esewa

राजनीति

खड्गबहादुरले भने मधेस आन्दोलन बाँदरलाई लिस्नो

३०, कात्तिक काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मधेस आन्दोलन भारतका लागि बाँदरलाई लिस्नो भएको बताएका छन्। चितवनमा  आयोजित कार्यक्रममा बोल्दै उनले अब राष्ट्रिय स्वाधिनताका लागि नयाँ चरणको पहल जरुरी रहेको बताए।                          उनले वैशाख १२ को भूकम्प भन्दा अहिलेको अवस्था दर्दनाक भएको उल्लेख गरे। १९५० देखिनै हस्तक्षेप गर्दै आएको भारतले…विस्तृत समाचार »

अपडेट :तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार छ :प्रधानमन्त्री ओली

२९ कात्तिक ,काठमाडौ  अपडेट प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीले इन्धन र औषधी अभावका कारण मुलुकमा मानवीय संकट आइपरेको भन्दै भारतसंग नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ ।  आइतबार सांझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक सरकारी तवरबाट भारतले नाकाबन्दी गरेको बताउदै  नाकाबन्दी हटाउन आग्रह गर्नुभएको हो । दुईदेशबिचमा रहेको ऐतिहासिक सम्बन्धलाई प्रतिकुल हुन नदिन भन्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो नाकाबन्दी हटाउन आग्रह गर्नुभएको हो…विस्तृत समाचार »

तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार छ :प्रधानमन्त्री ओली

 प्रधानमन्त्रीले नयाँ संविधान जारी भएपछि नाकाबन्दीजस्तो अकल्पनीय पीडा भोग्नुपरेको बताएका छन् ।देशवासीका नाममा संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, अहिलेको एक्काइसौं शताब्दीमा पनि एउटा सार्वभौम राष्ट्रले संविधान जारी गर्दा नाकाबन्दी सामना गर्नु पर्ला भनेर कल्पना पनि गरिएको थिएन।तर अहिले अकल्पनीय पीडा भोग्नुपरेको छ।  उनले  संविधान स‌ंशोधन गरेर तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। देशबासीको नाममा सम्बोधन गर्दै ओली…विस्तृत समाचार »

झापामा नयाँ शक्ति गठन

२९, कात्तिक काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको ‘नयाँ शक्ति निर्माण अभियान’ अन्तर्गत झापाको मेचीनगरमा २७ सदस्यीय समिति गठन भएको छ ।  पुष्प पौडेलको संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा उत्तम भण्डारी र सदस्यहरुमा वीरबहादुर श्रेष्ठ, चन्द्रजीत राई, गोकुल हुमागाई, कमला पराजुली, टीका बनियाँलगायत रहेका छन् ।  नयाँ शक्ति निर्माण अभियानले झापाका सबै नगरपालिका र गाविसहरुमा समिति गठन गर्न छलफल चलाइरहेको संयोजक पौडेलले बताए । विस्तृत समाचार »

आफूसँग जन्मसिद्ध नागरिकता भएको राजेन्द्र महतोको दावी

२९, कात्तिक काठमाडौँ ।  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूसँग जन्मसिद्ध नागरिकता भएको दावी गरेका छन् । विभिन्न सञ्चारमाध्यममा महतोले अंगिकृत नागरिकता लिएको समाचार आइरहेका बेला उनले नागरिक दैनिकलाई अन्तरर्वाता दिदै आफू सँग जन्मसिद्ध नागरिकता भएको दावी गरेका हुन् । उनले भनेका छन्, म यो धर्तीको धर्ती पुत्र हुँ। भूमि पुत्र हुँ। यो धर्तीमा जन्मेको व्यक्ति हुँ। म अंगिकृत नागरिक होइन। सम्पूर्ण मधेसीलाई अंगिकृत नागरिक…विस्तृत समाचार »

स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य हुँदै

 २९ कात्तिक हेटौँडा । उपप्रधानमन्त्री कमल थापाले मुलकका बहुसङ्ख्यक जनताको भावना अनुसार सङ्घीयतालाई अझ प्रभावकारी तुल्याउनका लागि स्थानीय निकायलाई निर्वाचनको माध्यमबाट सबल पार्न सरकार कठिबद्ध रहेको बताउनुभएको छ ।  हेटौँडा उपनगरपालिकाद्वारा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले सरकारले स्थानीय निकायको चाँडोभन्दा चाँडो निर्वाचन गराउन सर्वदलीय सहमति कायम गर्न गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।  उपप्रधानमन्त्री थापाले सरकारको सीमित स्रोत र…विस्तृत समाचार »

