esewa

राजनीति

कांग्रेस नेता पूर्णबहादुर खड्काले किन दिए राजीनामा

२३, असोज काठमाडौँ ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयप्रति असहमति जनाउँदै  सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएपछि खड्काले शनिवार राजिनामा दिएका हुन् ।  प्रधानमन्त्रीमा कोइरालाको उम्मेद्वारी दिने कांग्रेसको शनिबारको निर्णयप्रति  खड्काले आफ्नो ‘नोट अफ डिसेन्ट‘ लेखेका थिए । अरु दलसँग विगतमा भएका सहमति र सहकार्य कांग्रेसले तोडेकोले आफूले राजीनामा दिएको…विस्तृत समाचार »

नयाँ सरकारको उपप्रधानमन्त्री कमल थापा

२३ असोज, काठमाडौं ।  राप्रपा नेपालले प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेसँगै  अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । राप्रपा नेपालले अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । कमल थापा उपप्रधानमन्त्री बनाउनेगरि राप्रपा नेपालले ओलीलाई समर्थन गरेको स्रोत बताउँछ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैं ओलीको उम्मेदवारीमा समर्थक बसेका छन् । थापाले सरकारमा सम्मानजनक स्थान…विस्तृत समाचार »

प्रधानमन्त्री हुन ओलीले गरे १४ बुँदे सहमति

२३ असोज ,काठमाडौ ।सरकार गठनका क्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच १४ बुँदे सहमति भएको छ । सहमति पत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् । सरकार गठनका लागि एमाओवादीले अघि सारेको ८ बुँदे आधार पत्रलाई टेकेर १४ बुँदे सहमति भएको हो ।   यो राजनीतिक सहमति भएको र यसमा शक्ति बाँडफाँडको विषय नभएको जनाईएको…विस्तृत समाचार »

एमालेलाई समर्थन गरेसंगै एमाओवादीमा विवाद

२३ असोज, काठमाडौ ।बहुमतीय सरकार गठनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेसँगै एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ ।एमाओवादीका २९ नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् । साथै निर्शत एमालेलाई समर्थन गरेमा आफूहरुको विमती रहेको बताएका छन्। देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरेका…विस्तृत समाचार »

राजिनामा दिनेबित्तिकै कोइरालाको उम्मेदवारीः प्रस्तावक देउवा, समर्थक पौडेल

२३, असोज काठमाडौँ ।  नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार बनेका सुशील कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । बरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र उप सभापति रामचन्द्र पौडेलको समर्थनमा कोइरालाले उम्मेद्वारी दर्ता गराएका हुन् । यसअघि कोइरालाले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री पदको राजीनामा दिएका थिए । विस्तृत समाचार »

भारतको सहयोग बिनै प्रधानमन्त्री बन्ने भए केपी ओली, अहिलेसम्म केपीका ३२९ मत पक्का

२३, असोज काठमाडौँ ।  भारतको सहयोग बिनै केपी ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ । भारतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन न्वारनदेखिको बल लगाएपनि उनि आखिरमा प्रधानमन्त्री बन्ने पक्का भएको छ । केपीलाई प्रधानमन्त्री हुनबाट रोक्न भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी एबी माथुर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा काठमाडौँ आएका थिए । मोदीसहित भारतीय अधिकारीले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई हुन नदिने…विस्तृत समाचार »

अबको प्रधानमन्त्री केपी ओली

२३ असोज ,काठमांडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ ।व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् ।केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड…विस्तृत समाचार »

राजेन्द्र महतोलाई भौतिक कारवाही

२२, असोज काठमाडौँ ।  मधेशमा आन्दोलन गरिरहेका  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भौतिक कारबाही गर्ने चेतावनी आएको छ । देशभक्त युवा सञ्जालको नाममा छरिएको पर्चामा उनलाई भौतिक कारबाही गर्ने चेतावनी दिइएको छ ।  उनिहरुले राजेन्द्र महतोको काठमाडौँका घरमा नारा लगाउँदै कारबाही गर्ने चेतावनी दिएका हुन् ।  पर्चामा राजेन्द्र महतोलाई भौतिक कारवाही गर्ने उल्लेख गर्दै राज्यलाई भारतको आगाडि नझुक्न सल्लाह दिएको छ । ‘नुन तेलको बाहनामा…विस्तृत समाचार »

अकूत सम्पति कमाएर जेल बसेका खुमबहादुरलाई सरकारले दियो ३५ लाख

२२, असोज काठमडौँ ।  सरकारले पूर्वगृहमन्त्री खुबबहादुर खड्कालाई ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले खड्कालाई उपचार खर्चबापत १५ लाख र द्वन्द्वकालमा घर क्षति भएकाबापत २० लाख रुपैयाँ दिने भएको हो । खड्का अकूत सम्पति कमाएको अभियोगमा डेढ बर्ष जेल परेका थिए । २०६९ साउनमा सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई डेढ बर्ष कैद र ९४ लाख ७४…विस्तृत समाचार »

केपी ओली प्रधानमन्त्री बन्ने पक्का, ओली निवासमा नेताहरुको भिड

२२, असोज काठमाडौँ ।  एकिकृत नेकपा माओवादी सहित साना दलले समर्थन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ । आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका बारेमा ओलीले विभिन्न दलका नेतासित भेटवार्ता जारि राखेका छन् ।  ओली निवास बालकोटमा भएको  भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, अग्नि खरेल तथा नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top