esewa
kantipur mall

राजनीति

मोर्चाको मागबारे एमाले र माओवादीबीच छलफल

काठमाडौं, पुस १२ । मधेसी मोर्चाका माग सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच छलफल भएको छ । आज बस्ने संसद बैठक अगाडि नै मोर्चाका मागमा सहमति खोज्न नेताहरु बैठक र वार्तामा जुटेका हुन् । आज विहान प्रधानमन्त्री केपी ओलीसहित एमाले नेता र सत्तारुढ अर्को घटक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताबीच छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाले राखेका प्रदेशको सीमांकनलगायतका विषयमा मूख्य…विस्तृत समाचार »

मोर्चाका मागका विषयमा प्रधामन्त्री र एमाओवादी अध्यक्षबीच छलफल

१२ मंसिर, काठमाडौं । मधेशी मोर्चाका मागलाई संबोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र  एमाओवादी अध्यक्ष प्रचण्ड बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मोर्चाले उठाएका मागका विषयमा सरकारी धारण बनाउन ओली र प्रचण्डबीच छलफल भएको बुभिएको छ । मोर्चाले सरकारी धारण आएपछि मात्र सार्थक वार्तामा बस्न उचित हुने बताएपछि ओलीले प्रचण्डसंग छलफल गरेका हुन ।  उनीहरुले मोर्चाले उठाएका माग मध्ये संघिय…विस्तृत समाचार »

ओली सरकार छिट्टै ढल्छ : देउवा

कञ्चनपुर ,११,पुस । नेपाली कंग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले एमाले नेतृत्वको बर्तमान सरकार आफ्नै कारणले कमजोर भएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज पत्रकारसंग नेता देउवाले सरकार आफ्नै कारणले चाडै ढल्ने दावी गर्नुभयो । मुलुक कमजोर अवस्थामा रहेका बेला छिटो छरितो रुपमा काम गर्नुको साटो सरकार आफ्नै फाइदाकालागि मात्रै चलिरहेको उहाँको आरोप थिया । संबिधानको सवालमा अहिले देखिएको समस्या वार्ता र छलफलबाट टुंगो लगाउने भन्दै…विस्तृत समाचार »

आज माओ दिबस, साहसका साथ अगाडि बढ्न प्रचण्डको आग्रह

११ पुस काठमाडौ ।एकीकृत माओवादी अध्यक्ष प्रचण्डले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्न मालेमावादको आलोकमा साहसका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ । १२२औं माओ दिवसका अवसरमा वक्तव्य जारी गर्दै प्रचण्डले विश्वभर माओ त्से तुङको जन्मजयन्ति मनाइरहेका समूपर्ण कम्युनिष्टहरूलाई यस्तो आह्वान गर्नुभएको हो । उहा“ले संसारभरका क्रान्तिकारीहरूलाई वित्तिय पूँजीको भूमण्डलिकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा र  मालेमावादको विकासको निमित्त…विस्तृत समाचार »

संघियताले मुलुक संकटमा परेको उपप्रधानमन्त्री केसीको तर्क

पाल्पा १० पुस ।  उप प्रधानमन्त्री एव गरिवी निवारण सहकारी मन्त्री चित्र बहादुर केसीले संघियताकै कारण मुलकको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता संकटमा परेको बताउनु भएको छ ।  सरकारले घोषणा गरेको नयाँ संविधान प्रचार प्रसारको क्रममा बाग्लुङ्ग जानेक्रममा पाल्पा आईपुग्नु भएका उप प्रधानमन्त्री के.सी.ले शक्ति राष्ट्र भारत लगायतले संघियताकै कारण नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गरेको बताउनु भयो ।  राष्ट्रिय जनमोर्चा पाल्पाले गरेको पत्रकार सम्मेलनमा पाटी अध्यक्ष समेत…विस्तृत समाचार »

राष्ट्रपति माथी जनकपुरमा भएको दुव्र्यवहार प्रति कांग्रेस विदेश विभागको आपत्ती

१० पुस काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी लाई जनकपुरमा गरीएको दुव्यवहार प्रति नेपाली कांग्रेस विदेश विभागले गंभिर आपत्ती जनाएको छ । कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला दारा जारी विज्ञप्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रति जनकपुरमा गरीएको दुव्यवहार र लगाइएको लान्छाना प्रति नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध बिभागको गंभिर ध्यानाकर्षण भएको जनाइएको छ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनु भएकी कोइरालाले राष्ट्रपति जस्तो गरिमा बोकेको व्यत्ती…विस्तृत समाचार »

चीनले कमल थापासंगै थुप्रै कोसेली पठाउने निश्चित

९ पुस, काठमाडौं । चीन भ्रमणमा रहेका उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले उपराष्ट्रपति ली युआन्चाओसित भेट गर्ने निश्चित भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नियमित पत्रकार सम्मेलनमा थापा र ली युआन्चाओबीच भेट हुने तय भएको जानकारी दिए । नेपालमा नयाँ सरकार बनेपछि सबैभन्दा माथिल्लोस्तरको भ्रमण भएको भन्दै दुवै सरकारले यसलाई उच्च महत्व दिएका प्रवक्ता होङले बताए । भ्रमणमा द्विपक्षीय हितका विभिन्न विषयमा…विस्तृत समाचार »

भाषामा चित्त बुझे मधेसी मोर्चाले विद्येयकमा मौन बसेर सहयोग गर्छनः प्रचण्ड

काठमाडौ, ९ पुष । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमांकनमा सहमति नहुन्जेलसम्म मधेसी मोर्चाका नेताहरुले सहमतिमा हस्ताक्षर नगरे पनि भाषामा सहमति भए पुर्ननिर्माण प्राधिकरण विद्येयक पारित गर्दा झै मौन बसेर सहयोग गर्न सक्ने बताएका छन ।  मुलुकको समस्या समाधानको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लवले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘अहिले मेरो ध्यान समस्याको समाधानमा केन्द्रीत छ । बार्ताबाटै समस्याको समाधान…विस्तृत समाचार »

तीन हप्ताभित्र भु्कम्प पीडित आवास निर्माण सुरु हु्ने

९,पुस,काठमाण्डौं । सरकारले अबको तीन हप्ताभित्र भूकम्प पीडितका लागि सामूहिक आवास निर्माणको काम सुरु गर्ने तयारी भइरहेको जनाएको छ । शहरी विकास मन्त्रालयका अनुसार यो हप्ता भित्र टेण्डर आह्वान गर्न निर्देशन दिइसकिएको छ ।  मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीले एक हप्ताभित्र टेण्डर आह्वान गरेर अर्को हप्तादेखि काम नै सुरु गर्न मन्त्रालयले शहरी विकास विभागलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । सरकारले काठमाडौं उपत्यका बाहेकका अरु भूकम्प…विस्तृत समाचार »

परराष्ट्रमन्त्रीको टोली ५ दिने चीन भ्रमणमा जादै

८ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र कानुनमन्त्री अग्नि खरेलको टोली पाँच दिने चीन भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन महत्व राख्ने आर्थिक तथा राजनीतिक मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका बेला चीनबाट इन्धन ल्याउने सम्भावनाका विषयमा पनि छलफल हुने छ । मन्त्रीद्वयको टोलीमा परराष्ट्र सचिव र वाणिज्य सचिवसमेत सहभागी हुनेछन् । कानून…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top