राजनीति

उपप्रधानमन्त्रीको दलले संविधानविरुद्ध आन्दोलन गर्ने

१०,फागुन,बुटवल ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धन सरकारमा उपप्रधान तथा गरिवि निवारण र सहकारी मन्त्री छन् । जुन संविधानलाई टेकेर उनी मन्त्री बनेका छन्, उनको दलले भने त्यही संविधानमा व्यवस्था भएको संघीयताविरुद्द आन्दोलन गरेको छ । गठबन्धन सरकारको साझेदार दल राष्ट्रिय जनमोर्चा राजमो ले नयाँ संविधानले अंगिकार गरेको संघीय राज्य प्रणाली खारेजीको माग गर्दै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । राजमोले…विस्तृत समाचार »

चीनसँग गर्ने भनिएको व्यापार सम्झौता कहाँ पुग्यो ?

१०,फागुन,बुटवल ।  आपूर्तिमन्त्री गणेशमान पुनले चीनसँग इन्धन आयातसम्बन्धी व्यापार सम्झौता भएरै छाड्ने बताएका छन् । भारतबाट पेट्रोलियम पदार्थको आयात सहज भए पनि चीनसँगको सम्झौता नरोकिने उनले स्पष्ट पारे । आयतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले व्यापार विविधिकरणको नीतिअनुसार चीनसँग इन्धनलगायत वस्तु आयतका लागि २ देशबीच एमओयुमा हस्ताक्षर भइसकेकाले ढिलो भए पनि व्यापार सम्झौता नरोकिने स्पष्ट पारे । ‘भारतबाट इन्धन आयात सहज भएपछि ०४५ सालमा…विस्तृत समाचार »

माओवादीले दियो भारतीय दुतावासमा धर्ना

पर्सा, ९ फागुन । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासको मूल गेटमा आज नेकपा माओवादी (मातृका) समूहका नेता कार्यकर्ताले धर्ना दिएका छन् । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको अभियोगमा दिल्ली पुलिसले पक्राउ गरेका नेपाली विद्यार्थीको रिहाइको माग गर्दै वाणिज्य दूतावासको मूल गेटमा माओवादी नेता कार्यकर्ता धर्ना बसेका हुन् । नेकपा माओवादी पर्साका सेक्रेटरी शिवशङ्कर यादवको नेतृत्वमा धर्ना बसेका माओवादी नेता…विस्तृत समाचार »

मुलुक विखण्डन गर्न खोज्नेमाथि कारबाही गर्ने चेतावनी

९,फागुन,लहान । सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ सप्तरीले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भन्नुभयो“ असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन गर्न खोज्दै छन्, तर राज्य त्यस्तो तत्वहरुमाथि कारबाही गर्न पछि पर्दैन ।”  सीमाङ्कनको विषय टुङ्गो लगाउन हालै गठित उच्चस्तरीय संयन्त्रको संयुक्त लोकतान्त्रिक मोर्चाले विरोध गर्न उचित…विस्तृत समाचार »

भारतसँगको सम्बन्धमा सुधार : प्रधानमन्त्री

९,फागुन,नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताउनुभएकोे छ ।  प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः…विस्तृत समाचार »

मनमोहनलाई किन्न सरकार तयार

९,फागुन,काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा निजी क्षेत्रबाट प्रस्तावित मेडिकल आफैँ चलाउने तयारी गरेको छ । प्रस्तावित मेडिकल कलेजको संचालक संस्था नेपाल स्वास्थ्थ सेवा सहकारीले सरकारलाई किनिदिन वा ट्रष्टको रुपमा संचालन गरिदिन पत्राचार गरेपछि पहिलो विकल्पमा प्रक्रिया अघि बढाइएको हो । चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनको सुझाव अनुसार मन्त्रिपरिषद बैठकले उक्त कलेज किन्न आर्थिक कानुनी आधारबारे सिफारिस गर्न समिति बनाएको छ । स्वास्थ्य…विस्तृत समाचार »

व्यावसायिक ऐन ल्याउने तयारी

८, फागुन,काठमाडौँ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले औद्योगिक व्यावसायिक ऐन चाँडो ल्याउने गृहकार्य भइरहेको बताउनुभएको छ । नेपाल कुरियर सेवा सङ्घको २१औँ वार्षिक साधारणसभामा उहाँले उक्त ऐन सदनमा रहेकाले संशोधनका लागि आवश्यक सुझाव दिन व्यवसायीलाई आग्रह गर्नुभयो । मन्त्री पाण्डेयले समाजमा कुरियर सेवाको महत्व बढ्दै गएकाले त्यसलाई व्यवस्थित बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, नेपाल उद्योग वाणिज्य…विस्तृत समाचार »

कांग्रेस बांकेमा संस्थापन पक्षकी किरण कोईराला निर्वाचित

८,फागुन,नेपालगञ्ज । ५१ प्रतिशत मत ल्याउन नसकेकाकारण स्थगीत भएको स्वर्गिय कांग्रेस सभापति सुशिल कोईरालाको गृह जिल्ला नेपाली कांग्रेस बांकेबाट भारी मत अन्तरले संस्थापन पक्षकी किरण कोईराला निर्वाचित हुनुभएको छ ।  माघ २५ गते भएको जिल्ला सभापति पदकालागि भएको निर्वाचनमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन स्थगीत भएको थियो । शुक्रवार सम्पन्न निर्वाचनमा संस्थापन पक्षधर उम्मेदवार तथा स्वर्गीय सुशिल कोईरालाकि भाई बुहारी किरण कोईरालाले ३ सय…विस्तृत समाचार »

व्यवस्थापन गर्न नसक्दा ललितपुरमा दुई जिशिअ

८,फागुन,ललितपुर ।  शिक्षा मन्त्रालयले व्यवस्थापन गर्न नसक्दा ललितपुरमा दुई जिल्ला शिक्षा अधिकारीले काम गर्नुपरेको छ । दुई जिशिअ भएका कारण आधिकारिक निर्णय कसले गर्ने भन्ने समस्या थपिएको छ । जिशिअका रुपमा काम गरिरहेका दिलनाथ पुरीको ठाउँमा रुकुमका जिशिअ निर्मल घिमिरेलाई कायममुकायम जिशिअका रुपमा सरुवा गरिएपछि दुईवटा जिशिअ भएका हुन् । मन्त्रालयको सरुवासम्बन्धी पत्र लिएर रुकुममा जिशिअ रहेका घिमिरे फागुन ५ गते ललितपुर जिल्ला शिक्षा कार्यालयमा…विस्तृत समाचार »

पारित भयो संघीय न्यायपालिकाको खाका

८,फागुन,काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्टले सर्वोच्च अदालतलाई सर्वाधिकार सम्पन्न अभिलेख अदालत बनाउने र जिल्ला एवं उच्च अदालतको संरचनासम्बन्धी कानुनको मस्यौदा पारित गर्दै रायसहित संसद्मा विधेयक पेस गर्न सरकारमा पठाएको छ प्रदेशमा सातवटा उच्च अदालत रहने गरी मुख्य न्यायाधीशसहित एक सय ७२ न्यायाधीशको दरबन्दी प्रस्ताव गरिएको छ । सर्वोच्च अदालतले सरकारको परामर्शमा कुनै जिल्ला अदालतको मुकाम अन्य कुनै ठाउँमा रहने गरी तोक्न सक्ने नयाँ व्यवस्था राखेको छ…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

रुसले बनाएको कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न ब्ल्युएचओको चेतावनी

२८ साउन, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठनले रुसमा निर्मित भएको कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने बताएको छ।  अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top