syangyong
nlic

राजनीति

​उपराष्ट्रपति साना दललाई देऊ :परिवार दल

 ७ कात्तिक , काठमाडौँ । नेपालको संविधानअनुसार हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा साना दललाई उपराष्ट्रपति पद दिनुपर्ने माग नेपाल परिवार दललले अगाडि सारेको छ ।  व्यवस्थापिका–संसद्को आज बस्ने बैठकले ती पदमा हुने निर्वाचन प्रक्रिया अगाडि बढाउँदै छ । सो दलका अध्यक्ष एकनाथ ढकालले आज विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सभामुखमा एकीकृत नेकपा माओवादीकी नेत्री ओनसरी घर्तीलाई आफूले…विस्तृत समाचार »

कांग्रेसले अन्य दलसँगको छलफलपछि उम्मेदवार तय गर्ने

 ७ कार्तिक काठमाडौ  ।  आजबाट प्रारम्भ हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रकृयामा अन्य दलसँग छलफल गरेर मात्र उम्मेदवार तय गर्ने निश्कर्ष सहित कांग्रेस पदाधिकारी बैठक केही बेर अघि सकिएको छ । आज बिहान कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले अन्य दलसँग छलफल गरेर मात्रै उम्मेदवार चयन गर्ने तय गरेको बैठकपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिए । कांग्रेसको पदाधिकारी बैठक बस्नु अघि विजयकुमार गच्छदारले सभापति…विस्तृत समाचार »

​बाम र लोकतान्त्रिक शक्ति मिल्नुपर्छ : पहारी

 ७ कात्तिक चितवन । युवा सङ्घका अध्यक्ष राजिब पहारीले बाम र लोकतान्त्रिक शक्ति मिलाउने काममा आफ्नो नेतृत्वले भूमिका खेल्ने बताउनुभएको छ । युवा सङ्घ चितवनले आज  आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले आन्दोलनमा सङ्गठित भए झै विकास निर्माणमा पनि कम्युनिष्ट पार्टीबीचमा कार्यगत एकताका लागि दबाब दिने बताउनुभयो ।  आपूmले सङ्घको नेतृत्व लिए लगत्तै यसका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल…विस्तृत समाचार »

सत्ता साझेदारदलसँग सरकारी वार्ता टोलीले छलफल गर्ने

७ कात्तिक , काठमाडौ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न सरकारले गृहकार्य थालेको छ । मोर्चासँग आइतबार काठमाडौंमा हुने वार्तालाई सार्थक बनाउन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्व गठित वार्ता टोलीले शनिबार प्रधानमन्त्री, उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्ता साझेदार दलका नेतासँग छलफल गर्दैछ । दुई महिनाभन्दा बढी समयदेखि तराई क्षेत्रमा जारी मोर्चाको आन्दोलनबाट मुलुकलाई निकास…विस्तृत समाचार »

​सीमा अवरोध कूटनीतिक प्रयासबाट समाधान हुँदैछः सुब्बा

७ कात्तिक इटहरी । बिनाविभागीयमन्त्री रामकुमार सुब्बाले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतबाट सीमा नाकामा गरिएको आयात निर्यातमा पुगेको असहयोगका बारेमा सरकारले राजनीतिक र कूटनीतिक प्रयासबाट समाधान निकाल्ने प्रयास गरिरहेको बताउनुभएको छ ।  इटहरी –१० खनारको मुसलमान समुदायले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले उपप्रधानमन्त्री कमल थापाले भर्खरै छिमेकी मुलुक भारतका प्रधामन्त्री र परराष्ट्रमन्त्रीसमक्ष द्विपक्षीय छलफल र वार्ता गरिसक्नुभएको जानकारी दिनुभयो ।  उहाँले गरिब समुदायका बालबालिका…विस्तृत समाचार »

मन्त्री छान्ने विषयमा एमालेको आन्तरिके छलफल सुरु

   ६ कात्तिक काठमाडौँ,  मन्त्री छान्ने विषयमा नेकपा एमालेले आन्तरिकको छलफल सुरु गरेको छ । पर्सी आइतबार नै मन्त्रिपरिषद विस्तार गर्ने गरि छलफल भइरहेको एमालेले जनाएको छ । एमालेले आफ्नो तर्फबाट मन्त्री छान्ने काम अन्तिम चरणमा पुगेको एमालेका कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमाले उपाध्यक्ष भीम रावललेका नेतृत्वमा मन्त्रीहरुको चयन गर्नेमा लगभग सहमति भएको र बैठक बसेर अन्तिम निर्णय गर्न बाँकी रहेको एक नेताले…विस्तृत समाचार »

