esewa

राजनीति

मधेस आन्दोलनबारे संसदमै छलफल गर्न दलहरु तयार

२१, मंसिर काठमाडौँ ।  प्रमुख तीन दलले व्यवस्थापिका संसदको अवरोध हटाउन मधेस आन्दोलनबारे संसदमै छलफल गर्ने भएका छन् । सभामुख ओनसरी घर्तीको आहृवानमा सोमबार विहान बसेको प्रमुख तीन दलको बैठकमा सदनको अवरोध हटाउन मधेस आन्दोलनका विषयमा संसद्मै छलफल गर्ने निर्णय भएको हो ।  बैठकले मधेसी मोर्चालाई विश्वासमा लिएर सदनको अवरोध हटाउने निर्णय गरेको छ । मुलुकको वर्तमान परिस्थिति र मधेस आन्दोलनबारे संसदमै छलफल गर्ने गरी…विस्तृत समाचार »

अख्तियारको छानविनमा परेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे यार्सागुम्बाका अवैध कारोवारी

२१, मंसिर काठमाडौँ ।  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको घेराउमा परेका छन् ।   गत वर्ष अर्थ समितिमा आयोगका प्रमुख आयुक्तलाई बोलाएकै कारण आफूमाथि रिस साँधेर अनुसन्धानको सूचीमा राखिएको उनको प्रतिकृया छ ।  उद्योगी, व्यवसायीलाई समेत बिनाकारण अनुसन्धानको दायरामा राखेको भन्दै उनले  कसैले पनि काम गर्न नपाउने  भन्दै प्रश्न गरेका थिए । उद्योगी तथा व्यवसायीसँग राम्रो सम्बन्ध भएका कारण पनि पाण्डेले…विस्तृत समाचार »

भारतीय नेताहरुसंग मोर्चाका नेताको भेटघाट,नेपालको सिमांकन दिल्लीमा कोरिदै

२० मंसिर, काठमाडौं । सरकारले आफ्ना मागकोबारेमा  वास्ता नगरी आन्दोलनमा दमन गरेको भन्दै भारतीय नेतालाई भेट्न दिल्ली पुगेका मोर्चा र भारतीय पक्षबीच संघीय प्रदेशको सिमाङ्कनका विषयमा छलफल भएको छ । संविधान संशोधनमार्फत् झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्न तथा कैलाली कञ्चनपुर सहितको थारुवान प्रदेश निर्माण गर्न नयाँ दिल्लीमा छलफल भएको हो । त्यस्तै भारतीय नेता समक्ष मोर्चाका नेताले नेपाल सरकारले आफ्ना माग पुरा गर्न…विस्तृत समाचार »

अख्तियारले एमालेलाई फसाउन खोज्यो

२०, मंसिर काठमाडौँ ।  नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना भष्ट्राचारी सहपाठीलाई जोगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पत्र काटेर एमालेलाई फसाउन खोजेको बताएका छन् ।  भ्रष्टाचारबारे छानविन गर्न अख्तियारले १२ जना पूर्वमन्त्रीसहित २९ जनालाई पत्र पठाएर सोधपुछका लागि उपस्थित हुन भनेपछि नेता नेपालले यो एमालेलाई फसाउने खेल भएको बताएका हुन् ।  पत्र काटिनेहरुमा एमालेका ६ नेता छन् । उनले लाभको पदमा नरहेका…विस्तृत समाचार »

शुरु भयो दिल्ली मिसनः शरद यादवसँग मधेशी नेता

२०, मंसिर काठमाडोैँ ।  काठमाडौंमा समाधान नभेटेपछि दिल्ली मिसनमा रहेका आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरुले भारतीय नेताहरुसँगको भेटघाट थालेका छन् । उनीहरुले केही बेर अघि जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग भेटघाट गरेका छन् ।   नेता यादवले मधेशी नेताहरु आफ्नै निवाशमा आएको भन्दै मधेशी नेताहरुसँग कुराकानी भएका तस्विर फेसबुकबाट सार्वजनिक गरेका छन् । सीमा नाका अवरोध र नेपालको पछिल्लो राजनीतिक तनाबकाबीच मधेशी नेताहरु सामूहिक…विस्तृत समाचार »

सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने

२० मंसिर, काठमाडौं । मधेशी मोर्चासंग लामो समय वार्ता गर्दा पनि सहमति नभएपछि अन्तत सरकारले संविधान संशोधनको प्रस्ताव संसद समक्ष प्रस्तुत गर्ने भएको छ।   मधेसमा जारी आन्दोलन सम्बोधन गर्न प्रमुख तीन दलबिच भएको पछिल्लो सहमति अनुसार सरकारले संविधान संशोधनको पहिलो विधेयक संसदको बैठकमा आइतबार पेश गर्ने कार्यसूचि संसद सचिवालयले प्रकासित गरेको छ।   सचिवालयका अनुसार, आजको बैठक मधेसी मोर्चाका सदस्यहरुले अबरोध नपुर्याएमा कानुन मन्त्री…विस्तृत समाचार »

भारतबाट फर्किएका कमल थापाले भने- अब नाकाबन्दी खुल्छ

२० मङ्सिर, काठमडौँ । केही दिन अघिमात्र भारतबाट फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सीमा नाकामा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने दाबी गरेका छन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा परराष्ट्रमन्त्री थापाले भने, “भारतीय नेतासँग भएको पछिल्लो कुराकानीबाट अब यो समस्या सामाधानतर्फ उन्मुख भएको आशा र विश्वास लिएको छु, यद्यपि परिणाममा त्यो कुरा…विस्तृत समाचार »

भारतमा के गर्छन् मधेसी नेता, हेर्नुहोस् यस्तो छ कार्यतालिका

१९, मंसिर काठमाडौँ ।  मधेस आन्दोलन गरिरहेका मेधसी मोर्चाहरुका नेताहरु भारत भ्रमणमा भोली दिल्ली जाँदै छन् । आज विहानै सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय यादव भारत गइसकेका छन् भने भोली संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ काठमाडौंबाट दिल्ली जादै छन् । दिल्ली पुगेपछि नेतारुहो भेटघाट र कार्यक्रम यस्ता रहेका छन् ।  वरिष्ठ पत्रकार, लेखक, समाजिक अभियानताहरुसंग…विस्तृत समाचार »

मधेसवादीको माग पूरा गरे मुलुकको अस्मिता संकटमा

१९, मंसिर काठमाडौँ ।  नेकपा (क्रान्तिकारी) माओवादीका नेता देव गुरुङले मधेसवादी दलको दुई माग पूरा गरे मुलुकको अस्मिता संकटमा पर्ने दावी गरेका छन् । माओवादी जिल्लाले शनिबार राखेको पत्रकार भेटघाटमा बोल्दै गुरुङ्ले  मधेसवादीका ११  मागमध्ये अंगीकृत नागरिक मुख्य पदमा पुग्न पाउनेपर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग पूरा गरे मुलुक संकटमा पर्ने बताएका हुन् । अंगीकृत नागरिकता पाउने भयो भने देशमा विदेशीको हस्तक्षेप…विस्तृत समाचार »

मोर्चाको भारत भ्रमण, के नगदमै कारोवार होला ?

१९, मंसिर काठमाडौँ ।  पछिल्ला तीन दिन नेपाली राजनितिमा सरगर्मी चलेको छ । धार्मिक भ्रमण भन्दै दिल्ली पुगेका उपप्रधानमन्त्री कमल थापाले दिल्लीसंग गोप्य सम्झौता गरेर स्वदेश फर्किएसँगै नेपाली राजनितिमा भारत निकै हावी भएको छ । राष्ट्रवादी कहलिएका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी प्रचण्ड भारतसँग आत्मसमर्पण गर्ने मनस्थितिमा पुगेका छन् ।  थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसंग लिखित रुपमा प्रतिवद्धता जनाए लगत्तै भारतले मधेसी मोर्चाका…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top