा गोष्ठी सुरु भएको गोष्ठी सुरु भएको हो । गोष्ठिको उद्घाटन गर्दे भेरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले अब प्रहरीले सुचनामुलक र परिणाममुखी अनुसन्धान गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा भेरी अञ्चलका मु छ । भेरी अञ्चल प्रहरी कार्यालयको आयोजनामा अपराध नियन्त्रण तथा अनुसन्धान सम्बधीद्दा चल्ने प्रहरी इकाइका प्रमुख र अपराध…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top