राष्ट्रपति डा रामबरण यादवले राजीनामा दिने

 ६ कात्तिक काठमाडौँ,  राष्ट्रपति डा रामबरण यादवले राष्ट्रपति चयन गर्नुअघि नै राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रपतिका विषयमा मतदान हुनुअघि उनले पदबाट राजीनमा दिएर मार्ग प्रसस्थ गर्ने शीतल निवास स्रोतले जनाएको छ । कहिले कुन दिन राजीनामा दिने भन्ने विषयमा छलफल भइरहेको छ । राष्ट्रपति रउपराष्ट्रपति चुन्ने बाटो खोल्न अहिलेका राष्ट्रपति र उपराष्ट्रपतिले बाटो खुल्ला गर्न त्यसअघि नै राजीनामा गर्ने विषयमा छलफल भइरहेको छ…विस्तृत समाचार »

मधेसी मोर्चाको गम्भीर आरोप प्रहरीमाथि

  ४ कात्तिक , काठमाडौ ।दुई महिनादेखि मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुरक्षा निकायमाथि गम्भीर आरोप लगाएको छ । जनताको शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीमाथि मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी तथा उसका भातृ सँगठनहरुले बुधबार विज्ञप्ती निकालेर गम्भीर आरोप लगाएका हुन् । तमलोपा र उसका भातृ संगठनले प्रहरीमाथि संगठित गुण्डा गर्दीको आरोप लगाएको हो । साथै आफ्ना केन्द्रीय सदस्य डा।…विस्तृत समाचार »

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

४ कात्तिक ,  भक्तपुर प्रधानमन्त्री  केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापामा व्यस्त हुनुहुन्छ । आज बिहान यहाँ आउनु भएका उहाँले गरामनीस्थित सहीद स्मारकको अनावरण गर्नुभयो ।  नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले झापा र इलामको सीमानामा पर्ने सुखानीमा अवस्थित सहीद स्मृति पार्कमा सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित माल्यार्पण गर्नुभयो ।  प्रधानमन्त्री ओलीलाई नेकपा एमाले झापा जिल्ला कार्य समिति र स्थानीय ३१ वटा सङ्घसंस्थाद्वारा आजै…विस्तृत समाचार »

सरकार र मधेसी मोर्चाबीच प्रराम्भीक वार्ता,आफ्ना माग पनि पूरा हुन नसकेको भन्दै असन्तुष्टि

३ कात्तिक , काठमाडौ ।सरकारी वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही शीर्ष नेताहरूसँग मुलुकको विद्यमान समस्या समाधानका लागि प्रारम्भीक वार्ता गरेको छ । काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज मंगलबार भएको वार्तामा मधेसी दलहरूले अगाडि सारेका मागका विषयमा छलफल भएको हो । मधेसी मोर्चासँगको प्रारम्भीक वार्ताका लागि सरकारी वार्ता टोलीका संयोजक तथा उप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापासहितका सदस्य पुगेका थिए । छलफलका…विस्तृत समाचार »

Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

७ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छिन्।सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने

​लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

५ असोज, लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरेका

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

अन्तर्राष्ट्रिय

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

​तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापकलाई पक्राउ गर्न आदेश

तान्जानिया । तान्जानियाका राष्ट्रपति जन मागुफुलीले तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापनमा संलग्न सबैलाई पक्राउ गर्न आदेश दिनुभएको छ । एमभी न्यरी नाम गरेको त्यो डुङ्गा पल्टिँदा अहिलेसम्म कम्तीमा २ सय ७ जनाको मृत्यु भएको छ । एउटा टेलिभिजन कार्यक्रममा बोल्दै मागुफुलीले लापरवाही र क्षमताभन्दा बढी यात्रु बोकेका कारण सन्तुलन गुमाएपछि एमभी न्यरीको दुर्घटना भएको बताउनु भएको हो । 

​चीनमाथि अमेरिकाको सैन्य प्रतिबन्ध, प्रतिबन्ध हटाउन चीनको कडा चेतावनी

न्युयोर्क । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top