राजनीति

राष्ट्रपति माथी जनकपुरमा भएको दुव्र्यवहार प्रति कांग्रेस विदेश विभागको आपत्ती

१० पुस काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी लाई जनकपुरमा गरीएको दुव्यवहार प्रति नेपाली कांग्रेस विदेश विभागले गंभिर आपत्ती जनाएको छ । कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला दारा जारी विज्ञप्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रति जनकपुरमा गरीएको दुव्यवहार र लगाइएको लान्छाना प्रति नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध बिभागको गंभिर ध्यानाकर्षण भएको जनाइएको छ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनु भएकी कोइरालाले राष्ट्रपति जस्तो गरिमा बोकेको व्यत्ती…विस्तृत समाचार »

चीनले कमल थापासंगै थुप्रै कोसेली पठाउने निश्चित

९ पुस, काठमाडौं । चीन भ्रमणमा रहेका उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले उपराष्ट्रपति ली युआन्चाओसित भेट गर्ने निश्चित भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नियमित पत्रकार सम्मेलनमा थापा र ली युआन्चाओबीच भेट हुने तय भएको जानकारी दिए । नेपालमा नयाँ सरकार बनेपछि सबैभन्दा माथिल्लोस्तरको भ्रमण भएको भन्दै दुवै सरकारले यसलाई उच्च महत्व दिएका प्रवक्ता होङले बताए । भ्रमणमा द्विपक्षीय हितका विभिन्न विषयमा…विस्तृत समाचार »

भाषामा चित्त बुझे मधेसी मोर्चाले विद्येयकमा मौन बसेर सहयोग गर्छनः प्रचण्ड

काठमाडौ, ९ पुष । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमांकनमा सहमति नहुन्जेलसम्म मधेसी मोर्चाका नेताहरुले सहमतिमा हस्ताक्षर नगरे पनि भाषामा सहमति भए पुर्ननिर्माण प्राधिकरण विद्येयक पारित गर्दा झै मौन बसेर सहयोग गर्न सक्ने बताएका छन ।  मुलुकको समस्या समाधानको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लवले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘अहिले मेरो ध्यान समस्याको समाधानमा केन्द्रीत छ । बार्ताबाटै समस्याको समाधान…विस्तृत समाचार »

तीन हप्ताभित्र भु्कम्प पीडित आवास निर्माण सुरु हु्ने

९,पुस,काठमाण्डौं । सरकारले अबको तीन हप्ताभित्र भूकम्प पीडितका लागि सामूहिक आवास निर्माणको काम सुरु गर्ने तयारी भइरहेको जनाएको छ । शहरी विकास मन्त्रालयका अनुसार यो हप्ता भित्र टेण्डर आह्वान गर्न निर्देशन दिइसकिएको छ ।  मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीले एक हप्ताभित्र टेण्डर आह्वान गरेर अर्को हप्तादेखि काम नै सुरु गर्न मन्त्रालयले शहरी विकास विभागलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । सरकारले काठमाडौं उपत्यका बाहेकका अरु भूकम्प…विस्तृत समाचार »

परराष्ट्रमन्त्रीको टोली ५ दिने चीन भ्रमणमा जादै

८ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र कानुनमन्त्री अग्नि खरेलको टोली पाँच दिने चीन भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन महत्व राख्ने आर्थिक तथा राजनीतिक मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका बेला चीनबाट इन्धन ल्याउने सम्भावनाका विषयमा पनि छलफल हुने छ । मन्त्रीद्वयको टोलीमा परराष्ट्र सचिव र वाणिज्य सचिवसमेत सहभागी हुनेछन् । कानून…विस्तृत समाचार »

पर्यटन विकास देशको आर्थिक मेरुदण्ड

७, पुस काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पर्यटन विकास देशको आर्थिक मेरुदण्ड भएको बताएका छन् । युवा पत्रकार समाजले मंगलबार काठमाडौमा गरेको नवनिर्वाचित ‘टान कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई गरिएको सम्मान’ कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले पर्यटन, जलविद्युत् र कृषिमा विकास गर्न सके देशको कायापलट हुने बताएका हुन् । उनले देशको अथाह सम्पदालाई प्रयोग गरी आर्थिक क्रान्ति गर्नु अहिलेको आवश्यकता रहेको बताए ।  अहिले नेपालमा…विस्तृत समाचार »

अछाम पुग्यो नयाँ शक्ति अभियान

पुस, ७,अछाम । अछाममा लोकेन्द्र साउदको संयोजकत्वमा १५ सदस्यिय नयाँ शक्ति निर्माण अभियान जिल्ला सचिवालय गठन गरिएको छ । सचिवालयमा एमाओवादीका बिभिन्न तहका नेता कार्यकर्ता र केही अन्य ब्याक्तिहरु पनि सहभागि भएका छन । १५ सदस्यिय समितीमा यसअघि एमाओवादीमा आवद्ध दल बहादुर बिसी, कुशल बुढा, नरेन्द्र बोहरा, रबिन्द्र शाह, शुवचन साउद, लिला भण्डारी लगायतका सदस्य रहेका छन । यस्तै सचिवालयमा देबेन्द्र सिजापति, भानुभक्त तिमिल्सैना, राम…विस्तृत समाचार »

‘अन्तिम धक्का’ तीन दिन पनि टिकेन

७ पुस,वीरगन्ज – मधेसका माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई ‘अन्तिम धक्का’ दिने भन्दै मधेसी दलले चर्काएको आन्दोलत तीन दिन बित्न नपाउँदै फितलो भएको छ । मधेसी दलको प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेका वीरगन्जका बजार र पसल सोमबारदेखि खुलेका छन् । ठूला सवारी साधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो, इरिक्सालगायत साना साधन चलेपछि बजारमा चहलपहल बढेको छ । सोमबार बिहान मधेसी दलले…विस्तृत समाचार »

राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार मानव सभ्यताकै कलङ्क–आयोग

६ पुस,काठमाडौँ । राष्ट्रिय महिला आयोगले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुव्र्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महिला भएकै कारण उहाँमाथि गरिएको यस प्रकारको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिला जगत्को अपमान गरेको आयोगको ठहर छ । आयोगले उक्त कार्यको घोर निन्दा र भत्र्सना गर्दै दोषिमाथि कडा कारबाही गर्न…विस्तृत समाचार »

कमल थापा चीन जाँदै, यस्तो सम्झौता हुँदैछ चीनमा

६, पुस काठमाडा्रैँ ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा औपचारिक भ्रमणका लागि बुधबार बेइजिङ जाने भएका छन्। मन्त्री थापाले चीनसँग चारवटा द्विपक्षीय सम्झौता गर्ने तयारीका साथ चीन भ्रमण तय गरेका हुन् । ​स्वतन्त्र व्यापार सम्झौता, द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता , पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर गर्न चीनसँग कूटनीतिक स्तरबाट कुराकानी भइरहेको बताइएको छ ।   चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top