esewa

राजनीति

मधेसबाट गुमेको भोट बैंक फिर्ता ल्याउन तराई मधेसमा आन्दोलन : पोखरेल

  १ कात्तिक ,महोत्तरी स्वाभिमानी नेपाली भारतको कुनै पनि हालतमा उपनिवेश बनेर नबस्ने एकीकृत नेकपा माओवादी का प्रमुख सचेतक गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।  आज बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पोखरेलले मधेसबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसवादी दलले तराई मधेसमा आन्दोलन गरिरहेको आरोप लगाउनुभयो ।  भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको भन्दै पोखरेलले संविधान जलाउने मधेसी दलहरुले नयाँ संविधान स्वीकार गरिसकेको…विस्तृत समाचार »

ऊर्जा सङ्कट समाधान गर्न सबैको सहयोग जरुरी–उपप्रधान एवम् ऊर्जामन्त्री रायमाझी

  १ कात्तिक , काठमाडौ ।उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।  आज सिंहदरबारमा पदबहाली गर्दै उहाँले ऊर्जा सङ्कटका कारण मुलकको उद्योगधन्दा चौपट भएको र नागरिकको जनजीवनसमेत समस्यामा परेकाले त्यसलाई समाधान गर्न हरसम्भव प्रयास गर्ने बताउनुभयो ।  ऊर्जा क्षेत्रको आफू विज्ञ नभए पनि सबैसँग मिलेर काम गर्ने र मुलुकलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उहाँको भनाइ…विस्तृत समाचार »

एमाओवादीबाट सरकारको नेतृत्व टोपबहादुरले गर्ने निर्णय

३० असोज ,काठमाडौनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा एमाओवादीका तर्फबाट सचिव टोप रायमाझीले नेतृत्व लिनुहुने भएको छ । शनिबार जारी एमाओवादी स्थायी समिति बैठकले सचिव रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो लगाएको एमाओवादी स्रोतले बताएको छ  । एमाओवादीले रायमाझीलाई उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै गृह मन्त्रालयको जिम्मेवारी शक्ति बस्नेतले र शिक्षा मन्त्रालय अग्नी सापकोटाले सम्हाल्ने टुङ्गो लागेको छ । अन्य…विस्तृत समाचार »

विगतको कमजोरीलाई स्वीकार गरेर सहमतिमा आए काँग्रेसले चाहेको पद दिन सकिन्छ नेता नेपाल

  ३० असोज काठमाडौँ। नेकपा एमाले का नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली काँग्रेसले चाहेको पद दिन सकिने बताउनुभएको छ । कागेश्वरी मनहरा नगरपालिका गोठाटारमा आज आयोजित एक कार्यक्रममा उहाँले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आपूmहरुले पनि काँग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको उल्लेख गर्नु भयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका…विस्तृत समाचार »

परराष्ट्रमन्त्री थापा आज भारत जाने

  ३० असोज काठमाडौ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा भारत जाँदै हुनुहुन्छ । भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण इन्धन लगायतका अत्यावश्यक वस्तुको अभावले दैनिक जनजीवन कष्टकर बन्दै गएपछि समस्या समाधानको लागि पहल गर्न उहाँ दिल्ली जान लाग्नुभएको हो । उहाँ दिउँसो भारत जाने कार्यक्रम छ । तीन दिने भारत भ्रमणको क्रममा उहाँले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ…विस्तृत समाचार »

प्रधानमन्त्री ओली आज बालुवाटार जाने

असोज २९, काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओली आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने हुनुभएको छ ।  प्रधानमन्त्री भएपछि पनि उहाँ भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्री आज अपराह्न ५ बजे बालकोटबाट बालुवाटार बसाइँ सर्ने हुनुभएको बताउनुभयो ।  आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने हुनुभएको उहाँले जानकारी दिनुभयो । विस्तृत समाचार »

आकाश छोइसकेको मधेस आन्दोलन अब भुईमा खस्दैन : उपेन्द्र यादव

    २९ असोज, काठमाडौं, । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसले आन्दोलनले आकाशजस्तै उचाई लिएको बताउनुभएको छ । पार्टीको भातृ संगठन नेवाः प्रदेश समितिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मधेस आन्दोलनले आकाश छोएको बताउनुभयो । उहाँले  मधेसको आन्दोलनले राष्ट्रिय आन्दोलनको रुप लिएको छ । अर्को शब्दमा भन्दा हामीले आकाश छोइसकेका छौं । अब त्यसै भुईमा खस्ने सम्भावना…विस्तृत समाचार »

ओलीको पहिलो भ्रमण भारत, के छ ओलीको रणनिति ?

२८, असोज काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो बिदेश भ्रमण भारत नै जाने भएका छन् । संविधानजारी पछि भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको समस्या र तराईमा भइरहेको आन्दोलनबारे भारतका आधिकारिक धारणा बुझन उनी भारत जाने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले दसैं अघि नै मन्त्रिमण्डलको गरी सकेर दसैं पछि नयाँ दिल्ली जाने कार्यक्रम तय भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार…विस्तृत समाचार »

जनताले सबैभन्दा बढी रुचाएको नेता मै हुँः बाबुराम

  २८ असोज , काठमाडौ।केही समयअघि मात्र एकीकृत माओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जतिसुकै विरोध र आलोचना भए पनि आजका दिनसम्म आफू जनस्तरबाट सर्वाधिक रुचाइएको नेता भएको दाबी गरेका छन् । राजधानीमा केही दिनअघि भएको एमाओवादीमा रहेका आफू समर्थक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनतामा अरुभन्दा १० औं गुणा बढी आफू लोकप्रिय रहेको जिकिर गरेका हुन् । आफू २०६० सालमा वार्ता टोली संयोजक भएर…विस्तृत समाचार »

सभामुख र उपसभामुख को चुनाव भोली हुने

   २८ असोज , काठमाडौं। व्यवस्थापिका संसद्को सभामुख र उपसभामुख पदका लागि शुक्रबार चुनाव हुने भएको छ ।  राजनीतिक सहमतिमा सभामुख र उपसभामुख चयन गर्न बिहीबार ३ बजेसम्मका लागि दिइएको समय सकिएपछि दलहरुबीच शुक्रबार चुनाव हुने भएको हो । सभामुखमा शुक्रबार दिउँसो ३ बजे र उपसभामुखमा बेलुका ५ बजे चुनाव हुँदै छ । चुनावमा अहिलेको सरकारी गठबन्धनले सहमतिमा उम्मेदवारी तय गर्ने भएको छ भने काँग्रेसले…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top