राजनीति

उपेन्द्र यादवको पार्टीमा खैलाबैला

२१,माघ,वीरगन्ज ।  तराई–मधेसकेन्द्रित दलहरुबीच ‘महागठबन्धन’ को चर्चा चलिरहेको बेला संघीय समाजवादी फोरम नेपालमा भने असन्तुष्टि ले चर्को रुप लिएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विधानमा भएको समानुपातिको प्रावधानलाई कुण्ठित गरी एकलौटी पार्टी चलाइरहेको आरोप लगाउँदै १४ जना असन्तुष्टले रिजवन अस्नारीको अगुवाइमा संघीय नवविचार समूह गठन गरेका छन् । असन्तुष्ट पक्षले ६ बुँदे माग सम्बोधन गर्न नेतृत्वलाई २ साताको अल्टिमेटम दिएको छ ।…विस्तृत समाचार »

​मधेसी नेता उत्तर प्रदेशतिर

२१,माघ,काठमाडौं । बिहारका नेताहरुको समर्थन जुटाउन त्यसतर्फ गएका मधेसी मोर्चाका नेतासमक्ष नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने सुझाव भारतीय जनता पार्टीका एक प्रभावशाली नेताले दिएका छन् । बिहारका मुख्यमन्त्री नीतिशकुमार र सत्ता गठबन्धनका नेता लालुप्रसाद यादवलाई भेटी उनीहरुको समर्थन हासिल गरेलगत्तै मोर्चाका नेताले पूर्वउपमुख्यमन्त्री तथा भाजपाका बिहार प्रमुख सुशील मोदीसँग भेट गरेका थिए । मोदीले उनीहरुको मागबारे केन्द्र सरकारसँग कुरा गर्ने आश्वासनसँगै नेपाललाई हिन्दू राष्ट्र बनाउन…विस्तृत समाचार »

​बेलुका ८ः३० बाट मोर्चा कार्यकर्ताले वीरगन्ज नाका छाडे

२१,माघ,वीरगन्ज ।  मधेसी दलले धर्ना दिएर नाकाबन्दी गरेकी मितेरी पुलबाट बुधबार तीनवटा मालबाहक ट्रक र १३ वटा नयाँ ट्यांकर वीरगन्ज भित्रिएका छन् । बेलुका ८ः३० बजे मितेरी पुलमा धर्ना बसेका सबै आन्दोलनकारी हिँडेका छन् । नाकामा ८ः३० बजेबाट आन्दोलनकारीको कुनै अवरोध छैन । बेलुका जेनेरेटर लोड भएको एउटा ट्रक र बिहान आन्दोलनकारीको संख्या कम भएका बेला रक्सौलबाट दुईवटा मालबाहक ट्रकसहित नयाँ ट्याक्टर भित्रिएका हुन् ।…विस्तृत समाचार »

प्रधानमन्त्रीको भ्रमण : चीन र भारतसँग कार्ड खेल्दा दुवैतिर चिसो

२१,माघ,काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारीले चीन भ्रमण र व्यापार विविधीकरणसहितका विषय उपेक्षामा परेका छन् । स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धिको विषयमा थप छलफलसमेत भएको छैन । नेपालले आफूलाई प्राथमिकता नदिएको भन्दै चीन असन्तुष्ट भएको उच्च कूटनीतिक स्रोतले बतायो । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड सदस्यमा पुर्‍याएर उच्च प्राथमिकता दिए पनि नेपालले प्राथमिकता नदिएकोमा चीन असन्तुष्ट बनेको छ । ‘प्रधानमन्त्री ओली र…विस्तृत समाचार »

​देउवाद्वारा मोर्चाको गतिविधिको भर्त्सना

२०,माघ,काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेधशी मोर्चामा आवद्ध अराजनीतिक र हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायतका नेताको घरमा पुर्‍याएको क्षतिको घोर निन्दा र भर्त्सना गरेका छन् । मोर्चाका कार्यकर्ताले केही दिनअघि निधिको घरको पर्खाल भत्काई घरभित्र राखेको मोटरसाइकल आगजनी गरेका थिए । यस्तै नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद्…विस्तृत समाचार »

काठमाडौँका दश स्थानमा काँग्रेसको नयाँ नेतृत्व

२०,माघ,काठमाण्डौं । काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ ।  तेह्रौँँ महाधिवेशनको तयारीका क्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौँले जनाएको छ। कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा गणेश कोइराला, टोखामा वसन्त श्रेष्ठ, तारकेश्वरमा श्रीराम थापा, चन्द्रागिरिमा घनश्याम गिरी, कीर्तिपुरमा कृष्णराम श्रेष्ठ र दक्षिणकालीमा मोहन बस्नेत प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको काठमाडौँका सभापति एवम् सांसद भीमसेनदास…विस्तृत समाचार »

