राजनीति

सबैतिरबाट प्रतिकार भएपछि मोर्चा पछि हट्यो, तय भएको आमसभा स्थगित

१८ मंसिर, बारा ।  जनतालाई नाकाबन्दी लगाएर सास्ती दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सबैतिरबाट प्रतिकार हुन थालेपछि मोर्चा पछि हटेको छ । स्थानीयस्तरबाट प्रतिकार खाइरहेको मोर्चालाई भारतीय जनताहरुले समेत प्रतिकार गर्न थालेपछि मोर्चा पछाडि हटेको हो । सर्लाहीको नवलपुरमा चुरे भावरका कार्यकर्ताले विहीबार आमसभा विथोलेका थिए भने वीरगंजको मितेरी पुलमा धर्ना दिने मोर्चाका कार्यकर्तालाई भारतीयहरु आएर कुटेका थिए । पूर्वपश्चिम राजमार्गमा समस्या खडा गर्ने गरी…विस्तृत समाचार »

पूर्वसभामुख नेम्वाङ एमाले स्थायी कमिटीमा मनोनित

१८, मंसिर काठमाडौँ ।  संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङलाई नेकपा एमालेले स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । यस्तै बरिष्ठ नेता माधव नेपाललाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने झलनाथ खनाललाई अध्ययन अनुसन्धानको जिम्मा दिइएको छ ।         संविधानसभा अध्यक्ष भएपछि पार्टी जिम्मेवारीबाट बाहिर रहेका नेम्वाङलाई शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरी स्थायी कमिटीमा लगेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा…विस्तृत समाचार »

उपेन्द्र यादव र महन्थ ठाकुर किन अचानक आए काठमाडौंमा

१७, मंसिर काठमाडौँ ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा दिल्लीबाट फर्केको केहि घण्टा बित्न नपाउँदै सर्लाहीमा हुने भनिएको आमसभा छाडेर मधेसी मोर्चाका नेताहरु काठमाडौँमा फर्केका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर र समाजवादी फोरम उपेन्द्र यादव जनकपुरबाट  विमानमा काठमाडौं आएका छन् । दुवै नेतहहरुले अरुसँग केही कुरा नगरी काठमाडौँ आएको बताएका छन् । परराष्ट्रमन्त्री कमल थापाले भारत म्रमण सकारात्मक भएको बताएका छन् । केहि बेरमा…विस्तृत समाचार »

प्राप्त उपलब्धिलाई जोगाएर अघि बढ्नुपर्नेमा मैनालीको जोड

काठमाडौँ, १७ मङ्सिर । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले बन्द, हडताल र नाकाबन्दी त्यागेर संसद्बाटै समाधान खोज्न मधेसवादी दलहरुसँग आग्रह गरेका छन् ।   उपप्रधानमन्त्री मैनालीले संविधान र सरकारले मधेसी समुदायलाई केही पनि दिएको छैन भन्ने कुरा गलत भएको बताए । प्राप्त उपलब्धिलाई जोगाएर कार्यान्वयन गर्दै थप अधिकारका लागि अगाडि बढ्नुको सट्टा भूकम्पबाट थिलोथिलो भएको अवस्थामा फेरि बन्द, हडताल गरेर सङ्कट…विस्तृत समाचार »

कांग्रेस नेताहरु भन्छन्, विश्वकै उत्कृष्ट संविधानको पढ्दै नपढी विरोध भयो

१६, मंसिर काठमाडौँ ।  कांग्रेस नेताहरुले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको भन्दै संविधानको पढ्दै नपढी विरोध भएको दावी गरेका छन् । कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको चौंथो स्मृतिमा  आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले संविधान विश्वकै उत्कृष्ट समावेशी बनेको भन्दै संविधान पढ्दै नपढी विरोध भइरहेको बताएका हुन् ।         कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेपालको संविधान विश्वका लागि समावेशीको नमूना हुने दाबी गरे ।…विस्तृत समाचार »

मधेश आन्दोलनको समर्थन गर्दै सिराहामा विद्यार्थीले बनाए मानव साङ्लो

१६ मंसिर, काठमाडौं । मधेश आन्दोलनमा विद्यार्थीको प्रयोग बढ्न थालेको छ । आन्दोलनका कारण विद्यालय जान नपाएका विद्याथीहरु स्कुले ड्रेसमा सडकमा देखिएका छन् । मधेशका माग संबोधन गर, पढ्न पाउने हाम्रो अधिकार हो  तत्काल समस्याको समाधान गर, भन्ने प्ले कार्ड बोकेर विद्याथीहरुले मधेश आन्दोलनको सर्मथन गरेका हुन । सिराहामा  विहान विद्यार्थीहरुले विभिन्न माग लेखिएका प्ले कार्ड बोकेर सरकारलाई दबाब दिन मानव सांलो बनाएका बनाएका हुन…विस्तृत समाचार »

