HIMALAYAN HYDRO
nlic

मुख्य खबर

नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुने

२४ माघ ,काठमाडौ । माघ २८  देखि नारायणगढ–मुग्लिन सडक खण्ड  हरेक दिन चार घण्टा बन्द हुने भएको छ । सडक बिस्तार तथा पुनर्निर्माणको काम चलिरहेकाले दैनिक चार घण्टा सडक अबरुद्ध हुने भएको हो । २८ गतेदेखि हरेक दिन बिहानको ११ देखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुनेछ । पहाड फोर्ने र सफा गर्ने काम हुने भएका कारण हरेक दिन ४ घण्टा सडक बन्द गर्न लागिएको…विस्तृत समाचार »

भाडा घटाउन माग गर्दै तीन क्रान्तिकारीद्वारा मुलुकभर प्रदर्शन

२४ माघ, काठमाडौं । सार्बजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गर्दै तीन माओवादी पार्टीका विद्यार्थी संगठनहरुले संयुक्तरुपमा काठमाडौं सहित देशभर प्रदर्शन र कोणसभा गरेको छ । एकीकृत नेकपा माओवादी, वैद्य माओवादी र विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीहरुले काठमाडौं का प्रमुख क्याम्पस  सहित मुलुकभर प्रदर्शन गरेको अखिल क्रान्तिकारीका प्रवक्ता शुरेन्द्र बस्नेतले जानकारी दिए ।  ललितपुरको पुल्चोक क्याम्पस अगाडि भएको कार्यक्रमलाई मदन अर्यालले, सानोठिमी क्याम्पस भक्तपुरमा…विस्तृत समाचार »

अध्यक्ष ओलीले एकलौटी सरकार चलाएः नेपाल

२४,माघ,पाल्पा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी, पाल्पा शाखाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनको विषयमा कुनै सरसल्लाह, छलफल नगरेको बताए । एमालेको नेतृत्वमा सरकार सञ्चालन भएको अवस्थामा पार्टीमा पनि सरकार सञ्चालनको अनुभव भएका…विस्तृत समाचार »

नुवाकोटमा फेरि अर्को दुर्घटना ,१ जनाको मृत्यू

२४ माघ ,काठमाडौ । नुवाकोटको मदानपुरमा बा ३ ख ६३४५ नम्बरको आइचर दुर्घटना हुँदा चालक देउराली गाविसका सेलकर तामाङको घटनास्थलमै मृत्यु भएको छ । । सो दुर्घटना मदनपुर गाउँ विकास समितिको बाराहीमा भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार अरु दुई जना घाइते भएका छन । घाइतेको  जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।  दुर्घटनास्थल नजिकै  शनिबार ११…विस्तृत समाचार »

तराई टुक्राएर देश विखण्डन गर्ने गरी तयारी तिव्र : नेपाल

२४,माघ,पाल्पा ।  नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले तराईको भुभाग लाई टुक्राएर देश लाई विखण्डन गर्ने गरी तयारी तिव्र रुपमा भईरहेको बताउनु भएको छ । नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय कार्यकर्ता भेला लाई तानसेनमा सम्वोधन गर्दै बरिष्ठ नेता नेपालले देश बाट तराई टुक्राउनको लागी विदेशीहरुले सहयोग र आर्सिवाद दिईरहेको बताउनु भयो । यो अवस्थामा तराई पहाड छुट्टिन लाई एक बनाएर राख्न कार्यकर्ताहरु एकजुट हुन…विस्तृत समाचार »

ओलीको बन्दोवस्त मिलाउन अर्थमन्त्री पौडेल आज भारत जादै

२४,माघ,काठमाडौं  । अर्थमन्त्री विष्णु पौडेल आज भारत जाँदै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि उनी दिल्ली उड्न लागेका हुन् ।  प्रधानमन्त्री ओलीको फागुन ७ गतेबाट हुने चार दिने दिल्ली भ्रमणको तयारीका लागि उनी दिल्ली जान लागेका हुन । यस क्रममा सहुलियत ऋण तथा भूकम्प पुनर्निर्माण योजनाका परामर्श बैठक समेत गरिने छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा अरुण जेटेलीसँग गरिने भेटवार्तामा…विस्तृत समाचार »

