siddhartha

राजनीति

​कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री कोइराला

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् । विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् । उनले भनिन्, ‘कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।’ नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको…विस्तृत समाचार »

​नेता महताको निधनमा एमालेबाट दुःख व्यक्त

११ असार, काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ ।  विसं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको जोगबुढा गाउँ कमिटीको सचिव हुनाका साथ दुई कार्यकाल जिल्ला कमिटी र जिल्ला सचिवालयको सदस्य भएर पार्टीमा नेतृत्व…विस्तृत समाचार »

​मधेसी–जनजातिका माग सम्बोधन गर्न आवश्यकः नेता गुरुङ

११ असार, पाँचथर । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउका छन् ।  सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल र असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याई अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताए ।  विस्तृत समाचार »

​एमालेको जितलाई कसैले रोक्न सक्दैनः महासचिव पोखरेल

११ असार, भोजपुर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे ।  महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्नेछ भने । सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर…विस्तृत समाचार »

​नेपाली काँग्रेसद्धारा विद्रोही उम्मेद्धारलाई कारबाही

१० असार, दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेद्धारका विपक्षमा उम्मेद्धारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली काँग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।  निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्ला कार्यसमिति दाङले उनीहरुलाई नेपाली काँग्रेसको कुनै पनि पदीय दायित्व समाप्त हुनेगरी कारबाही गरेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति, दाङका संयोजक सुरेन्द्रराज पाण्डेले बताए ।  साथै, उनले…विस्तृत समाचार »

​संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्छः उपप्रधानमन्त्री गच्छदार

१० जेठ, मोरङ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताएका छन् ।  आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताए । उनले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गरे । मन्त्री गच्छदारले नेपाल लोकतान्त्रिक फोरम नै राजपाका…विस्तृत समाचार »

​सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छुः प्रधानमन्त्री देउवा

१० असार, कञ्चनपुर । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् । कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताए ।  भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । “सीमा…विस्तृत समाचार »

जनलहर काँग्रेसको पक्षमा छः नेता सिटौला

१० असार, झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले जनलहर काँग्रेसको पक्षमा देखिएकाले काँग्रेस पहिला शक्ति बन्ने दावी गरे ।  नेता सिटौलाले ‘मुलुकको आर्थिक समृद्धि काँग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले काँग्रेस पक्षमा जनलहर बढेको छ’ बताउँदै “काँग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका…विस्तृत समाचार »

​एमालेको विजयलाई कसैले रोक्न सक्दैन – अध्यक्ष ओली

१० असार, मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।  नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गरे । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भने…विस्तृत समाचार »

​डडेल्धुरामा राजनीतिक दलहरु घरदैलो अभियानमा व्यस्त

१० असार, डडेल्धुरा । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता दिइराखेका छन् । दलका नेता तथा कार्यकर्ताले आ–आफ्ना पार्टीका गीत बजाउँदै घर घरमा गई आ–आफ्ना एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छ ।  उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मतदातालाई…विस्तृत समाचार »

paicho

nepal life

bussewa

राजनीति

​पार्टीका कार्यकर्ताबीच झडप हुँदा विभिन्न ठाँउमा मतदान स्थगित

१४ असार, काठमाडौं । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताए । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन । 

उदयपुरमा बमसहित नेकपाका कार्यकर्ता पक्राउ

१४ असार, उदयपुर । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

​वरिष्ठ नेता पौडेलले लिए पूर्वमन्त्री जोशीको स्वास्थ्यबारे जानकारी

१३ असार, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वरिष्ठ नेता पौडेलले आज दिउँसो ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार गराइरहेका नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

अन्तर्राष्ट्रिय

​दक्षिण कोरियाली राष्ट्रपति मुन अमेरिका प्रस्थान

१४ असार, सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति

​आतंक मच्चिएपछि बेलायतका विद्यालयमा चक्कु निषेध

१४ असार, बेलायत । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ । विद्यालय छिर्ने द्धारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण

​चीनद्धारा सिक्किम क्षेत्रमा भारतीय सेनाले सीमा अतिक्रमण गरेको आरोप

१४ असार, चीन । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्धारलाई बन्द गरेको छ । 

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top