कालोबजारी नियन्त्रणका लागि काँग्रेसको र्याली

१५, मंसिर काठमाडौँ ।  कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि दवाव दिन भन्दै काँग्रेस काठमाडौंले भोलि राजधानीमा बृहत दवाव ¥याली गर्ने भएको छ । काठमाडौंका सभापति एवम् सांसद भीमसेनदास प्रधानले अधिकार, न्याय र शान्तिका लागि दबाब नामक अभियानमार्फत ¥याली आयोजना गर्न लागिएको जानकारी दिए । ¥यालीको मुख्य उद्देश्य मधेस समस्या तत्काल संवादमार्फत हल गर्न र कालोबजारी नियन्त्रण गर्न दवाब दिनु रहेको उनले बताए ।…विस्तृत समाचार »

ओलीका सल्लाहकार राति भारतीय दूतावास छिरेपछि

१५, मंसिर काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा मामिला सल्लाहकार पूर्व जर्नेल प्रकाशवहादुर बस्नेत लैनचौरस्थित भारतीय राजदूतावास रातको समयमा सुटुक्क छिरेको प्रसंगले खैलाबैला मच्चिएको छ । गुपचुप रुपमै सुरक्षा सल्लाहकार बनेका जर्नेल बस्नेत २०७२ मंसिर ८ गते राति भारतीय राजदूतावासमा बिना जानकारी पुगेका थिए ।   प्रधानमन्त्री ओलीको सुरक्षा सल्लाहकार भनेपछि उनकै आग्रहमा रातदूतावासका केही उच्च अधिकारीलाई भेटेको कुरा राजदूतावासको सुराक्षार्थ खटिएको सुरक्षा स्रोतले…विस्तृत समाचार »

भारतीय राजदूतलाई देश निकाला गर्नुपर्ने

१५, मंसिर काठमाडौँ ।  नेमकिपाका सांसादहरुले भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गर्न माग गरेका छन् । व्यवस्थापिका संसद बैठकमा नारा लगाउँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र अनुराधा थापाले भारतीय राजदूतलाई देश निकाला गर्न माग राखेका हुन् । उनिहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गरेका थिए ।  भारतीय नाकाबन्द विरुद्ध व्यवस्थापिका संसदमा नाराबाजी   विस्तृत समाचार »

एमाओवादी केन्द्रीय बैठक बस्दै, बाबुराम पक्षधरको खाली ठाउँ भरिने

१५, मंसिर काठमाडौँ ।  एकिकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक  बस्दै छ । दिउँसो २ बजे पेरिसडाँडास्थित मूख्यालयमा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।  वरिष्ठ नेता बाबुराम भट्टराईलगायत उनीनिकट समूहले पार्टी परित्याग गरेपछि रिक्त स्थानहरु पदपूर्ति गर्नसमेत बैठक केन्द्रित हुने जनाइएको छ । सरकारमा रहेका मन्त्रीहरुको आचार संहिता र कार्यक्षमताको मूल्यांकन, बाबुरामपक्षमा लागेहरुलाई कारवाही गर्ने तथा संगठनात्मक कार्यविभाजन लगायतका विषयहरु…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

राजनीति

बूढीगण्डकीको मुआब्जाबारे सरकारसँग वार्ता गर्ने जिम्मा बाबुराम र नारायणकाजीलाई

२ मंसिर, काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित क्षेत्र गोरखातर्फ आरूघाट र धादिङतर्फ खहरेको मुआब्जा पुनरावलोकन गर्न समिति बनाइएको छ । गोरखा र धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, पूर्वसांसद, पूर्वमन्त्री, जनप्रतिनिधिहरू र सरोकारवाला समितिका प्रतिनिधि सम्मिलित वार्ता टोली बनाइएको हो । मंसिर १६ गते जिल्ला प्रशासन कार्यालय र बूढीगण्डकी आयोजनाले प्रति रोपनी ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए ।

विश्व युवा संगठनको उपाध्यक्षमा युवा संघ नेपाल निर्वाचित

२२ मंसिर, काठमाडौं । विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ ।  साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए । संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ । भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत थिए । यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा संगठन सहभागी थिए ।

सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा

२२ मंसिर, काठमाडौं । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्ररसरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, 

अन्तर्राष्ट्रिय

इराकमा भएको सरकार विरोधी आन्दोलनमा मर्नेको संख्या चार सय नाघ्यो

२२ मंसिर, काठमाडौं । इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।

इरान र अमेरिकाले कैदीबन्दी साटासाट गर्ने !

२२ मंसिर, काठमाडौं । इरान र अमेरिकाले पछिल्लो समय बढ्दै गएको एक अर्काबीचको तनाव अन्त्य गर्न कैदीबन्दी साटासाट गर्ने निर्णय गरेका छन् । तेहरानले अमेरिकाबाट इरानी वैज्ञानिक मसुद सोलिमानीलाई रिहा गर्ने घोषणा गरेको छ । केही दिनअघि अमेरिकाले प्रिस्टनमा अध्ययनरत एक इरानी विद्यार्थी घर फर्किएको बताएको थियो । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले बन्दी बनाइएको चिनियाँ मुलका अमेरिकी नागरिक झियु वाङलाई चाँडै नै परिवारको जिम्मा लगाइने बताएका छन् । उक्त कदमको पुष्टि गर्दै राष्ट्रपति डोनाल्ड ट्रपलेसमेत आफ्ना नागरिकलाई स्वागत गर्न आतुर रहेको बताएको ह्वाइट हाउसले जनाएको छ । 

राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

१८ मंसिर, काठमाडौं ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top