बाबुरामले बदले कार्यदिशा

२४,माघ,काठमाडौं ।  भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादीको संज्ञा दिने स्कुलिङमा तीन दशक बिताएका पूर्वएमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो राजनीतिक दिशा परिवर्तन गरेका छन् । ०५२ फागुन १ गते जनयुद्ध सञ्चालन गर्नुअघि मंसिरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भट्टराईको नेतृत्वमा बुझाइएको ४० सुत्रीय माग र अहिले आफ्नो पार्टीको केन्द्रीय परिषद्का सदस्यहरुलाई गराइएको शपथका दस्तावेजले उनको राजनीतिक दिशा परिवर्तन भएको प्रस्ट देखिएको छ । ]भट्टराईले आफू प्रमुख रहेको…विस्तृत समाचार »

वीरगन्जबाट इन्धन भित्रिन थाल्यो

२४,माघ,वीरगन्ज । औपचारिक निर्णयविनै शुक्रबार अकस्मात खुलेको वीरगन्ज नाका शनिबार पनि सहज रूपमा सञ्चालन भयो । दिनभर सवारीसाधन आवत–जावत गरिरहे । साढे पाँच महिनापछि शनिबार पहिलोपटक रक्सौल नाकाबाट ग्यास बुलेट र डिजलका ट्यांकर नेपाल भित्रिएका छन् । चारवटा ग्यास बुलेट र एउटा डिजलको ट्याकर नेपाल आएको छ । वीरगन्ज भन्सार कार्यालयले शनिबार नाकाबन्दीयताका पाँच महिनाकै उच्च राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रवक्ता सुशील…विस्तृत समाचार »

विरगञ्ज नाका बन्द गर्न गएका मोर्चा कार्यकर्तालाई स्थानीयले लखेटे

१२ माघ, काठमाडौं । वीरगञ्ज नाका फेरि अवरुद्ध पार्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय र भारतीय व्यापारीले लखेटेको छन् । मधेसी मोर्चाको बारा र पर्साको बैठकले शनिबार दिउँसो २ बजेबाट नाका बन्द गर्ने निर्णय गरेको थियो । लगतै मोर्चाका नेता कार्यकर्ता नाका पुगेका थिए । अहिले नाका सहज भएको छ ।विस्तृत समाचार »

विराटनगरमै पहिलोपटक ब्रेन ट्युमरको सफल शल्यक्रिया

२३,माघ,विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ। धनकुटा फलाटे–४ का ६८ वर्षीय मानबहादुर याख्खाको टाउकामा पलाएको ९ऐजेरु० ट्युमरको अस्पतालका न्यूरो सर्जन डा सुदन ढकालले शल्यक्रिया गरेका हुन्।   साउन महिनादेखि टाउको दुख्ने, बोलेको ठेगान नहुने र बेहोस हुने समस्या देखिएपछि याख्खा गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए।  अस्पतालका सञ्चालक सनतन मण्डलले शल्यक्रियापछि बिमारीको अवस्था ठिक रहेको जानकारी दिए। उपचारपछि बिरामी याख्खाले भने,…विस्तृत समाचार »

Ruslan

machha bank

ime

राजनीति

समृद्ध नेपालको प्रमुख आधार पर्यटन : उपराष्ट्रपति

२ माघ, कास्की । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ९ऊर्जा० र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए । ‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’ उनले भने । पर्यटकको सुविधाका लागि 

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

मुख्यमन्त्री पोखरेल : शुभकामना

१ माघ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पुर्याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा विविधतायुक्त

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top