चीनबाट तेल आए प्रचण्डलाई कमिसन, भारतबाट आए महतोलाई

२८, कात्तिक काठमाडौँ ।  हङ्कङ र चीनसँग शंकास्पद सम्बन्ध रहेको भनिएका प्रचण्डको योजनामा चिनियाँ व्यापारीका माध्यमबाट नेपालमा इन्धन भित्र्याउने तयारी भएको छ । यही योजनाका लागि प्रचण्डका निकट व्यक्ति गणेशमान पुन आपूर्तिमन्त्रीलाई प्रचण्डले सुटुक्क हङकङ पठाएका छन् । पेट्रोलियम तस्करीको विभिन्न योजना बनिरहेका बेला प्रचण्डले आफूलाई ठूलो कमिसन प्राप्त हुने गरी चीनबाट इन्धन भित्र्याउने योजना बनाइरहेको गोप्य स्रोत बताउँछ । भारतले इन्धन नदिएको समयमा चीनबाट…विस्तृत समाचार »

सरकार ढल्न सक्छः प्रचण्ड

२९ कात्तिक, काठमाडौ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छोटो समयमा सरकार गिराउन व्यवहारिक नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश विरोधी रबैया बढेको भन्दै सरकार ढल्न सक्ने संकेत देखाएका छन् ।  मधेसकेन्द्रित दलका माग समेट्ने हो भने ओली नेतृत्वको सरकार ढल्ने प्रचण्डले बताउन थालेका छन् । उनले संयुक्त मधेसी मोर्चाका नेतासँग शनिबार बिहान भएको वार्तामा खुलेरै आफ्नो समस्या पोखेका थिए। उनले बैठकमा भनेका…विस्तृत समाचार »

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने

२९, कात्तिक काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् । ओलीले साँझ ६ बजे  राष्ट्रका नाममा सम्वोधन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तिहार अघि नै सम्वोधन गर्ने तयारी  भए पनि अन्तिम समयमा सारिएको थियो ।  ओलीको सम्वोधनमा भारतीय नाकाबन्दी र तराई–मधेशमा जारी आन्दोलन र जनताले भोग्नु परेका समस्यालाई विषय बनाइने छ ।विस्तृत समाचार »

​आफ्नै पहलमा गतिरोध अन्त्य गर्ने कांग्रेसको निर्णय

२९, कात्तिक काठमाडौँ ।  नेपाली कांग्रेसले आफ्नै पहलमा गतिरोध अन्त्य गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी  बैठकले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउन वार्ता र छलफललाई निरन्तर अघि बढाउने निर्णय गरेको हो ।  कांग्रेसले मोर्चाको माग सम्वोधन गर्न संसदमा दर्ता गराएको विधेयकलाई अघि बढाउन माग गरेको छ ।   गतिरोध अन्त्यका लागि कांग्रेसले शनिबार मधेसी मोर्चासँग वार्तासमेत गरेको थियो ।विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले काम नलाग्ने बनाएको सांसद चौधरीको आरोप

२ साउन, काठमाडौं । उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले देशको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन् । चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे । सांसद चौधरीले नेतृत्वसँगको सम्बन्धको आधारमा माथिल्लो ओहदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको 

बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

२ साउन, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् । ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा 

​कार्यकर्तालाई बाढीपीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

२ साउन, महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । ‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,’ सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त 

अन्तर्राष्ट्रिय

जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

२ साउन, काठमाडौं । जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि १३ जनाको मृत्यु भएको छ ।क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ । क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३८ जना घाइते 

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

१ साउन, काठमाडौं । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।  तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ 

मुम्बई आक्रमणका मुख्य योजनाकार पक्राउ

१ साउन, काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार तथा जमात उद दावका प्रमुख हफिज सइड पक्राउ परेका छन्। मुख्य योजनाकार हाफिज सइदलाई पाकिस्तानको पन्जाब पुलिसले लाहोरबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले गुजरनवाला जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।हाफिजमाथि २३ वटा मुद्दा रहेको छन्। यसअघि पक्राउ पर्दा मुजबुत प्रमाण नहुदाँ उनी छुटेका थिए। मुम्बईमा भएको आक्रमणमा १० जना आतंककारीहरूले गोली हानी १ सय ६५ जनाको ज्यान लिएको थियो। प्रहरीले उनलाई कोट लखपत जेलमा लगेको छ। आतंक 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top