राजनीति

काँग्रेस महाधिवेशनः विदेशमा क–कस्लाई छ निम्तो ?

१७, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा निमन्त्रणा गरिएको छ ।महाधिवेशनको उद्घाटनसत्र यही फागुन २० गते खुलामञ्चमा आयोजना हुँदैछ । मारोहमा भाग लिन सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुषमा स्वराज, भाजपा नेता भगतसिंह कोसियारी तथा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी लगायत नेतालाई…विस्तृत समाचार »

काँग्रेसका सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

१७, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ । महाधिवेशन सुरु हुन तीन दिन बाँकी हुँदा क्षेत्रीय अधिवेशन सकिएको हो । क्षेत्रीय अधिवेशन हुन बाँकी रहेका रसुवा र महोत्तरी ३ नं क्षेत्रमा आज अधिवेशन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  “काँग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८०…विस्तृत समाचार »

एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा काँग्रेसका केन्द्रिय सदस्यमा उठ्ने

१७, फागुन काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष एवम् हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उठ्ने भएका छन । नेपाल खेलकुद क्षेत्रमा परिचित शेर्पाले नेपाली खेलकुद क्षेत्रलाई बलियो बनाउनका लागि देशकै सबै राजनैतिकदलहरु एकजुट हुनु पर्ने बताउदै पार्टीहरु भित्र पनि खेलकुद बुझेकाहरु नै नेतृत्वमा पुग्नु पर्ने भएकाले आफुले काँग्रेसको अधिवेशनमा केन्दि«य सदस्य पदमा उठ्न लागेको बताए । …विस्तृत समाचार »

सदस्य पदमा रिता खनालको उम्मेदवारी

१७, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसको १३ औं महाधिवेसनका लागि महिलाहरुको तर्फबाट केन्द्रिय सदस्य पदमा  महिला नेतृ रिता खनालले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन । लामो समय देखी शिक्षा तथा समाजिक कार्यहरुमा मार्फत  आफ्नो महत्वपूर्ण परिचय बनाएकी खनालले १३ औं महाधिवशनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताएकी छन ।  गृहणी महिलाहरुलाई साक्षर हैन शिक्षित बनाउनु पर्छ ,शिक्षित आमाले नै शिक्षित बालबालिकाको भविष्य सुरक्षित पार्न सक्छिन…विस्तृत समाचार »

देउवा प्यानलको उम्मेदवारी स्थगन

१७ फागुन , काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानल घोषणा नगर्ने भएका छन । छुट्टै  प्यानल बनाएर उम्मेदवारी दिने भनिएको  वरिष्ठ नेता देउवाले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम स्थगित गरेका छन  । आज आफ्नो प्यानल अन्र्तगत उम्मेदवारी घोषणा गर्ने कार्यक्रम थियो । संस्थापनपक्षभित्रनै  चर्को मतभेद भएपछि उम्मेदवारी रोकिएको एक नेताले जनाएका छन ।     विस्तृत समाचार »

सिँचाइ तथा कृषिमैत्री नीतिमा सिँचाइमन्त्रीको जोड

१७,फागुन,वीरगन्ज । सिँचाइमन्त्री उमेश यादवले नेपालको दिगो आर्थिक विकासका लागि सरकारले सिँचाइ तथा कृषिमैत्री नीति अवलम्बन गरिएको बताउनुभएको छ ।  निर्वाहमुखी कृषि प्रणालीले मुलुकको कृषि क्षेत्र आत्मनिर्भर हुन नसकेको र गरिबी निवारणसमेत हुन सकेको छैन्, क्रान्तिकारी पत्रकार सङ्घ, २ नं प्रदेशद्वारा आज यहा“ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको आर्थिक समृद्धिका लागि राज्यले अब सिँचाइ र कृषिमैत्री नीतिमा जोड दिएको बताउनुभयो ।  मन्त्री यादवले नदी व्यवस्थापन…विस्तृत समाचार »

मधेशमा बाढी नियन्त्रण गर्न १५ अर्ब

१७,फागुन,बारा ।  सिचाई मन्त्री उमेश यादवले तराई मधेशमा बाढी नियन्त्रण तथा सिंचाई अभियानका लागि सरकारले १५ अर्ब रुपैया विनियोजन गरेको बताउनुभएको छ ।  वाराको भोडहा गाविसमा आयोजित पूर्ण सिंचित क्षेत्र घोषणा तथा कार्यान्वयन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि यादवले तराइमा भई रहेको नदी कटानलाई नियन्त्रण गरी सिंचाई अभियानलाई अगाडी बढाउन रकम विनियोजन गरिएको हुंदा काम चाडै थालनी हुने बताउनु भएको छ ।  मन्त्री यादवले २ नम्बर…विस्तृत समाचार »

राहुल गान्धीलाई राष्ट्रद्रोहको मुद्दा किन लगाइयो ?

१७,फागुन,नयाँदिल्ली ।  हैदराबादको साइबराबाद इलाकाको प्रहरी चौकीमा कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धी, कम्युनिस्ट पार्टी माक्र्सवादी सिपिएमका महासचिव सीताराम येचुरी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत कयौं नेतामाथि राष्ट्रद्रोहको उजुरी दर्ता गरिएको छ। सरुरनगर प्रहरी चौकीका एसएचओ एस लिंगैयाले भने, ‘शनिबार अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि मुद्दा दर्ता गरिएको छ।’ लिंगैयक अनुसार…विस्तृत समाचार »

यस्तो छ,कांग्रेसमा प्यानल मिलाउन अन्तिम कसरत

१७,फागुन,काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् । महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा दुवै नेता निकटलाई मनाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका हुन् ।कार्यवाहक सभापति पौडेल महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालालाई फकाएर मंगलबारसम्म उम्मेदवारी घोषणाको कसरतमा छन् । पदाधिकारीको संख्या बढाएर निकट नेताको सहज व्यवस्थापन गर्ने प्रयास…विस्तृत समाचार »

हठ छाडेर समाधान खोज्न प्रधानमन्त्रीको आग्रह

१६,फागुन,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र सहमतिकै आधारमा मुलुकको समस्या समाधान गर्न राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न आन्दोलनरत संयुक्त लोकतान्तिक मधेसी मोर्चालाई आह्वान गर्नुभएको छ ।  इन्टरनेसनल कन्सर्न सेन्टरले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध ः नयाँ आयाम र उत्तरदायित्व’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले असहमतिका विषयलाई आवश्यकता आधारमा समाधान गरेर अघि बढ्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“तराईको समस्या अलिक जटिल छ…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

रुसले बनाएको कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न ब्ल्युएचओको चेतावनी

२८ साउन, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठनले रुसमा निर्मित भएको कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने बताएको छ।  अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top