syangyong
nlic

मुख्य खबर

साँझ ७ बजेबाट मौसम सामान्य हुने : महाशाखा

१५ चैत काठमाडौ । हावाहुरीले प्रभावित बनेको राजधानीको जनजीवन साँझ ७ बजेदेखि सामान्य हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार अबको दसइघण्टापछि मौसम सामान्य हुन्छ । ’  सोमबार सुदूर पश्चिमबाट सुरु भएको हावाहुरी चल्ने क्रम राजधानीमा पनि आएको उल्लेख गर्दै पौडेलले साँझ पूर्वी क्षेत्रमा  हावाहुरी चल्ने महाशाखाले पूर्वानुमान गरेको बताए।    भोलि पनि  साँझतिर पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने र…विस्तृत समाचार »

चितुवाको आक्रमणबाट सेनाका जवानसहित सात घाइते

१५,चैत,कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाको आक्रमण परी नेपाली सेनाका जवानसहित सातजना घाइते भएका छन् ।  आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन् ।  आइतबार निकुञ्जबाट गाउँ पसेको चितुवाले केराबारीमा काम गरिरहेका स्थानीयलाई आक्रमण गरेको थियो ।…विस्तृत समाचार »

काठमाडौमा भिषण हुरीले त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित

१५ चैत, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा ठूलो हावाहुरी चलिरअहेको छ । हावाहुरीका साथै हल्का बर्ष हुन थालेको छ ।  सोमबार अपरान्ह एक्कासी चलेको हुरीले काठमाडौं उपत्यकाको धुलेले भिजिविलिटि कम भएको छ ।  ठूलो हुरी चलेपछि जनजीबन प्रभावित भएको छ । त्रिभुवन विमानस्थलमा उडान अवतरण समेत प्रभावित भएको छ ।विस्तृत समाचार »

ह्यारी आज काठमाडौ फर्कने , विद्यालय पूर्ननिर्माणमा उनले के के काम गरे ?

१५ चैत , काठमाडौ । बेलायती राजकुमार ह्यारी गोरखाबाट भुकम्पको पूर्ननिर्माणको काम सकाएर काठमाडौ फर्कदैछन । । भूकम्पले ध्वस्त बनाएको मनास्लु पदमार्गअन्तर्गत उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभात किरण माध्यामिक विद्यालयको ११ कोठे भवन पुनःनिर्माणमा सघाएर बेलायतका राजकुमार ह्यारी आज आउन लागेका हुन ।  गत बिहीबार लापु पुगेका राजुकुमार ह्यारीले शुक्रबारदेखि विद्यालय भवन निर्माण गर्न ढुङ्गा र काठ बोकेका थिए । ह्यारीले चार दिनसम्म निरन्तर काम गरेको…विस्तृत समाचार »

पर्साका जनताले प्रधानमन्त्री निवास घेर्ने

१५,चैत,काठमाण्डौं ।  पर्सा जिल्ला गाविस चोर्नी ५ र बारा गाविस टोकनी ३ का जनताले आज प्रधानमन्त्री निवास बालुवाटार घर्ने भएका छन् ।   दुवै गाविसको सीमानामा पर्ने दलित बस्ती र १ विघा ३ कठ्ठा १५ धूर जग्गामा रहेको हनुमानको मन्दीर, शंकर भगवानको मन्दीर, स्मशान घाट र छठस्थल रहेको  सार्वजनिक जग्गा व्यक्तिले कब्जा गरी आप्नो नाममा पारेपछि न्यायको लागि बालुबाटार घेराउन गर्न लागेका हुन ।  स्थानीय जमिन्दार…विस्तृत समाचार »

भारतको बंगाल राज्यका सामान झापाबाट तस्करी

१५,चैत,झापा । भारतको बंगाल राज्यसंग जोडिएको झापाको काकरभिटटा नाकाबाट पछिल्लो समयमा तस्करी गतिविधि मौलाएको छ । सो नाकाबाट भन्सार छलेर तस्करी गरी ल्याएको सरसामान भण्डार गर्ने र त्यसपछि भारतीय र नेपाली नम्बरका साना सवारीसाधनमा हालेर झापाको विभिन्न बजारसम्म पु¥याउने गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल राजश्व चुहावट गुल्म काकरभिट्टाबाट संयुक्त रुपमा सिमा क्षेत्रमा प्रहरी खटिएपनि जिल्ला प्रहरी कार्यालय…विस्तृत समाचार »

एमालेमा संस्थापन पक्षको भेलाले नयाँ हल्लीखल्ली

१५,चैत,काठमाडौं  । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली विदेशमा रहेका बेला उनको समूहले काठमाडौंमा छुट्टै भेला गरेपछि पार्टीभित्र नयाँ बहस सिर्जना भएको छ । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा संस्थापनले ‘जनताको बहुदलीय जनवाद र समृद्धिको यात्रा’ शीर्षकमा शनिबार भेला गरेको थियो । भेलामा एमाले सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्यूरो सदस्य भानुभक्त ढकालसहित चार सय नेता–कार्यकर्ता सहभागी थिए । भेलामा…विस्तृत समाचार »

४ सय नेपालीको राहदानी जलेर नष्ट

१५,चैत,काठमाडौं ।  एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको राहदानी जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ नामक कम्पनी र होस्टलमा दुईसाताअघि ९मार्च १३० आगलागी हुँदा राहदानी जलेपछि पीडित नेपाली कामदार चिन्तित छन् । स्थानीय समयअनुसार बिहान करिब पौने ११ बजे भएको घटनामा कम्पनीको कार्यालयमा राखीएका कामदारका करिब ४ सयभन्दा बढी प्रति राहदानी जलेर नष्ट भएका हुन् ।…विस्तृत समाचार »

पाकिस्तानको पार्कमा विस्फोट : ६९ जनाको मृत्यु, ३०० घाइते

१५,चैत,पाकिस्तान ।  पाकिस्तानको लाहोरको एक सार्वजनिक पार्कमा विस्फोट हुँदा ६९ जनाको ज्यान गएको छ । घटनामा अन्य तीन सय भन्दा धेरै घाइते भएको सरकारी अधिकारीले बताएका छन् । पञ्जाब प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेट नजिक आइतबार बेलुका  विस्फोट भएको हो, जहाँ बिदा बनाउन गएका मानिसको भिड थियो । विस्फोटमा परि ज्यान गुमाउनेमा महिला तथा बालबालिका धेरै रहेको सरकारी अधिकारीले बताएका छन् । बिद्रोही…विस्तृत समाचार »

प्रहरी नै अपहरण र फिरौतीको धन्दामा

१५, चैत काठमाडौँ ।  नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधरण नागरिलाई अपहरण गरी फिरौती असुल्ले धन्दा चलाइरहेका छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नियमविपरित यस्तो धन्दा सञ्चालन गर्द आएको पाइएको छ । प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको हो । अपराधिक मानसिकताका व्यक्तिहरुसँग मिलेर अपरहण…विस्तृत समाचार »

Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top