kantipur mall

राजनीति

ठूला नेता नै जलविद्युत्त आयोजनाका बाधक

३,माघ,नेपालगन्ज । २०६८ जेठ ८ गते मोहन वैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत्त आयोजनाको प्रवद्र्धक भारतीय निर्माण कम्पनी जिएमआरको दैलेख, पाल्ताडास्थित फिल्ड कार्यालय आगजनी गरे । पार्टी विभाजनपछि पनि वैद्य नेतृत्वको नेकपा–माओवादीले आयोजनामाथि भौतिक तथा मानसिक हस्तक्षेप गरिरहेको छ । ‘घटनायता फिल्डमा काम गर्ने उपयुक्त वातावरण छैन,’ कम्पनीका इन्जिनियर प्रदीप नेपाल भन्छन्, ‘सरकारका तर्फबाट प्रक्रियागत ढिलासुस्ती हँदा समयमै आयोजना सम्पन्न हुनेमा झन् आशंका छ…विस्तृत समाचार »

वैद्य माओवादीले पनि स्थानीय चुनावमा भाग लिने

३,माघ,काठमाडौं ।  दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचनमा अवरोधको प्रयाससहित बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुुगेको छ । परी थापा नेतृत्वको नेकपा एकीकृत सँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने भएको हो । ‘हाम्रो ताकतले न संविधानसभा भत्काउन सकियो, न त संविधान रोक्न । अब के गर्ने भन्ने पार्टीमा बहस छ…विस्तृत समाचार »

५ गतेभित्रै सहमति जुट्ने, सिमांकन विवाद मिलाउन राजनीतिक संयन्त्र गठन गरिने

२, माघ काठमाडौैँ । प्रमुख तीन दल प्रदेशहरुको सिमांकन विवाद टुंगो लगाउन संवैधानिक हैसियतसहितको राजनीतिक संयन्त्र गठन गर्न सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकपछि नेताहरुले माघ ५  गतेभित्रै सहमति जुटाउने गरी मधेशी मोर्चासँगको छलफल अघि वढाइने निर्णय गरेका हुन् ।  कार्यदल स्तरमा भएको गृहकार्य पनि सकारात्मक रहेको भन्दै नेताहरुले कार्यदलका सदस्यहरुसँग पनि बैठक गर्ने जनाएका छन् ।  विस्तृत समाचार »

काँग्रेस सरकारमा आउ ,मन्त्रीपद त्याग्दीन्छु : मन्त्री पोखरेल

२,माघ,भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गरेका छन् । नेकपा एमाले मध्यपुर नगरपालिका– १६ वडा कमिटीले आज लोकन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले मुलुकको निर्माणमा एकै ठाउँमा बसेर काम गर्नाका लागि काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका हुन । ‘अझै पनि केही बिग्रेको छैन, नेपाली काँग्रेसलाई म आग्रह र आह्वान गर्छु, सरकारमा आउँनुस, म मन्त्री पद…विस्तृत समाचार »

विमलेन्द्र निधि कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्रीमा लड्ने

२,माघ,काठमाण्डौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको आसन्न १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन। तराई मधेशमा कमजोर बन्दै गएको पार्टीको पहुँच र देशको परिवर्तित स्वरुपको सम्बोधनका लागि  निधिले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  देशभरको भम्रण र देशभरका पार्टी कार्यकर्ताको सल्लाह र सुझाव पछि निधिले उम्मेदवारी दिने तय गरेका हुन्।  तराई मधेशको समस्या सम्बोधनका बिषयमा फरक मत राख्दै आएका निधिले महामन्त्रीमा…विस्तृत समाचार »

मधेस आन्दोलनका घाइतेलाई सरकारले उपचार खर्च दिएन

२,माघ काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएका मधेसी मोर्चाका कार्यकर्ताको उपचा खर्च ब्यहोर्ने निर्णय गरेपनि अहिलेसम्म रकम दिएको छैन। मोर्चाले घाइते २६ जनाको उपचार खर्च विवरण १० कात्तिकमा गृहमन्त्रालयमा पठाएको थियो। तर अहिलेसम्म कुनै जानकारी नआएको घाइते उपचार समितिका सदस्य सचिव रवीन्द्र चौधरीले बताए। चौधरीका अनुसार अहिलेसम्म सरकारले ४५ हजार पाँच सय २७ मात्रै सहयोग गरेको छ। आन्दोलनमा घाइते कार्यकर्तालाई काठमाडौंमा उपचार गराउँदा करिब ५०…विस्तृत समाचार »

