esewa

राजनीति

​६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक तोक्न माग

२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ । आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राखिन् । उनले भौगोलिक कारणले पनि सरकारले ६५ वर्ष उमेर…विस्तृत समाचार »

भारतसँग समन्वय गरी बाँध खुलाउने काम भैरहेको छ : प्रधानमन्त्री ओली

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् । लगातारको झरीका कारण आएको बाढी पहिरोले अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।   प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राहत र उद्धारका तदारुकताका साथ गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गरेका छन् ।…विस्तृत समाचार »

प्रधानमन्त्रीलाई थाहा थिएन, मैले नै पत्र दिएँ : मन्त्री खनाल

२७ असार, काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् । शुक्रबार कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको निरीक्षण गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । दूतावासको पत्रबारे आफुले समयमा जानकारी नपाउँदा पत्र आएको छैन भनेर सार्वजनिक रुपमा भन्नुपर्दा लज्जित बन्नुपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले बिहीबार क्षमा मागेका थिए । तर, मन्त्री…विस्तृत समाचार »

माधव कुमार नेपाल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

२७ असार, काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई भेटेका छन्। श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिन कोलम्बो पुगेका नेता नेपालले बिहीबार प्रधानमन्त्री विक्रमासिंहे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटवार्ता गरेका छन्।   भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धबारे चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल…विस्तृत समाचार »

भारतीय दूतावासको चिठीबारे जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्छ: कृषिमन्त्री खनाल

२६ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दूतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् । भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका हुन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा…विस्तृत समाचार »

विषादी प्रकरणमा मलाई पनि झुक्याइयोः प्रधानमन्त्री ओली

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताएका छन् ।  प्रधानमन्त्री ओलीले विषादी प्रकरणको सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण नेपाली जनताको सामु लज्जित हुनु परेको बताउँदै माफीसमेत मागेका छन् ।   बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामु पत्र नआएको सार्वजनिक…विस्तृत समाचार »

काँग्रेसका नेता महेन्द्र यादवको आरोप-२ नम्बर प्रदेशका मन्त्री भ्रष्टाचार गर्ने होडवाजीमा लागे

२६ असार, जनकपुर । काँग्रेसका नेता महेन्द्र यादवले प्रदेश नम्बर २ सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने होडवाजीमा लागेको आरोप लगाएका छन् । बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै पूर्व खानेपानी मन्त्री समेत रहेका नेता यादवले प्रदेश २ का मन्त्रीहरुबीच कसले कति अनियमितता गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका हुन् । ‘विकास निर्माणमा लाग्नु भन्दा पनि कसरी आफ्नो ढुकुटी भर्ने र सरकारी ढुकुटी सक्ने भन्ने खेलमा मन्त्रीहरु र…विस्तृत समाचार »

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

२६ असार,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसंख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएका हुन् । हरेक जुलाई ११…विस्तृत समाचार »

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित

२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै रोष्ट्रम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्य तथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका…विस्तृत समाचार »

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।      नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति,…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

सिटिइभिटीको कामप्रति नेकपा महासचिव पौडेल असन्तुष्ट

३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिइभिटीको काम चित्तबुझ्दो नभएको महासचिव पौडेलको भनाइ छ । सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पौडेलले सिटिइभिटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक

कर्मचारी प्रशासनलाई सुधार्न जस्तोसुकै कदम चाल्न तयार छौं: मन्त्री पण्डित

३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको

अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । ‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै 

अन्तर्राष्ट्रिय

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी 

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ

३ साउन, कराँची । पाकिस्तानमा अर्का एकजना पूर्व प्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् । हालका प्रधानमन्त्री इमराज खानभन्दा अगाडि सत्तामा रहेका शाहिद खक्वान अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ परेका हुन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको हो । अघिल्लो साता मात्रै भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारी पक्राउ परेका थिए । अब्बासीले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आयात सम्झौतामा अर्बौं रुपैयाँ अनियमितता गरेको आरोप 

अमेरिकी जलसेनाले इरानको ड्रोन खसालेको अमेरिकाको दाबी

३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन् । उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप इरानको ड्रोन नखसालिएको बताएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top