kantipur mall

राजनीति

सुनसान बन्दै मधेसी मोर्चाका धर्ना स्थलहरु, जनजीवन सामान्य बन्दै

२८, पुस महोत्तरी ।  तराई मधेसमा झन्डै पाँच महिनादेखि जारी मधेसी मोर्चाको आन्दोलनको प्रभाव विस्तारै सेलाउँदै गएको छ । आन्दोलनका कार्यक्रम कम हुँदै गएसँगै अस्तव्यस्त बनेको यस क्षेत्रको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ । जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएका छन् । यस क्षेत्रको वातावरण शान्तिपूर्ण माहोलमा परिणत हुँदै गएको छ जसका कारण सर्वसाधारणको शान्तिपूर्ण दैनिकी बिताउने चाहना र…विस्तृत समाचार »

​रौतहट,कैलाली र सोलुखुम्बु जिल्लाका कांग्रेसको नयाँ सदस्यता खारेज

२८,पुस,काठमाडौं । क्रियाशील सदस्यताको विषयको विवादका कारण केन्द्रीय कार्यालयमा रौतहट, कैलाली र सोलुखुम्बुका नेता–कार्यकर्ता अनशन बसिरहेका छन् । पदाधिकारी बैठकले रौतहटको क्षेत्र नम्बर १, २, ३ र ४, सोलुखुम्बु र कैलालीका सबै नयाँ सदस्यता लिएकाहरूले महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरेको छ । ती जिल्लामा १२औँ महाधिवेशनताका नयाँ सदस्यता लिएका र अहिले क्रियाशील सदस्यता नवीकरण गरेकाहरूको सदस्यता स्वीकृत गरिएको छ ।पदाधिकारी बैठकले गरेको निर्णयमाथि वरिष्ठ…विस्तृत समाचार »

प्रचण्डको सन्देश च्यापेर मन्त्री सापकोटा बेइजिङमा

२७, पुस काठमाडौँ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश बोकेर वन तथा भूसंरक्षण मन्त्री अग्नि प्रसाद सापकोटा चीनको राजधानी बेइजिङ उडेका छन्। चीनको वन मन्त्रालयको निमन्त्रणामा मन्त्री सापकोटाले नेतृत्व गरेको वन तथा भूसंरक्षण मन्त्रालयको प्रतिनिधिमण्डल बेइजिङ गएको हो। सोमबार अपरान्ह थाइ एयरको विमानबाट बैँकक हुँदै राति बेइजिङ पुग्ने टोलीमा वन मन्त्रालयका दुई सहसचिव सहित सात जना रहेका छन्। मन्त्री सापकोटाले बुधबार बेइजिङमा चीनका वन…विस्तृत समाचार »

स्वाधिनताका लागि सवै वामपन्थी एक ठाउमा : वैद्य

२७,पुस,काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधीनता जोगाउन सबै वामपन्थी दल एक हुनुपर्ने बताउनुभएको छ । भक्तबहादुर श्रेष्ठको चौँथो स्मृति दिवसको अवसरमा भक्तबहादुर स्मृति प्रतिष्ठानले आज आयोजना गरेको विचार गोष्ठीमा उहाले गणतन्त्रलाई संस्थागत गर्दै राष्ट्रलाई बचाउन वामपन्थी दलहरु छुट्टिएर नभई एकबद्ध भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उनले भक्तबहादुर श्रेष्ठ दूरदर्शी वामपन्थी नेता भएको स्मरण गर्दै देशबाट उत्पीडनको अन्त्य गर्न सकेमा उहाँप्रति सच्चा…विस्तृत समाचार »

सभापति सुशील कोइरालाको पनि मलाई समर्थन छः पौडेल

२७, पुस काठमाडौँ ।  नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामि १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी सिंगो पार्टीको महाधिवेशन भएको भन्दै त्यसमा बर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दावी गरेका छन । मुलुकको समस्या समाधानकोलागि रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दवाव अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ देशभरीका साथीहरुले म बाट अपेक्षा गरेका छन । मेरो निष्ठा,योगदान, आवश्यकता…विस्तृत समाचार »

कोइरालाले भने सरकार आफ्नै बोझले ढल्छ

२७, पुस धनगढी ।  नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले अहिलेको सरकार आफ्नै बोझका कारण ढल्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले ओली नेतृत्वको सरकारले आफ्नो भारी बोक्न नसकिरहेको बताए । उनले अहिलेको सरकार आफै ढल्ने भन्दै सरकार गिराउन काँग्रेस नचाहिने बताए ।  काँग्रेस सरकार गिराउने खेलमा नलागेको डा कोइरालाको भनाइ थियो । डा कोइरालाले महाअधिवेशनको मुखमा…विस्तृत समाचार »

यस्तो छ स्वास्थ्य मन्त्री चौधरीको सम्पत्ति विवरण

२७, पुस काठमाडौँ ।  स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख गरेका छन् । यस्तै, उनको नाममा जोशीपुर–४ मा पुख्र्यौली खेत रहेको छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा रहेको छ । सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी…विस्तृत समाचार »

“सरकारद्धारा नै समानान्तर कालोबजारी”

२७, पुस काठमाडौँ ।  नेपाल तरुण दलका अध्यक्ष एवं सभासद् उदय शमशेर जबराले नाकाबन्दीका नाममा सरकारले समानान्तर कालोबजारी सञ्चालन गरेको बताएका छन् ।   रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै सभासद् जबराले नाकाबन्दीका नाममा सरकारले नै समानान्तर कालोबजारी सञ्चालन गरेर नेपालीलाई दुःख दिएको आरोप लगाए । नेपालको इतिहास मै सबैभन्दा कम्जोर अर्थतन्त्रको सामना नेपालले गरिरहेको र सरकार लगायत नेपालीबिज्ञहरुले यसतर्फ बहस चलाउन नसक्दा नेपालले आउँदो…विस्तृत समाचार »

आजपनि प्रमुख तीन दल र आन्दोलनरत मोर्चाको कार्यदलस्तरमा छलफल हुने

२६, पुस काठमाडौँ ।  मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दल र आन्दोलनरत मोर्चाको कार्यदलस्तरमा छलफल हुँदैछ । कार्यदल गठन भएपछि मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा कार्यदलस्तरमा सोमवार पनि छलफल हुन लागेको हो। यसअघि आइतवारको बैठकमा प्रमुख तीन दलले सीमांकन विवाद मिलाउन राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेका थिए ।  तर मधेसी मोर्चाका नेताहरु संयन्त्रमार्फत सीमांकन टुग्याउन तयार देखिएपनि त्यसको वैधानिकतामाथि प्रश्न…विस्तृत समाचार »

एकता दिवस मनाउने निर्णय गर्न नसकेको भन्दै मन दुखाए कमल थापाले

२७,पुस,काठमाण्डौं ।  उपप्रधानमन्त्री कमल थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । आफैं सरकारमा रहँदा समेत अथक प्रयासका बाबजुद निर्णय गर्न नसकेको भन्दै उहाँले ट्वीटरमार्फत दुःख र खेद प्रकट गर्नुभएको हो । उहाँले राष्ट्र निर्मातालाई उचित सम्मान दिन नचाहनेहरुले राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षा गर्न नसक्ने दावी पनि गर्नुभएको छ ।  थापाले जोड गरेपनि एकीकृत माओवादीले सहमति…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top