esewa

राजनीति

मोदीलाई बेहुलो र मधेशका नेतालाई लोकन्तो बनाएर तराईलाई अन्माउन चाहन्नौ

६, पुस काठमाडौँ ।  नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले  भारतले नाकाबन्दी लगाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  बेहुलो बनाई तराईका केही नेतालाई लोकन्तो बनाएर तराईलाई अन्माउन नसक्ने बताएका छन् । गुल्मीको पल्लीकोट गाविसमा पूर्ण सरसफाई युक्त वडा घोषणा सभामा बोल्दै नेता भण्डारीले  नेपाललाई नाकावन्दी गर्ने भारतले एक सय वर्षमा पनि वनाउन नसक्ने संविधान नेपालले वनाएको दावी गरे । उनले नेपाली जनताले आफ्नो संविधान आफै बनाउँदा भारतले…विस्तृत समाचार »

मोर्चाका कार्यकर्ताद्वारा प्रहरी चौकी तोडफोड

६ पुस,रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान जिल्लाको विभिन्न भागमा रहेका प्रहरी चौकीमा तोडफोडका साथै आगजनी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मोर्चाका कार्यकर्ताले आज बिहान जिल्लाको मध्य भागमा रहेको इलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउन्ड वाल तोडफोड गरेका छन् । ती कार्यकर्ताले सो कार्यालयको बोर्डसमेत उखेलेर फालिदिएका छन् । यसैगरी, मोर्चाका कार्यकर्ताले सीमानाकामा रहेको बङ्कुल प्रहरी चौकीमा समेत आक्रमण गरेका छन्…विस्तृत समाचार »

संविधानको कार्यान्वयनले नै समृद्ध नेपाल निर्माण हुन्छ:राष्ट्रपति

 ६ पुस,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा आ–आफ्ना क्षेत्रबाट लाग्न सबैसँग आह्वान गर्नुभएको छ ।उहाँले भन्नुभयो, “जनताद्वारा निर्वाचित सर्वाेच्च निकायले सबै क्षेत्र र वर्गका भावनालाई समेटी संविधान जारी गरेको छ । यसको कार्यान्वयनले नै समृद्ध र नयाँ नेपाल निर्माण हुन्छ ।” फरक विचार र आस्था बोकेर पनि श्रमजीवी वर्गको समृद्धिका लागि साझा ढङ्गले क्रियाशील १२ वटा ट्रेड युनियनको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय…विस्तृत समाचार »

​ राष्ट्रियताका लागि पत्रकारिताले खेलेको भूमिकाको राष्ट्रपतिबाट प्रशंसा

 ५ पुस,काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रेस चौतारी नेपालले आज बधाइ ज्ञापन गरेको छ ।  नयाँ संविधानपछिको र मुलुककै पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकामा चौतारीको नेतृत्वले आज राष्ट्रपति भवन, शीतल निवासमा पुगी बधाइ ज्ञापन दिएको हो । चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको टोलीको बधाइ ग्रहणपछि राष्ट्रपतिले नेपाली पत्रकारिताले मुलुकको समृद्धि र राष्ट्रियताका लागि निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको महासचिव माधव नेपालले जानकारी दिनुभयो । …विस्तृत समाचार »

राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भयो – प्रम

 ५ पुस,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनुभएको छ । नेकपा ९एमाले०प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रदेशको विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले…विस्तृत समाचार »

चुरे भावर क्षेत्र समेटेर सङ्घीय प्रदेश बनाउन माग

काठमाडौँ, ५ पुस । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे भावर क्षेत्र समेटेर सङ्घीय प्रदेश बनाउनुपर्ने माग गरेको छ ।  पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले हस्ताक्षर गरी आज जारी गरेको विज्ञप्तिमा थारु, मधेसी तथा पूर्वका जिल्लामा सुरु भएको लिम्बूवानको आन्दोलनका जायज राजनीतिक मागलाई छिटो वार्ता मार्फत पूरा गर्न सरकारलाई आग्रह गर्दै नयाँ संविधानमा भएको नागरिकताको विषय नेपाल जस्तो सानो, भौगोलिक तथा सामरिक हिसाबले ज्यादै संवेदनशील…विस्तृत समाचार »

जनकपुर घटनाले सम्पूर्ण महिलाको बेईज्जत भयो

४, पुस काठमाडौँ ।  नेकपा एमालेका नेता  माधब कुमार नेपालले जनकपुरमा भएको घटनाको निन्दा गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार काठमाडौमा अयोजना गरेको कार्यक्रममा नेता नेपालले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति बिद्यादवी भण्डारीले दर्शन गरेको बिषयलाई मोर्चाले राजनीति गरेको भन्दै निन्दा गरेका हुन् । जनकपुर घटनाले सम्पूर्ण महिलाको बेईज्जत भएको उनले बताए । उनले उनले संबिधान संसोधन मार्फत मधेशी जनताको माग पुरा हुने बताए । विस्तृत समाचार »

ओलीले भने “ राष्ट्रिय स्वाधिनताका बिषयमा कसैसंग सम्झौता गर्दिन ”

४, पुस काठमाडौँ ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनताका बिषयमा कसैसंग सम्झौता नगर्ने बताएका छन् । शनिबार बालुवाटारमा गति प्रकाशन समूहले आयोजना गरेको साइकल र्यालीलाई स्वागत गर्दे उनले राष्ट्रिय स्वाधिनतालाई बन्दकी राख्न नसकिने बताएका हुन् । उनले अघोषित नाकाबन्दीका कारण जनताले दुख भोग्नुपरेको भन्दै यो छिटै अन्त्य हुने बिश्वास   व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक आत्मनिर्भर भए कसैबाट पनि डराउनु नपर्ने  बताए । विस्तृत समाचार »

​कांग्रेस र मधेशी मोर्चाबिचको छलफल चिया विष्कुट खाएरै सकियो

४ पुष,काठमाडौं ।   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप आज छलफलमा बोलाएपनि कुनै ठोस विषयमा छलफल हुन सकेन । मधेसी मोर्चाका नेताहरुलाई बोलाएर शनिबार कांग्रेसले उनीहरुका माग सम्बोधनका उपायबाट छलफल गरिने बताएपनि चिया विष्कुट खाने काम मात्र भएको छ ।  सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा शनिबार भएको मधेसी मोर्चाका नेताहरुसँगको वार्तामा मधेसी मार्चाले राख्दै आएको ११ वुँदे मागको विषयमा…विस्तृत समाचार »

नाकामा बसेर मुलुकलाई अप्ठ्यारो पार्नु हुँदैन्:खनाल

४ पुस, इलाम। एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्बाट पुनःनिर्माण विधेयक पारित भइसकेकाले पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुने बताएका छन् । इलाममा रहेका नेता खनालले भूकम्प र नाकाबन्दीले देश जर्जर स्थितिमा पुगेकाले प्राधिकरण गठन गरेर तत्काल काम अघि बढाउने बताए । मधेसवादी दलले राखेका मागका विषयमा सरकार गम्भीर भएको बताउँदै उनले भने  ‘संविधान संशोधनको विषयमा मधेसवादी दलबीच कुरा भइरहेको छ, अझै त्यसलाई टुङ्गोमा पुर्याउन गृहकार्य…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top