राजनीति

मन्त्रीपरिषद पुनर्गठनअघि राष्ट्रपतिसँग भेट गर्न शितलनिवास निवास पुगे ओली र प्रचण्ड

४ मंसिर काठमाडौ । मन्त्रिपरिषदको पुनर्गठनका विषयमा आपसमा छलफल सकेर नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्। बुधबार बिहान दुई अध्यक्षले बालुवाटारमा मन्त्रिपरिषद पुनर्गनका विषयमा छलफल गरेका थिए। बालुवाटारको छलफल लगत्तै दुई अध्यक्ष शीतलनिवास पुगेका हुन्। अहिले बालुवाटारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई अध्यक्षले छलफल गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।  राष्ट्रपतिसँग शपथग्रहण लगायतका विषयमा छलफल हुने जनाइएको…विस्तृत समाचार »

सप्तरीका वडा सदस्यलाई साइकल

४ मंसिर, काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाले २९ वटै वडा सदस्यलाई एक एक थान साइकल वितरण गरेको छ ।  गाउँपालिकामा मंगलबार आयोजित साइकल वितरण कार्यक्रममा साइकलको दुरुपयोग नगरी गाउपालिकाको मर्यादा बढाउन तेस्रो गाउँपालिकाले वडा सदस्यलाई साइकल वितरण गर्न आग्रह गरेको हो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्ययनाथ झा, वडा नम्बर ६का वडा अध्यक्ष बहादुर सदा एवंम वडा सदस्यहरुको सहभागि भएको छ । जनताको काम गर्न…विस्तृत समाचार »

विप्लवका कार्यकर्ता पक्राउ

३ मंसिर, काठमाडौं । दाङको तुलसीपुरबाट विप्लवको एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५का २६ वर्षीय ठाकुरप्रसाद विक रहेका छन  । लुकिछिपी सडकमा हिडिरहेको अवस्थामा फेला पारी विकलाई प्रहरीले प्रकाउ गरेको हो विक विप्लव समूहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका छन । उनलाई सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।विस्तृत समाचार »

तरुण दलका नगर सभापति हतियार सहित पक्राउ

३ मंसिर, काठमाडौं । नेपालगञ्जका तरुण दल नगर सभापति सन्दीपजङ शाहलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला अदालत बाँकेले शाहलाई जेल चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन । गत शुक्रबार नगर सभापति शाह सहित चार जनालाई हालहतियार मुद्धामा पाँच वर्ष सजाय माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो…विस्तृत समाचार »

नेविसंघका कार्यकर्ता पक्राउ

२ मंसिर, काठमाडौं । भारतीय दुतावास नजिक लौनचौरस्थित प्रदर्शन गर्ने नेपालि विधार्थी संघका कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि समावेश भएको विरोधमा नेविसंघका विधार्थीहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनको क्रममा उनीहरुलाई  आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिंखडा, दिपक ओझा, सरोज थापा, सन्तोष पाण्डे र दिपेश ओलि रहेका छन । उनीहरुले कालो ब्यानर…विस्तृत समाचार »

नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव  समुहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बबइ पाँच बस्ने ३२ वर्षीय निमबहादुर डागी र शान्तिनगर गाउपालिका १ पोखरीया निवासी ३० वर्षीय प्रकाश बूढामगर रहेका छन । टाङखोला प्रदेश ३ मा ०२००७ प १२०४ नम्बरको जिक्सर मोटर साइकलमा लुकीछिपि हिडिरहेको अवस्थामा बबइ पाँच बस्ने ३२ वर्षीय निमबहादुर डागीलाई पक्राउ गरीएको हो भने बुढा मगरलाई शुक्रबार…विस्तृत समाचार »

बाँके र बर्दियाका ७२९ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

 ३० कात्तिक, बाँके । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । दलहरुले उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाएका छन् । निर्वाचन लक्षित गतिविधिसँगै दलहरुले…विस्तृत समाचार »

सीमा अतिक्रमणबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

३० कात्तिक, काठमाडौं । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा अतिक्रमण कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।   महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहेका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा नीति, योग तथा…विस्तृत समाचार »

सभापति देउवाको व्यङ्ग्य : ओली सरकार राष्ट्रवादको नारा दिने, लम्पसारवाद हुने

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहदुर देउवाले भारतसँग भएको महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको बताएका छन् ।  नेपाल प्रेस यूनियन कञ्चनपुरले शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गरे । ‘हामीले महाकाली सन्धी गरेका बेला महाकाली सीमा नदी भनिएको छ…विस्तृत समाचार »

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

३० कार्तिक काठमाडौं । पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

राजनीति

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

१९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् । सहायकमन्त्र्री याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाएका थिए । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिए ।

जमिन फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छः मन्त्री भट्ट

१९ मंसिर कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सरकारले नतिजा निकालेर देखाउने भन्दै मन्त्री भट्टले सोही अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल गर्ने बताए । 

सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्छ : झलनाथ खनाल

१९ मंसिर इलाम । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए ।सरकारको मात्र प्रयासले सम्भव

अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

१८ मंसिर, काठमाडौं ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् । 

कतार–साउदी अरब तनाव : कतारका अमिरलाई साउदी राजाले गरे निम्तो

१८ मंसिर, काठमाडौं । कतारका सरकारी सञ्चारमाध्यमहरूले देशका अमिरलाई साउदी अरबका राजा सलमानले आगामी साता रियादमा आयोजना हुन लागेको एउटा क्षेत्रीय सम्मेलनमा भाग लिन निम्तो दिएको उल्लेख गरेका छन् । तर ती समाचारसंस्थाले कतारी अमिर शेख तामीम बिन हमाद अल–थानीले निम्तो स्वीकारिसकेका छन् या छैनन् भनेर पुष्टि गरेका छैनन् । यदि त्यसो भयो भने दुई देशबीच लामो समयदेखि विद्यमान कूटनीतिक विवाद अब समाधानतर्फ जान लागेको एउटा बलियो सङ्केत मिल्नेछ । साउदी अरबको नेतृत्वमा चार छिमेकी देशले सन् २०१७ देखि कतारमाथि आर्थिक नाकाबन्दी लगाएका थिए । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top