esewa
kantipur mall

राजनीति

​उपराष्ट्रपतिमा थारु, दलित, पिछडिएका जनजातिलाई दिनेबारे छलफल

१२ कात्तिक काठमाडौँ। उच्चस्तरीय राजनीतिक समन्वय समितिको आजको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र र समुदायबाट गर्ने तथा कुन दलले भूमिका पाउने भन्नेबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन ।  बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे कुराकानी भएको र शुक्रबार बिहान ९ बजे पुनः बैठक बसी टुङ्गो लगाउने निर्णय भएको समितिले…विस्तृत समाचार »

सङ्क्रमणकालको मुख्य अवधि सकियो : प्रधानमन्त्री ओली

१२ कात्तिक काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको जटिल सङ्क्रमणकालीन अवस्थामा गणतन्त्रपछिको प्रथम राष्ट्रपतिको गहन जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएकामा निवर्तमान राष्ट्रपति डा रामवरण यादवको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।  डा यादवको बिदाइ समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले नदेखेका बाटो र दुई पटकको संविधानसभाको निर्वाचन, यसबीचमा विभिन्न सरकारका कार्यकालसमेतलाई पार लगाउँदै संविधान घोषणा र कार्यान्वयनसम्म उहाँले निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  प्रधानमन्त्री…विस्तृत समाचार »

​सङ्घीय र समावेशी शासन पद्धतिको ढोका खोलिएको छ – निवर्तमान राष्ट्रपति डा यादव

१२ कात्तिक काठमाडौँ। निवर्तमान राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधानको कार्यान्वयनसँगै सङ्घीय र समावेशी शासन पद्धतिको ढोका खोलिएको बताउनुभएको छ ।  नयाँ राष्ट्रपतिको शपथसँगै आज शीतल निवासमा आयोजित निवर्तमान राष्ट्रपतिको बिदाइ समारोहमा उहाँले नयाँ संविधान जारी भएसँगै मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गर्नु भयो ।  “कुनै पनि संविधान पूर्ण दस्तावेज हुन सक्दैन, निरन्तरको अभ्यास, मन्थन र समय सापेक्ष संशोधनबाट नै संविधानले पूर्णता प्राप्त गर्ने…विस्तृत समाचार »

नवनिर्वाचित राष्ट्रपति भण्डारीको पुत्ला जल्यो

१२, कात्तिक वीरगञ्ज । वीरगञ्जमा आन्दोलनकारीले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् । बिहीबार आन्दोलनरत दलका युवा नेता तथा कार्यकर्ताहरुले वीरगञ्जकै घण्टाघर चोकमा भेला भएका राष्ट्रपति भण्डारीको पुत्ला जलाएर दहन गरेका हुन् ।  पुत्ला दहनका क्रममा आन्दोलनकारी युवाहरुले राष्ट्रपति भण्डारीको विरोधमा चर्को नाराबाजी पनि गरेका थिए । नवनिर्वाचित राष्ट्रपतिको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । विस्तृत समाचार »

नव निर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

१२, कात्तिक काठमाडौँ ।  नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित भव्य समारोहबीच भण्डारीलाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ ग्रहण गराएका हुन् ।  यस्तै निवर्तमान राष्ट्रपति रामवरण यादवसँग कुर्सी साटासाट गरेर नवनियुक्त राष्ट्रपति भण्डारीले पदभार ग्रहण गरेकी छिन्। विस्तृत समाचार »

मोर्चा सरकार टोलीबीचको वार्ता विना निष्कर्ष टुङ्गियो , १५ गते अर्को बैठक

 १२ कात्तिक , काठमाडौ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारी वार्ता टोलीबीच भएको वार्ता आज पनि विना निष्कर्ष टुङ्गिएको छ । आजको वार्तामा सरकारले मधेसी मोर्चाका माग पुरा गर्न दुई वटा प्रस्ताव राखेको थियो । वार्ता टोली संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेस आन्दोलनको मुख्य माग सीमाकंन टुंग्याउन सरकारले मधेसी मोर्चासामू दुई प्रस्ताव राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सरकारका तर्फबाट हामीले सीमाकंनका…विस्तृत समाचार »

राष्ट्रपति विद्या भण्डारीलाई महन्थ ठाकुरको बधाइ

  १२ कात्तिक ,पर्सा । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको मागप्रति सरकार अझै पनि गम्भीर नभएको बताउनुभएको छ । विरगन्जमा बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले घर भित्रको समस्या सुल्झाउनुका सट्टा चीनसँग इन्धन आयात गर्ने सम्झौता गरेका कारण सरकार मधेसको मागप्रति गम्भीर नभएको पुष्टि भएको बताउनुभयो । उहाँले अहिलेसम्म भएका औपचारिक र अनौपचारिक वार्ता तथा छलफलमा मधेसका मुद्धा सम्बोधनका लागि ठोस…विस्तृत समाचार »

पासाङलाई उपराष्ट्रपति हुन नदिन को–को सक्रिय ?

१२ कात्तिक , काठमार्डौ ।  एकीकृत माओवादी नेतृत्वमाथि पूर्वलडाकु कमाण्डर तथा पार्टी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ लाई उपराष्ट्रपति उम्मेदवार नबनाउन व्यापक दबाब परेको छ । ् पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न सरकार नेतृत्वकर्ता दल एमालेले समेत एमाओवादी नेतृत्वलाई आग्रह गरेको श्रोतले बतायो ।आफ्नो भगमा उपराष्ट्रपति परेपछि एमाओवादीले पासाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे ।  पासाङलाई उपराष्ट्रपति बनाउन नदिन  राष्ट्रिय–अन्तर्राष्ट्रिय लविङसमेत तीव्र…विस्तृत समाचार »

राष्ट्रपति विद्यालाई अमेरिकाको बधाइ

१२ कात्तिक, काठमाडौं ।  अमेरिकाले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई  सफलताको कामना गर्दै बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।  अमेरिकाको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्ने बताए । उनले हामी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्न तत्पर रहेको बताए । विस्तृत समाचार »

पेरिसडाँडाबाटै मन्त्रालयको योजना

१२, कात्तिक काठमाडौँ ।  एमाओवादीले आफ्नो भागमा परेका सिंहदरबारका मन्त्रालयका लागि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट योजना बनाइदिने भएको छ। एमाओवादीले सरकारमा सहभागी आफ्ना आठ मन्त्रीका लागि २३ बुँदे आचारसंहिता र १५ बुँदे मार्गनिर्देशिका बनाएर पार्टीबाटै मन्त्रालयका कामकारबाहीको योजना बनाउन लागेको हो।उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको सरकार सञ्चालन सहयोग तथा समन्वय समितिले बनाएको आचारसंहिता र मार्गनिर्देशिकाले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई व्यक्तिगत निर्णय गर्ने अधिकारबाट वञ्चित गराएको अन्नपूर्ण पोस्टमा…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top