मुख्य खबर

भट्टराईले निकटका सभासदहरूलाई मतदान गर्न नरोक्ने

२४, असोज काठमाडौँ ।  संसदमा आज हुने प्रधानमन्त्री चुनावमा बाबुराम भट्टराइले मतदान गर्न नरोक्ने भएका छन् ।  आफु निकट सभासदहरूलाई मतदान गर्न दिँदैनन भन्ने शंका भइरहेका बेला भट्टराईले कसैलाई पनि मतदान गर्नबाट नरोक्ने बताएका हुन् ।   अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने उनले स्पष्ट पारे ।  अहिले कुनैपनि प्रकारको राजनीतिक दाउपेचमा न अल्झि राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ आर्थिक समृद्धितिर कसरी लैजाने…विस्तृत समाचार »

केपी ओलीलाई रोक्न भारतको अन्तिम कसरत, रअका निबर्तमान नेपालप्रमुख सिंह पनि काठमाडौमा

२४ असोज, काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वप्रमुख एबी माथुर अघिल्लो सातादेखि काठमाडौंमै बसेर नांगो हस्तक्षेप गरिरहेका बेला  ‘रअ’का निवर्तमान नेपाल प्रमुख प्रभातरञ्जन सिंह पनि काठमाडौंमा आउका छन् । आफ्नो स्वार्थ विपरित केपी ओली प्रधानमन्त्री हुनेभएपछि रअका एजेन्टहरुको काठमाडौमा भिड लागेको छ । नेपालको राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ नगर्ने मोदीको पूर्वघोषणा विपरीत पुरानै गतिविधि गरेपछि भारत सरकारबाट फिर्ता बोलाइएका सिंह पुनः सुटुक्क नेपाल आएका हुन्…विस्तृत समाचार »

​नेपालका ३८ औं प्रधानमन्त्री आज चुनिदै, भारतीय कार्डले काम नगरे केपी ओली पक्का

२४, असोज काठमाडौ ।  व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८ औं प्रधानमन्त्री आज चयन गर्दैछ।आइतबार बिहान ११ बजे डाकिएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचन गर्नेछ। प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।  दलहरुको समकिरण हेर्दा प्रधानमन्त्री पदमा एमाले अध्यष केपी ओली निर्बाचित हुने पक्कापक्की छ । तर भारतले केपी ओलीलाई प्रधानमन्त्री बन्न…विस्तृत समाचार »

सोमबारदेखि पूर्ण रुपमा लामो दुरीका यातायात चल्ने

२४ असोज, काठमाडौं । ढिलै भए पनि दसैं मान्‍न घर जाने यात्रुले सोमबारदेखि सवारीसाधन चढ्न पाउने भएका छन्। सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगमले सोमबारदेखि लामो दूरीको बस सञ्चालन गर्ने निर्णय गरेका हुन्। सोमबारदेखि आठ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारीसाधन सञ्चालनमा ल्याइने अन्नपूर्ण पोस्टमा खबर छ। नाकाबन्दी, असुरक्षा, बन्दहडताल तथा इन्धन अभावमा यसपटक अग्रीम टिकट काट्ने व्यवस्था कार्यान्वयनमा…विस्तृत समाचार »

पढ्नुहोस् केपी शर्मा ओलीका उत्कृष्ट एक दर्जन उखानहरु

असोज काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली उखान टुक्का मिसाएर भाषण गर्न खप्पिस छन् । उनले भाषण गर्न थालेपछि आज नयाँ उखान के आउँछ भनेर धेरैले कान थापेर सुन्छन् । ओलीले  प्रयोग गरेका मूख्य उखानहरुः  १) हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।  २) माओवादी छातेच्याउ मात्रै हो,…विस्तृत समाचार »

केपी ओलीको प्रतिष्पर्धी सुशील कोइराला, पुरा होला फेरि प्रधानमन्त्री बन्ने सुशीलको सपना ?

२३, असोज काठमाडौँ ।  कांग्रेसले फेरि सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच शनिबार बिहान भएको छलफलमा सहमतिमै कोइरालालाई उम्मेद्‌वार बनाउने निर्णय भएको हो । मधेस आन्दोलनको समाधान आफ्नै पार्टी नेतृत्वको सरकारले गर्ने भन्दै कोइरालाले पुन प्रधानमन्त्रीको लागि उम्मेद्‌वारी दिन लागेका हुन् । कांग्रेसले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउन…विस्तृत समाचार »

९ जना सचिवमा बढुवा

२३, असोज काठमाडौँ ।  शनिबार सामान्य प्रशासन मन्त्रालयले ९ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सामान्य प्रशासन समुहबाट केदार बहादुर अधिकारी, राजेन्द्र नेपाल, मोहनकृष्ण सापकोटा र महेश दाहाल सचिवमा बढुवा भएका हुन् । केदार बहादुर अधिकारी र राजेन्द्र नेपाललाई यसअघि नै कामु सचिव दिइएको थियो । एक नम्बरको सिफारीसमा परेका चन्द्र घिमिरे भने बढुवामा परेनन् ।विस्तृत समाचार »

कांग्रेसबाट को बन्छ केपीको प्रतिष्पर्धी ?

२२, असोज काठमाडौँ ।  दलहरुबीच संविधान बनेपछिको प्रधानमन्त्री केपी ओलीलाई बनाउने भद्र सहमति भएको भनिएपनि नेपाली कांग्रेसले प्रधानमन्त्रीलागि दावी गर्ने संकेत गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सरकारको गठन सम्बन्धी निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिएको छ ।  यता एमाओवादी भने भावी प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको छ…विस्तृत समाचार »

नयाँ प्रधानमन्त्रीका लागि २४ गते ११ बजे मतदान हुने

२२, असोज काठमाडौँ ।  संसदमा नयाँ प्रधानमन्त्रीका लागि २४ गते ११ बजे मतदान हुने भएको छ । संसदको शुक्रबारको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।  नयाँ प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन भने शनिबार नै हुनेछ ।  विस्तृत समाचार »

राष्ट्रपतिद्वारा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन आह्वान

२२ असोज  काठमाडौँ ।  राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् ।  राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा २०७२ साल असोज १५ गते शुक्रबारको समयावधि भित्रमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकाले नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम सो प्रक्रिया अगाडि बढाउन भनिएको छ ।  राष्ट्रपति…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top