​आजबाट पुननिर्माण महाअभियान थालिदै

२,माघ,काठमाडौं  । विनाशकारी भूकम्प गएको नौ महिनापछि आजबाट  पुनर्निर्माण महाअभियान थालिदै छ । राष्ट्रपति विद्या भण्डारीले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निमाणको शुभारम्भ र प्रधानमन्त्री केपी ओलीले ललितपुरको बुङ्गमतिमा क्षतिग्रस्त पुरातात्विक सम्पदा पुनर्निमाणको कार्ययोजना सार्वजनिक गरेर पुनर्निमाण महाअभियान सुरु गर्न लागिएको हो । महाअभियानको थालनीसँगै तत्काल अति आवश्यक ठाउँहरुमा केही काम हुनेछ भने पुनर्निमाणको विस्तृत कार्य आगामी बैशाखबाट मात्र थालिने बताइएको छ ।  समग्र पुनर्निमाणमा झण्डै सात खर्व…विस्तृत समाचार »

कुटनीतिज्ञले सोधे– ‘राजदूत खोइ ’

२,माघ,काठमाडौं । केही मुलुकका राजदूतले कुटनीतिक जमघटमा नेपाली उच्चअधिकारीसित ‘गम्भीर टिप्पणी’ गर्न थालेका छन्, ‘आन्तरिम मामिला मात्र होइन, बाह्य सम्बन्धमा समेत सरकार किन गम्भीर भएन रु आन्तरिक राजनीतिको ओझेलमा किन दुईपक्षीय सम्बन्धलाई पारिन्छ ’ पछिल्लो पटक मंगलबार र बिहीबार सरकारको बोलावटमा भएको कुटनीतिक भेटघाटमा समेत नेपालले मित्र मुलुकहरुमा लामो समयदेखि राजदूत नियुक्त गरेकोबारे अनौपचारिक छलफल भयो । कुटनीतिक जमघटका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री निवास…विस्तृत समाचार »

​त्यागी नेता मातृकालाई समेत सेलिब्रेटी बन्ने रहर जागेपछि

१ माघ काठमाडौ । मातृका यादव झोकि स्वभावका भएपनि त्यागी नेताका रुपमा चिनिन्छन् । एकपटक वनमन्त्री भएपछि अन्य समयमा खासै सार्वजनिक पद धारणा नगरेका उनी एमाओवादीबाट असन्तुष्टी भइ नेकपा माओवादी पार्टी खोलेका थिए । उनको पार्टीले खासै धेरै गतिविधी संचालन नगरेपनि उनी स्पष्ट बिचार धारा भएका र आफुमा अडिग भएका नेताका रुपमा चिनिन्छन् । पछिल्लो समय जनताको काम गरी मन जित्ने भन्दा पनि फेसबुकलाई पैसा तिरेर…विस्तृत समाचार »

सुजाता भन्छीन–‘देउवा र पौडेल अभिवावक बनुन सभापति त मै हो ’

१,माघ,पाल्पा । नेपाली कागं्रेसकी केन्द्रिय सदस्य एवं पुर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले नेपाली काग्रेंसको आगामी महाधिवेशनमा आफु पार्टीको सभापती पदमा चुनाव लड्ने बताउनु भएको छ । नेपाल प्रेश युनियन पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार अन्तरकृया कार्यक्रममा बोल्दै नेतृ कोईरालाले शुशिल कोईराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेल अव पाटीको अभिभावक बनेर बस्दा पार्टी लाई हित हुने बताउनु भयो । उहाँले नेपाली काग्रेंस लाई नयाँ विचार…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

२४ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।

गणेशमान सिंहको १०५ औं जन्मजयन्ती

२४ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ । दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ ।  साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम छ । राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ । 

प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । 

अन्तर्राष्ट्रिय

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

अष्ट्रेलियामा डढेलोमा परी तीनको मृत्यु, हजारौं विस्थापित

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ। वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ ।
सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक संख्या बढ्न सक्ने बताइएको छ ।

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top