बिहारी नेताको अभिव्यक्ति प्रति चुरे भावरको आपत्ति

२० माघ ,काठमाडौ ।  चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले बिज्ञप्ति जारी गर्दै बिहारी नेताहरुको अधिव्यक्ति नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभीमानमा ठेस पुर्‍याएको भन्दै आपत्ति व्यक्त गरेका छन । बिहारका पूर्व मूख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव लगायतका बिहारी नेताहरुले दिएको अभिव्यक्तिप्रति चुरेभावर राष्ट्रिय एकता पार्टीले भत्र्सना गरेको छ । नेपालको राष्ट्रियतामाथि आघात पुग्ने गरि बिदेशी नेताहरुले दिएको अभिव्यक्ति सार्वभौम राष्ट्रको आन्तरिक मामलामा…विस्तृत समाचार »

मोर्चालाइ भारत पुर्याउन सरकारले प्रेरित गरेको छ :सांसद गुप्ता

२० माघ ,काठमाडौ । मोर्चालाई भारतसम्म पुर्याउने काम सरकारले गरेको दावी मधेसकेन्द्रित दलका एका नेताले गरेका छन ।  तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद वृजेशकुमार गुप्ताले मोर्चाको औपचारिक निर्णयले भारतसँग आन्दोलनलाइ सहयोग माग्न सक्ने जनाएका छन ।  उनले  नेपालका ठुला  दल नेपाली कांग्रेस , एमाले र एमाओवादीले दिल्ली गएर घुँडा टेक्ने परम्परा बसालेकाले आफुहरु पनि दिल्ली जानु परेको बताएका छन । उनले  मोर्चाका नेतात्रय उपेन्द्र यादव…विस्तृत समाचार »

बिहारी नेताहरुको अभिव्यक्तिप्रति सरकारको कडा आपत्ति

२०,माघ,काठमाडौं । सरकारले हालै भारतीय राज्य बिहारका नेताहरुले नेपालका नितान्त आन्तरिक मामिलाका सम्बन्धमा दिएका अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । ती अभिव्यक्ति भड्काउपूर्ण र यथार्थबाट बिमुख भएकाले दुवै देशको हितविपरीत रहेको परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । ‘ती अव्यिक्ति समस्या समाधानमा भइरहेका प्रयासहरु निम्ति पनि सहयोगी हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ । साथै सरकारले दुई देश र जनताबीचको हार्दिक सम्बन्धलाई नकारात्मक असर पार्ने…विस्तृत समाचार »

एमाले केन्द्रीय कमिटी र पोलिटब्युरो भूमिकाविहीन

२०,माघ,काठमाण्डौं । जेठको दोस्रो साता केन्द्रय कमिटी बैठक बसेको थियो । त्यसयता संविधान पारित भएको छ । एमालेका नेता राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएका छन् । देश नाकाबन्दीले संकटमा छ, तर यी कुनै पनि विषयमा निर्णय गर्ने भूमिका केन्द्रीय कमिटीले पाएको छैन । एमाले विधानमा भने कम्तीमा ६ महिनामा एकपटक केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ । तर, अध्यक्ष केपी ओलीले बैठक नडाकी धेरैजसो निर्णय…विस्तृत समाचार »

global ime

runner bike

राजनीति

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको विरोध प्रदर्शन

८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि बुधबार प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ ।  नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिइएको भन्दै चर्को आलोचना भइरहेको छ ।  यस्तोमा नेविसंघका विद्यार्थीहरु प्रदर्शनका लागि गोकर्ण रिसोर्ट अगाडि पुगेका नेता नवराज त्रिपाठीले जानकारी दिए । 

अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा नागरिक खबरदारी

८ माघ, काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो । हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ । अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो ।

​राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गरौं : निर्वाचन आयोग

८ माघ, काठमाडौं । निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। ५९ सदस्यीय राष्ट्रियसभामा पहिलो वर्षमा गोला प्रथाद्वारा रिक्त १८ स्थानका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभामा दुई वर्षे पदावधि समाप्त भकाहरुको स्थानमा निर्वाचन हुन लागेको छ। निर्वाचनमा सम्बिन्धत प्रदेशसभा, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले मतदानमा भाग लिने छन् । निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिन्छ । तर प्रतिपक्ष नेपाली कांग्रेसले ७ र समाजवादी पार्टीले एक स्थान गुमाउने देखिएको छ ।

अन्तर्राष्ट्रिय

अमेरिकामा सुरु भयो राष्ट्रिय जनगणना

८ माघ, काठमाडौं । अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना सुरु भएको छ । जनगणना २०२० को सुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना सुरु भएको हो । अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक सुरुवात गरेका हुन् । हेरक १० वर्षमा हुने जनगणना अन्तर्गत अधिकांश क्षेत्रमा मार्चको मध्यमा गणना हुनेछ । तर अलास्कामा भने चाँडै नै गणना सुरु हुन्छ । जनवरीमा अलास्कामा हिउँ जमेर मानिस हिँड्न मिल्ने भएका हुन्छ, त्यसैले यहि बेला गणना गरिन्छ ।

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top