esewa

राजनीति

भारत र मोदीलाई गाली नगर्नुस्: सञ्चारमन्त्री रिजाल

 १४ असोज ,काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारत र नरेन्द्र मोदीलाई गाली गरेर नेपालको समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि कुटनीतिक पहल हुनुपर्ने बताउनुभएको छ । ‘भारत र नरेन्द्र मोदीलाई लागी गरेर केही हुँदैन । सबैले संयमता अपनाउनु पर्छ ।’ ‘भारतविरोधी अभियानका रुपपमा भारतलाई हेर्नु हुँदैन । मोदी पहिलो पटक आउँदा सद्भाव प्रदर्शित भयो । सम्मान थियो…विस्तृत समाचार »

तीन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै

१४ असोज ,काठमाडौं । मधेस र थारु आन्दोलनकारीका मागका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठकमा मधेसी र थारु आन्दोलनकारीले उठाएका मागका विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा भारतीयपक्षले अघोषित रुपमा लगाएको नाकाबन्दीका विषयमा पनि छलफल हुनेछ । मधेसी मोर्चा र थारुहरूसँग सरकारी वार्ता टोलीले आन्तरिक रुपमा…विस्तृत समाचार »

संविधानपछि संसद्को पहिलो अधिवेशन शुक्रबार

१४ असोज ,काठमाडौँ । नयाँ संविधान जारी भएपछि शुक्रबार व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार शुक्रबारको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्ने बाहेक अन्य कार्यसूची हालसम्म तय भएको छैन । नेपालको संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्नुपर्ने व्यवस्था…विस्तृत समाचार »

किन छन् प्रचण्ड तनावमा, आज आफै पोल खोले

१३, असोज काठमाडौँ ।  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वर्ष सँगै काम गरेका पार्टी नेता डा बाबुराम भट्टराईले पार्टी छाडेपछि  आफु निकै तनावमा भएको बताएका छन् ।  एमाओवादी प्रवत्ता समेत रहेका साहित्यकार दिननाथ शर्माको निवन्धकृति ‘हिम फुलेको रात’को  विमोचन गदै प्रचण्डले संविधान घोषणा भए लगत्तै भट्टराईले पार्टी परित्याग गरेर तनाव थपिएको बताएका हुन् ।  उनले दैनिक राजनीतिक भेटघाट र कुराकानीले दिक्क भएको…विस्तृत समाचार »

सरकारसँग वार्तामा बस्ने भयो मधेसी मोर्चा, ठाकुरको नेतृत्वमा तीन दलका नेताहरुसँग छलफल गर्ने

 १३ असोज, काठमाडौं । नयाँ संविधानमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ । मोर्चाको रौतहटको गौरमा आज बुधबार बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो ।  शीर्ष नेताहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित वार्ताका लागि औपचारिक पत्र पठाएपछि मात्र मोर्चाले वार्ता टोली गठन गर्ने मोर्चाका एक नेताले बताए ।प्रमुख तीन दलले यसअघि नै…विस्तृत समाचार »

अमेरिकी कार्यबाहक राजदूत र नेता नेपालबीच भेटवार्ता

  १३ असोज, काठमाडौं । नेपालका लागि अमेरिकाका कार्यबाहक राजदूत जोन एल कारवीलले पूर्व प्रधानमनन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, राजधानीमा देखिएको आपूर्ति समस्या लगायतका विषयमा कुराकानी भएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो भेटमा अमेरिकी कार्यबाहक राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्था, अहिले देखिएको आपूर्ति समस्या तथा तराई–मधेसमा…विस्तृत समाचार »

मधेसी मोर्चाको निर्णयः जनतालाई अझै दुःख दिन्छौँ

१३ असोज, गौर ।  मधेसी मोर्चाले आयोजना गरेको आन्दोलनका कारण देश संकटमा छ । मोर्चाले नाका केन्द्रित आन्दोलन गरिहेको छ भने आफ्नै देशलाई नाकाबन्दी गर्न भारतलाई आग्रह गरेको छ । जनताको माग भन्दै जनतालाई दुःख दिइरहेको मार्चाको बैठकले जनतालाई थप दुःख दिने निर्णय गरेको छ ।   आज बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले असहयोग आन्दोलन चलाउने निर्णय गरेको छ ।  रौतहटको गौरमा बसेको मधेसी…विस्तृत समाचार »

के गर्दै छ ? काठमाडौँलाई नाकाबन्दी गर्ने मधेसी मोर्चा

१३, असोज रौतहट ।   मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन गरेपछि काठमाडौँ लगाएत देशका प्रमुख शहरहरुमा पेट्रोलियम पद्धार्थदेखि खाद्यन्य लगाएतका उपभोग्य वस्तुको अभाव भएको छ । आफै नाका बन्द गर्ने र भारतलाई आफ्नै देशमा नाकाबन्दी गर्न उक्साउने मधेसी मोर्चाले देशलाई चरम संकटमा पुर्याएको छ । जनताका नाममा जनतालाई दुःख दिइरहेको मोर्चा सरकारलाई जबाफ दिने भन्दै  रौतहटको गौरमा छलफलमा जुटेको छ ।  तीन दलको वार्ता टोली…विस्तृत समाचार »

​नाकाबन्दी लगाउने भारत असफल हुन्छ : गृहमन्त्री गौतम

काठमाडौँस् उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गरेका छन् ।    व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधानमन्त्री गौतमले २०४५ सालमा नेपालमा नाकाबन्दी लगाएपछि त्यसबेलाको भारतीय काँग्रेस नेतृत्वको सरकार असफल भएको प्रसङ्ग उल्लेख गरे । यसपटक पनि नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकारले त्यही असफलता भोग्नुपर्ने जिकिर गर्दै उनले भने  – “नाकाबन्दी संसारभरका कानुनको उल्लङ्घन र भूपरिवेष्टित देशले…विस्तृत समाचार »

मधेस आन्दोलनमा घुसेर तोडफोडमा संलग्न भएवापत भत्ता र मासुभात

१२ असोज, काठमाडौं ।मधेस आन्दोलनमा घुसेर तोडफोडमा संलग्न भएवापत एक हजार भत्ता र मासुभात पाइने गरेको आन्दोलनका क्रममा पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएको स्रोतले जनाएको छ । उच्च सुरक्षा स्रोतका अनुसार हिंसा भड्काएको आरोपमा पक्राउ परेका आन्दोलनकारीले आफूहरूलाई दैनिक एक हजार र मासुभात खान दिने सर्तमा ल्याएको बयान प्रहरीमा दिएका छन् । ‘मधेस आन्दोलनमा घुसपैठ गरेर तोडफोड गर्ने, भीडलाई भड्काउने, प्रहरीमाथि आक्रमण गर्नेलगायतका कार्य गरेवाफत…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ : मन्त्री लालबाबु पण्डित

३२ साउन, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । ‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।’ 

विप्लव समुहका नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

३० साउन, दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए ।
 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

३१ साउन, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ । 
 

अबदेखि दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने उत्तर कोरियाको घोषणा, यसकारण सन्किए उन

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति 

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं :मोदी

३० साउन दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कस्मिरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कस्मिरलाई कुनै असर नगर्ने बताएका छन्। सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ। बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top