kantipur mall

राजनीति

दन्द्धकालका मुद्धा ब्यूताउन एमाले निकट वकिलहरु सक्रिय

४, माघ जाजरकोट । दन्द्धकालका मुद्धाहरु ब्यूताउन एमाले निकट वकिलहरु लागिपरेको एकीकृत माओवादी नेता जर्नादन शर्माले आरोप लगाएका छन् । क्रातिकारी पत्रकार संघ जाजरकोटले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत सम्वोधन हुने मुद्धाहरु व्यूत्याएर एमाले निकट वकिलहरुले राम्रो नगरेको बताए । दन्द्धकालका घटनाहरु ब्यूताउने नियतबारे सरकारसँग गम्भिर छलफल हुने नेता शर्माले बताए ।  नेता शर्माले वर्तमान सकारका मन्त्रीहरुले…विस्तृत समाचार »

राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्रीलाई बुझायो यस्तो विवरण

४ माघ काठमाडौं । राष्ट्रिय सूचना आयोगले एक वर्षको अवधिमा गरेका कामको विवरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर गत वर्षको माघ १ गतेदेखि यो वर्षको पुस मसान्तसम्म गरेका कामको विवरण प्रधानमन्त्री ओलीलाई बुझाएको हो । आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई दुईओटा पुस्तिकामार्फत् कामको विवरण बुझाउनेक्रममा एक वर्षको अवधि निकै उत्पादनशील रहेको दाबी गरेका छन् । प्रमुख…विस्तृत समाचार »

अर्कैकालागि संविधान संशोधनः उपप्रधानमन्त्री के.सी

काठमाडौ, ४ माघ नेपाल सरकारका उप प्रधानमन्त्री चित्रबहादुर केसीले संविधान संशोधन नेपालीका लागि नभई अर्कैका कारण संसदमा दर्ता भएको बताएका छन् । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघको आयोजनामा ‘पर्यटन र पर्वतारोहणः नेपाल–क्यानडा’ विषयक अन्तरक्रियामा उनले भने, ‘यसपाली कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार प्रमुख बनाउनाले नेपाल र नेपालीले सास्ती खेप्न परेको छ ।’  ‘यसैगरी संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पनि नेपाल र नेपाली…विस्तृत समाचार »

एमाले संसदीय दलको विधान परिमार्जन हुने

 ४ माघ काठमाडौं । नेकपा एमालेले संसद्मा  विचाराधीन रहेको संविधान संशोधन प्रस्तावलाई थप गृहकार्यसहित पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले सबै दलसँग आवश्यक परामर्शपछि थप गृहकार्य गरेर मात्र संविधान संशोधन विधेयक पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले एमाले संसदीय दलको विधानसमेत परिमार्जन गर्ने निर्णय गरेको छ । विधान परिमार्जनका लागि प्रमुख सचेतक भानुभक्त ढकाल संयोजक…विस्तृत समाचार »

माओवादी मन्त्रीविरुद्ध उजुरी गर्न पेरिसडाँडामा पत्रमञ्जुषा

४ माघ, काठमाडौं । सरकारमा सहभागी आफ्ना मन्त्रीले प्रभावकारी काम गर्न नसकेपछि एमाओवादीले सर्वसाधारणबाट सुझाव माग्न थालेको छ । सँगै मन्त्रीका गलत कामविरुद्ध उजुरी दिनसमेत छुट्टै पेटिका राखिएको छ । एमाओवादीले पार्टी कार्यालय पेरिसडाँडामा राखेको पेटिकामा सरकार सञ्चालन सहयोग तथा समन्वय समिति मन्त्रीहरुले गर्नुपर्ने नयाँ कामको योजनाबारे सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेको नयाँ पत्रिकामा न्युज छ । पार्टीको तर्फबाट सरकारमा सहभागी आठ मन्त्रीले केही गलत…विस्तृत समाचार »

कांग्रेस महाधिवेशन ,उद्घाटनमै ५० लाख !

४ माघ, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन निकै महँगो बन्ने अवस्था देखिएको छ । महाधिवेशनमा एक करोड २५ लाख रुपैयाँ खर्च बढ्ने भएको हो । कांग्रेसका अनुसार १२ औं महाधिवेशनमा भएको दुई करोड ७५ लाखको बजेटले यसपटक नधान्ने देखिएको छ । १३ औं महाधिवेशनमा झन्डै सवा करोड रुपैयाँ खर्च बढी हुने अनुमान आर्थिक समितिले गरेको छ । आर्थिक समितिका सदस्यहरुले १३ औ महाधिवेशनका…विस्तृत समाचार »

दलहरूबीच सहमति गर्न मस्यौदा तयार

४,माघ,काठमाण्डौं । प्रमुख तीन दल र मधेसी मोर्चा सीमांकनको विवाद टुंगो लगाउनेबारे सहमतिनजिक पुगेका छन्, विवाद कायम नै रहेको राजनीतिक संयन्त्रको क्षेत्राधिकारबारे पनि उनीहरूबीच आइतबार अनौपचारिक सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सरकार, प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाबीच भएको वार्तामा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताहरु ।  प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलले प्रदेशको सीमांकन टुंगो लगाउन…विस्तृत समाचार »

अंगिकृत नागरिकताधारिलाई नेपालको सर्वाैच्च पद स्वीकार्य हुँदैन : कोइराला

३, माघ दाङ ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अंगिकृत नागरिकताधारिलाई नेपालको सर्वाैच्च पद कदापी स्वीकार्य नहुने वताएका छन् । दाङको तुलसीपुर आयोजित  साक्षात्कार कार्यक्रममा बोल्दै  नेता कोईरालाले सबै देशको आफ्नै नियम हुने हुँदा अंगिकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक पदहरु दिन नसकीने वताएका हुन । तर उनले काठमाडौंले मधेसी मोर्चालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको वताए । उनले भने ‘ मधेसी मोर्चाका मागहरु सम्वोधन…विस्तृत समाचार »

एकसय ५५ दिनमा मधेस आन्दोलन, आज बीरगन्जमा मजदुरको प्रर्दशन

३, माघ बीरगन्ज ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आवहानमा भईरहेको आन्दोलनलाइ समर्थन गर्दै मजदुरहरुले आज बीरगन्जमा जुलुस प्रदर्शन गरेका छन् । संघीय समाजवादी फोरम नेपाल सर्मथीत मधेशी ट्रेड यूनियन महासंघ नेपालको आहवानमा गरिएको प्रदर्शनमा बीरगन्ज पथलैया कोरीडोरका मजदुर र मोर्चाका नेताहरुको सहभागीता रहेको थियो । वीरगन्जको पावर हाउसबाट निस्किएको जुलुस बीरगन्ज परिक्रमा गर्दै नाका स्थित मितेरी पुलमा पुगि सभामा परिणत भएको थियो । नाकामा आयोजित सभालाइ…विस्तृत समाचार »

मृगौला रोगका कारण दाहालको निधन

३ माघ काठमाडौं । नेपाली काँग्रेसका नेता वीरेन्द्र दाहालको उपचारका क्रममा शनिबार राति ६७ वर्षको उमेरमा निधन भएको छ । पार्टीमा सधैँ पद बाहिर रहेर निरन्तर सक्रिय रहेका नेता दाहालको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला रोगको उपचारका क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ । काँग्रेसका सभापति सुशील कोइरालालगायत काँग्रेस नेता कार्यकर्ताले शिक्षण अस्पताल पुगी स्वर्गीय नेता दाहालको पार्थिव शरिरमा श्रद्धाञ्जलि अर्पण गरेका थिए। विसं। २००५…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top