राजनीति
सरकार छाड्ने कुरा हल्लामात्र : गृहमन्त्री बस्नेत
१५ , माघ ,झापा। गृहमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति, समृद्धि र सुशासनयुक्त समाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताएका छन् ।
झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित रहेको बताए ।
बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र…विस्तृत समाचार »
विप्लव माओवादीद्धारा ललितपुर जिल्ला जनपरिषद घोषणा
१५ माघ ,काठमाडौं ।विप्लव नेतृत्वको नेकपा माओवादीले ललितपुर जिल्ला जनपरिषद घोषणा गरेको छ ।
शुक्रबार ललितपुरको पाटनमा जिल्ला जनप्रतिनिधि सभाको प्रथम अधिवेशनले दिनेश अच्छामी प्रमुख र ध्रुव अधिकारी उपप्रमुख रहेको नौ सदस्यीय जिल्ला जनपरिषद घोषणा गरेको हो ।
त्यसैगरी अधिवेशनले सविन्द्र महर्जनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला जनप्रतिनिधि सभाको समेत गठन गरेको छ ।
केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढामगरले अधिवेशनको उद्घाटन गरेका थिए ।…विस्तृत समाचार »
स्थानीय निर्वाचन तयारी शून्य, हल्ला बढी
१५,माघ,काठमाण्डौं । स्थानीय निर्वाचन तत्काल गर्ने भन्दै प्रधानमन्त्री केपी ओली तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले पटक–पटक भन्दै आएका छन् । साथै, संसद्को विकास समिति तत्काल स्थानीय निर्वाचन गराउनुपर्ने पक्षमा छ ।
निर्वाचन आयोग स्थानीय निर्वाचन तत्काल गराउनुपर्ने पक्षमा उभिए पनि अहिलेसम्म निर्वाचनका लागि आवश्यक ऐन तयार भइसकेका छैनन् । निर्वाचनका लागि स्थानीय निर्वाचन कार्यविधि ऐनदेखि राजनीतिक सहमतिसम्म हुनसकेको छैन ।
प्रमुख तीन दलले संविधान…विस्तृत समाचार »
नेपाल टुक्र्याउन चाहनेलाई किन स्वागत गरेको ?
१५,माघ,काठमाडौं । भारतले नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई निमन्त्रणा गरेर नेपालमा विरोधाभास सन्देश दिन नखोजेको स्पष्ट पारेको छ । नेपालका सबै राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेको उल्लेख गर्दै भारतले कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ ।
बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, ‘हाीले कुनै विरोधाभाषपूर्ण सन्देश दिएका छैनौं । नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौं…विस्तृत समाचार »
कांग्रेसको नेतृत्व चयन प्रक्रिया आजदेखि सुरु
१५,माघ,काठमाण्डौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शुक्रबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । मुलुकभर शुक्रबार पार्टीको सबैभन्दा तल्लो इकाइ गाउँ नगर समितिको निर्वाचन हुँदैछ ।
पार्टीको ४ लाख ७० हजार क्रियाशील सदस्य प्रत्यक्ष सहभागी हुने निर्वाचनले आगामी चार वर्षका लागि गाउँ नगर समितिको नेतृत्व चयन गर्नेछ भने क्षेत्रीय तहको नेतृत्व चयनका लागि प्रतिनिधिसमेत छनोट गर्नेछ । आजको नागरिक दैनिकमा न्युज…विस्तृत समाचार »
काग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने बिजुक्छेको दावी
१४,माघ,काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने बताउनुभएको छ । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षातकार कार्यक्रममा विजुक्छेले कांग्रेसको नेतृत्वमा मधेसवादी, एमाओवादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना अत्याधिक रहेको बताउनुभयो ।
हालै गरिएको संविधान संशोधन भारतको दबावमै भएको भन्न्दै नेमकिपा अध्यक्ष विजुक्छेले नेपालमा फेरि सुगौली सन्धीको पुनरावत्ति भएको बताउनुभयो ।
तराई आन्दोलन संविधान…विस्तृत समाचार »
प्रचण्डको थाइल्याण्ड भ्रमण स्थगित
१४,माघ,काठमाण्डौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको थाइल्याण्ड भ्रमण स्थगित भएको छ । अध्यक्ष प्रचण्ड बैंककमा उपचार गराईरहनुभएका एमाओवादीका सचिव बर्षमान पुनलाई भेट्न भोली त्यसतर्फ जाने तय भएको थिएको थियो । सो भ्रमण प्रचण्डले स्थगित गर्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।
बैंककमा उपचार गराईरहेका पुनको स्वास्थ्यमा सुधार आउन थालेपछि अस्पतालले डिस्चार्ज गरेको छ । यद्यपी उहाँ चिकित्सकको निगरानीमै रहेको माओवादीले जनाएको छ ।विस्तृत समाचार »
जनयूद्ध दिवसमा पूर्व सहमति सरकारले कार्यान्वयन नगरेको पुर्व लडाकुको आरोप
१४,माघ,काठमाडौं । बहिर्गमित जनमुक्त सेना नेपालले सरकारले आफूलाई प्रति लडाकु दिने भनेको दुई लाख रुपैया नदिएर सहमति उल्लंघन गरेको भन्दै सहमति कार्यान्वयनको लागि चौतर्फी दवाव सृजना गर्ने भएको छ । यसकोलागि सस्थाले आगामि फागुन १ गते राजधानीमा राष्ट्रि भेलाको आयोजना गरेको विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै ईन्चार्ज लालचन्द्र विकले राज्यले आफूहरुसँग गरेको सहमति पालना नगरेकोले त्यसका विरुद्ध…विस्तृत समाचार »
एमाओवादी अध्यक्ष प्रचण्ड भोली बैंकक जादै
१४, माघ, काठमाडौं, । एमाओवादी अध्यक्ष प्रचण्ड बैंकक जाने भएका छन् ।
प्रचण्ड सचिवालय अनुसार नेपाल एयरलाइन्सको बिमानबाट शुक्रबार बिहान ११ बजे प्रचण्ड बैंकक जान थालेका हुन । बैंककमा उपचाररत पार्टीका सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यको बारेमा चिकित्सकहरुसँग छलफल गरी भावी उपचारको कार्यक्रम तालिका बनाउन उनी बैंकक जान थालेको सचिवालयले जनाएको छ ।
सचिव अनन्तको स्वास्थ्यमा सुधार आएपनि कलेजो पूर्णरुपमा स्वस्थ्य भने भएको छैन ।अनन्तलाई…विस्तृत समाचार »
रंङेली पीडितलाई सुन्दरमणीले दिए २ लाख ५० हजार
१४,माघ,विराटनगर । मोरङको रंगेलीमा माघ ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनमा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात वालवालिकाको पठनपाठनकालागि आर्थिक सहायता प्रदान गरिएको छ ।
मृतक परिवारका वालवालिकाको अध्ययनकालागि छात्रवृत्ती स्वरुप साई सेवा समाज निधीका अध्यक्ष डा. सुन्दरमणी दिक्षीतले २ लाख ५० हजार रुपैंयाँ आर्थिक सहायता प्रदान गर्नुभएको हो । सो घटनामा मृत्यु भएका महादेव ऋषिदेवका छोराछोरीको अध्ययनकालागि १ लाख ५० हजार रुपैंया…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
