राजनीति

मोर्चा बैठकमा शीर्ष नेताहरुबीच नै चर्काचर्की

८,माघ,काठमाडौं ।  संसद्मा विधाराधीन संविधान संशोधन विधेयकप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले रिजर्भेसन व्यक्त गर्दा संविधानपक्षीय तीन दलका शीर्ष नेताबीच नै चर्काचर्की हुन थालेपछि आन्दोलनर मधेसी मोर्चा नेतृत्वसहितको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकमा संविधान संशोधन विधयेक तत्कालीन सुशील कोइराला सरकारले कसैसँग सरोकार नराखी ल्याएकाले सहमति हुन अप्ठ्यारो भएको धारणा प्रधानमन्त्री ओलीले राखेका थिए । ओलीको भनाई उद्धृत गर्दै स्रोतले…विस्तृत समाचार »

प्राधिकरणमा काफ्लेको धन्दा, एमाले कर्मचारी अराजक

८,माघ,काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्ले जनतालाई मारमा पारेर ठूला तथा मोटो घुस दिनेलाई डेडिकेडेट फिडरमार्फत २४ सैं घन्टा विद्युत् दिने तयारीमा लागेका छन् । जनता दैनिक १४ घण्टाभन्दा बढी विद्युत् कटौतीको मारमा परिरहेको बेला काफ्लेले भने जनतालाई थप अँध्यारोमा राखेर केही ठूला उद्योगीलाई मोटो रकम दिएर डेडिकेडेट फिडरमार्फत विद्युत् दिन लागेका छन् । उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग…विस्तृत समाचार »

बाबुरामको नयाँ शक्तिमाथि गम्भीर आरोप

८,माघ,काठमाडौं ।  नयाँ शक्ति बनाउन भन्दै एमाओवादीबाट बाहिरिएका डा। बाबुराम भट्टराई आफूले खोल्ने नयाँ पार्टी कम्युनिष्ट नरहने घोषणा गरेपछि नयाँ शक्तिमा लागेकाहरु रनभुल्लमा परेका छन् । भट्टराईले अब छिट्टै पार्टी घोषणा गर्ने र त्यसका लागि केन्द्रीय न्युक्लियस बनाउने घोषणा गरेपछि उनको भर परेर त्यसमा लाग्नेहरु अब के गर्ने भन्दै गुनासो गर्न थालेका छन् । भट्टराईले आफूले कम्युनिष्टसँग सम्बन्ध बिच्छेद गर्ने बताएपछि उनको भर परेर पछि…विस्तृत समाचार »

खड्कप्रसाद ओलीलाई च्यालेन्ज गदै खड्काको नेतृत्वमा जनसरकार घोषणा

७, माघ काठमाडौँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जनसरकार घोषणा गरेको छ । नेकपा माओवादीले माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो । जनसरकार प्रमुखमा कृष्णराज खड्का छन् । चाँगुनारायण निवासी खड्का पूर्वबक्सिङ खेलाडी हुन् । जनसरकार उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा राजाराम लागेलाई चयन गरिएको नेकपा माओवादीले जनाएको छ । जनताका काम गर्न सरकारलाई दवाव दिन सरकार घोषणा गरिएको बताइएको…विस्तृत समाचार »

प्रचण्डले वैद्यलाई भने “मुलुक जोगाउने हो भने एकता गरौँ ”

७, माघ काठमाडौँ ।  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  मुलुक जोगाउन सच्चा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य समेत सहभागी थिए । सोहि कार्यक्रममा बोल्दै प्रचण्डले  सच्चा कम्युनिष्टहरुलाई एकता गर्न आग्रह गरेका हुन् ।  अध्यक्ष  दाहालले मुलुक जोगाउनकै लागि भएपनि सच्चा कम्युनिष्टहरुबीच एकताको विकल्प नरहेको बताए ।  उनले कम्युनिष्टहरु छिन्नभिन्न हुँदा विभिन्न…विस्तृत समाचार »

“आत्मघाती गोल गर्ने फुटबल टिम जस्तो सरकार ४० दिनपछि ढल्छ”

७, माघ रुपन्देही । नेपाली कांग्रेसका नेता गगन थापाले ४० दिनपछि सरकार ढल्ने दावी गरेका छन् ।  नेपाल प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारको सय दिन निकै निराशाजनक रहेको भन्दै अवको  ४० दिन भित्रमा सरकार फेरिने दावी गरे । उनले कांग्रेसको १३ औं महाधिवेशनपछि ओली सरकार रहने सम्भावना नरहेको बताए । अहिलेको सरकार फरक जर्सी लगाएका खेलाडि सम्मेलित आत्मघाती गोल गर्ने…विस्तृत समाचार »

“सहकारी संस्थाहरु जंगबहादुरभन्दा सामन्त”

७, माघ काठमाडौँ । उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारी संस्थाहरु जंगबहादुर राणा भन्दा पनि बढी सामन्त भएको बताएका छन् । उनले भने  “जंगबहादुरको सामन्ती शासनव्यवस्थामा ऋणको व्याजदर सयकडा १० प्रतिशत थियो ।  तर अहिलेका सहकारीले २५ प्रतिशतसम्म व्याज असुल्छन् ।” उनले  सहकारी संस्थाले मनपरी व्याज असूल्दा जनता मारमा परेको भन्दै उनलेसहकारीको व्याजदर नियन्त्रण गर्न आफू प्रयासरत रहेको जानकारी दिए । मन्त्रालयले…विस्तृत समाचार »

उधारो प्रस्ताव मार्फत अलमल्याउँदै कोइराला

७, माघ काठमाडौँ । नेपाली कांग्रेसको आगामी फागुन २० देखि २३ गतेसम्म हुने १३ औं महाधिवेसनमा त्रिपक्षिय प्रतिष्पर्धा हुने पक्का भएको छ । सभापतिमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिष्पर्धा हुने निश्चित भएको हो । तर, सभापतिमा उम्मेदवारी दिन्छु भन्दै सभापति सुशील कोइरालाले बाहिर बक्तब्यबाजी गरेपनि उनले आफ्नो उत्तराधिकारीको रुपमा केही पदाधिकारी पौडेलको समूहमा पार्न…विस्तृत समाचार »

प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता सुरु

७, माघ काठमाडौँ । प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता सुरु भएको छ । मधेसी मोर्चा र सरकार सम्बद्ध दलबीच बनेको कार्यदलबाट समस्या समाधान नहुने भन्दै मधेसी मोर्चाले कार्यदलसँग छलफल नगर्ने भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षस्तरमा वार्ता आह्वान गरेका हुन् । वार्तामा मधेसी मोर्चाले अघि सारेको ६ बुँदे प्रस्तावमा छलफल हुनेछ ।विस्तृत समाचार »

कानुनविपरीत शान्तीमन्त्रीसंग डलर सञ्चित

७,माघ,काठमाण्डौं । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ । विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १२ को विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने सटही सुविधा र सञ्चित गर्न पाउने अमेरिकी डलरको सीमाभन्दा बढी रकम राखेर ढकालले कानुनको उल्लंघन गरेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा आफूसित ५ हजार अमेरिकी…विस्तृत समाचार »

global ime

runner bike

राजनीति

सभामुखमा नेकपाका सापकोटाले दिए उम्मेदवारी, राजपाको समर्थन

७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

​कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारीमा रहेको कांग्रेस अन्ततः पछि हटेको छ । पार्टी संसदीय दलको कार्यसमितिको बैठकले सभामुख निर्वाचनमा उम्मेदवारी नदिई तटस्थ बस्ने निर्णय गरेको मीन विश्वकर्माले बताए । 

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top