kantipur mall

मुख्य खबर

​भाजपा नेता भन्छन्, ‘भारतीय गाईमात्रै माता हुन्, विदेशी गाई त आन्टी हुन्’

२० कात्तिक, काठमाडौं । पश्चिम बङ्गाल राज्यका भाजपा अध्यक्ष दिलीप घोषले भारतीय गाईमात्रै गौमाता रहेको बताएका छन् । विदेशी गाई भारतीय गाईजस्तो नभएको उनको तर्क छ । ‘विदेशी नश्लका गाई गौमाता हुँदैनन्, बरु ती अन्टी हुन्छन् । हाम्रो देशको गाईको दुधको विशिष्ट विशेषता हुन्छ । यहाँको दूधमा  सुन पाइन्छ त्यसैले यहाँको दुधको रंग पहेलो हुन्छ,’ उनले भने ।  घोषले गाईको मासु खानेहरुलाई कुकुरको मासु खानु…विस्तृत समाचार »

महराजीको गल्ती नै भएको हो, उहाँले सत्य कुरा बोल्नुभएन : प्रचण्ड

२० कात्तिक, दाङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वकै सरकार पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । यो बीचमा प्रधानमन्त्री फेरिने भन्ने कुरालाई उनले ‘इतिहास’ भइसकेको बताए । ‘आलो पालो प्रधानमन्त्री हुने भन्ने कुरा त इतिहास भइसक्यो । अब यही सरकारलाई कसरी पाँच वर्षसम्म निरन्तरता दिन सकिन्छ भन्नेबारेमा सोंच्ने हो’ उनले भने ‘पाँच वर्षसम्म यही सरकार चल्छ, अब कोही फेरिने वा फेर्ने…विस्तृत समाचार »

बाजुराका जिप व्यवसायीको लुट : पैसठ्ठी किलोमिटरको भाडा प्रतिव्यक्ति दुई हजार पाँच सय !

२० कात्तिक, बाजुरा । जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा २ हजार ५ सय रुपैयाँसम्म भाडा लिने गरेका छन् ।  महँगो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ ।  जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली…विस्तृत समाचार »

​बझाङमा सुरुङभित्र फसेका अर्का मजदुरको पनि शव निकालियो

१९ कात्तिक, काठमाडौं । बझाङको बुङ्गल नगरपालिकाको एक जलविद्युत आयोजनाको सुरुङमा फसेका अर्का एक जनाको पनि शव निकालिएको छ । कालङ्गा जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा बेपत्ता ४ जनामध्ये बुधबार एक जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यसअघि मंगलबार तीनजनाको शव निकालिएको थियो । सुरुङभित्र मृत्यु हुनेहरुमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही तथा अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी छन्। सशस्त्र…विस्तृत समाचार »

​काभ्रेको नमोबुद्धमा एक दम्पती मृत फेला, अनुसन्धानका लागि काठमाडौबाट प्रहरी टोली परिचालन

१९ कार्तिक काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका तल्लो हटियामा एक दम्पती मृत भेटिएका छन् । यही ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको शव मंगलबार बिहान भेटिएको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको पनि उहाँले जानकारी दिए । सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका…विस्तृत समाचार »

सातै प्रदेशका प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष शपथ

१९ कात्तिक, काठमाडौं । सरकारले भर्खरै नियुक्त गरेका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बिहान एक समारोहबीच शपथ ग्रहण गरेकि हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि…विस्तृत समाचार »

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने

१९ कार्तिक काठमाडौं । जबरजस्ती करणी प्रयास मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा पुनरावेदनका लागि उच्च अदालतमा जाने भएका छन् । फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् । महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावेदन सुन्ने अदालतमा निवेदन…विस्तृत समाचार »

​अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी

१८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरा पुगेका छन्। चिकित्सा शिक्षा सुधारका लागि पिछडिएको क्षेत्रबाट आवाज उठाउन डडेल्धुरा पुगेको उनले बताएका छन् ।  डा. केसी १६ असोजमा केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत भइसकेका छन् । विस्तृत समाचार »

भक्तपुर नेकपामा उम्मेदवार छनौटलाई लिएर लफडा, पार्टी कार्यालयमा तालाबन्दी

१८ कात्तिक, भक्तपुर । उपनिर्वाचनका छटौट गरिएका प्रदेश सभाका उम्मेदवारलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरमा लफडा भएको छ । पार्टीको एक समूहल तत्काल निर्णय सच्याउन माग गर्दै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चाँगुनारायण नगर क्षेत्रका नेता कार्यकर्ताले नारावाजी गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।  नेकपाको केन्द्रीय सचिावलय बैठकले आइतबार साँझ जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको थियो । भक्तपुर…विस्तृत समाचार »

​डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानविन गर्न समिति गठन

​१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल, रामजी रेग्मी र डा. सुबोधकुमार कर्ण सम्मिलित समिति गठन गरेको हो ।  छानविन समिति गठन भएसँगै श्रेष्ठ निलम्बनमा परेका छन् । समितिले आजैदेखि काम थालेको छ । समितिले प्रतिवेदन एक महीनामा बुझाउनेछ । समितिले…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top