esewa

मुख्य खबर

​अबदेखि प्रत्येक जेठ १५ गते बजेट आउने, बजेट मिती संविधानमै तोकियो

४ असोज, काठमाडौं । नयाँ संविधानमा बजेट आउने मिति नै तोकिएको छ । राष्ट्रपति डा। रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको (आय-व्यय बिबरण) बजेट- पेस गर्नुपर्ने व्यवस्था गरेको छ । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा पेस गर्नेछ ।’ संविधानमा भनिएको छ ।  बजेट ल्याउने मिति…विस्तृत समाचार »

विराटनगरमा तनाव बढ्यो, प्रहरीको गोलीबाट तीन पर्दशनकारी घाइते, एक प्रहरी जवानपनि घाइते

४ असोज, विराटनगर । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा मोरङ सदरमुकाम विराटनगर तनावग्रस्त भएको छ । विराटनगरको महाबीर चोकमा प्रहरीले चलाएको गोली लागेर एक १७ वर्षीय किशोरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । विहानैबाट मोर्चाका कार्यकर्ता सडकमा उत्रिएपछि महाविर चोक, शनि मन्दिर र महेन्द्र चोक क्षेत्रमा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीले प्रहरीको गाडीलाई लक्षित गरी गुलेली, ढुंगा प्रहार गरेपछि…विस्तृत समाचार »

राष्ट्रसंघबाट फर्कनासाथ राजीनामा दिन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजीनामा दिने बताएका छन् । बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् ।संविधान बनेलगतै आफूले राजीनामा दिने भनेको तर, प्रमुख दलका नेताहरुले राष्ट्र संघको महासभामा गएर नेपालमा संविधान बनेको जानकारी गराउन आग्रह गरेको उनले बैठकमा बताए ।कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर आएलगतै नयाँ सरकार गठन हुने बताए ।विस्तृत समाचार »

बन्दको प्रतिवाद गर्दै पोखरेली जनता सडकमा

४ असोज, पोखरा । बन्दको विरोध गर्दै पोखरेली जनता सडकमा उत्रिएका छन् । ‘बन्दको विकल्प खोजौं, पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गरौं, गरी खान देऊ’ लगायतका नारा लगाउँदै पोखरेलीले सोमवार बन्द बिरुद्ध प्रदर्शन गरेका हुन् । संविधान जारी भएको भोलिपल्टै पहिचान बिनाको संविधान पश्चगामी भएको भन्दै संविधान खारेजीको मागसहित तमुवान संघर्ष समितिले बन्द आह्वान गरेको छ । पोखरा उद्योग वाणिज्य संघको आह्वानमा बन्दबिरुद्ध मोटरसाईकल, कार र…विस्तृत समाचार »

​विराटनगर तनावग्रस्त,प्रहरीबाट ६ सेल अश्रुग्याँस र २ राउण्ड हवाई फायर

 ४ आश्विन,काठमाडौ ।सोमबार बिहानैदेखी प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केही बेर यता विराटनगरको महावीर चौकमा झडप भइरहेको छ । मोर्चाका कार्यकर्ताले टायर बालेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप सुरु भएको हो । अहिले दोहोरो ढुंगा हानाहान भइरहेको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस र २ राउण्ड हवाई फायर गरेको डिएसपी प्रमोद खरेलले जानकारी दिए । विराटनगरको महेन्द्र चौकदेखी शनि मन्दिरसम्मको स्थिती…विस्तृत समाचार »

​दुईदिन लोडसेडिङ हुँदैन भनेर प्राधिकरणले जनता ढाँट्यो

४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली  जारी भएको खुसीयालीमा दुईदिन लाडसेडिङ नगर्ने भनेपनि लोडसेडिङ भने नियमित समयमा भएको छ । संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भनिएपनि सोमबार नियमित समयमा लोडसेडिङ भयो । संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणले बताएको…विस्तृत समाचार »

​कैलालीको लम्कीमा बम विष्फोट

४ असोज, धनगढी । कैलालीको लम्कीमा बम विष्फोट भएको छ । सोमबार विहान लम्कीचुहा नगरपालिका वडानम्बर २ थकालीपुरको ‘बी लाइन’मा बम विष्फोट भएको हो । बम विष्फोटबाट मानवीय र भौतिक क्षति नभए पनि स्थानीय त्रसित छन् । विहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको थियो । बस्ति भन्दा अन्दाजी ३ सय मिटर पर बम विष्फोट भएकाले कुनै क्षति नभएको लम्की प्रहरीले जनाएको छ…विस्तृत समाचार »

मछिन्द्रनाथको रथारोहण दोस्रो पटक गरिँदै

४ असोज, काठमाडौं । गत वैशाखमा गएको भूकम्पका कारण हालसम्म स्थगित रहेको यसबर्षको बाह्रवर्षे जात्राका लागि रातो मछिन्द्रनाथलाई पुःन दोस्रो पटक सोमबार रथारोहण गराईँदैछ । दोस्रो पटक रथारोहण गर्ने प्रचलन नभएपनि भूकम्पका कारण निर्माण गरिएको रथमा क्षति भएकाले रथको पुनःनिर्माण गरी भोलि रथारोहण गर्ने तगारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार ज्योतिषीको साइतअनुसार साढे नौ बजे विशेष बाजागाजासहित रथारोहण गरिनेछ…विस्तृत समाचार »

​संविधान जारी भएको खुसीवालीमा तीनदलको संयुक्त सभा हुँदै, शिर्ष नेताले सम्बोधन गर्ने

संविधान जारी भएको खुसियालीमा सैनिक मञ्च टुँडीखेलमा सरकारका तर्फबाट आमसभाको आयोजना गरिएको छ । यसरी तीन पार्टीले संयुक्त रूपमा सभा आयोजना गरेको जनआन्दोलनपछिकै पहिलो सभा हो भने सरकारले सभा आयोजना गरेको संभवत पहिलोपटक हो । सभालाई प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । टुँडिखेलमा सञ्चालन हुने कार्यक्रमलाई भव्य बनाउन सरकारकै तर्फबाट तयारी गरिएको छ ।…विस्तृत समाचार »

नेपालमा संविधान जारी हुँदा भारतको मन बेखुस, भारतलाई तराई आन्दोलनको चिन्ता

नेपालमा नयाँ संविधान घोषणा भएलगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गरेपनि संविधानको स्वागत गरिएको छैन ।  संविधान जारी घोषणा भए लगत्तै  भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरिएको विज्ञप्तीमा नेपालमा संविधान जारी भएको घोषणा भन्दा पनि तराईको आन्दोलनमा केन्द्रित छ । वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ । नयाँ संविधान घोषणा भएको विषयमा असन्तोष…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top