esewa

राजनीति

सानेपा वार्ता सकारात्मक - गच्छदार संयुक्त सरकारमा सामेल हुने

मुख्य तीन दलका शीर्ष नेताहरु र मधेसी जनअधिकार फोरम लोकतान्त्रिककका अध्यक्ष विजयकुमार गच्छदारसँग मंगलबार दिउँसो सानेपामा बार्ता चलिरहेको छ। तराई मधेस तथा थारु समुदायले उठाएका माग एवं मुद्दाबारे छलफल गर्न र समाधान खोज्न तीन दलका शीर्ष नेताहरु फोरम लोकतान्त्रिककको सानेपास्थित कार्यलयमा पुगेर वार्ता गरेका छन्। वार्ता सकारात्मक भएको र छिटै सबै मुद्धामा सहमति हुने र नया बन्ने सरकारमा सामेल हुने सहमति हुन लागेको  प्रतिक्रिया नेताहरुले…विस्तृत समाचार »

सीमामा भारतले रोक्यो तेल बोकेका नेपाली ट्यांकर, केन्द्रको आदेश नआएसम्म रोक्ने

रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न दिएन । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ । सुरक्षाका कारण देखाउँदै रोकेको हो भने ग्यास बोकेको बुलेटलाई समेत मंगलबारदेखि रोक लगाएको छ ।   ग्यास लिन गएका व्यवसायीहरुलाई केन्द्र सरकारको आदेश भन्दै भारतीय भन्सारले भारतीय नम्बर प्लेटका गाडी ल्याउन रोकेको जानकारी दिएका थिए । ‘केन्द्र सरकारको अर्को आदेश नआएसम्म सुरक्षाका…विस्तृत समाचार »

​बाबुरामलाई नेतृत्व लिन असन्तुष्टको आग्रह

काठमाण्डु, ५ असोज– संविधानभाबाट संविधान घोषणा गरेपछि थप अशान्त बन्न थालेको मधेसको मुद्धा स्म्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व लिइदिन एमाओवादकै मधेस केन्द्रित सभासद्हरुले आग्रह गरेका छन् । सामेबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरु रामचन्द्र झा, प्रभु साह, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव र रामुकमार शर्मासहितका नेताहरुले नयाँ एजेन्डासहित मधेसीको मुद्धाको नेतृत्व लिइदिन भट्टराईसँगै आग्रह गरेको हुन् । मधेसी नेताहरुको भेटघाट…विस्तृत समाचार »

​प्रहरी चौकीमै प्रहरीका बिचमा गोली हानाहान, एक जवानको मृत्यु

५ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठोकरपा प्रहरी चौकीमा प्रहरी जवानले चलाएको गोली लागि अर्का एक जवानको मृत्यु भएको छ । सोमबार राति ड्यूटीमा रहेका प्रहरी जवानले गोली चलाउँदा अर्का जवानको मृत्यु भएको हो । ड्यूटीमा रहेका जवान अशोक बरालले प्रहार गरेको गोली लागि प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको डीएसपी विश्व अधिकारीले जानकारी दिए । अधिकारीले भनेराति नौ बजेर ५० मीनेट जाँदाको घटना हो ।…विस्तृत समाचार »

कांग्रेस महाधिवेशनको टुंगो अझै लागेन, पार्टी निकायका म्याद ६ महिना थप

४ भदौ, काठमाडौं । नयाँ संविधान जारी भएसँगै नेपाली कांग्रेसको संवैधानिक संकट टरेको छ । साथै उसले नयाँ संविधानअनुसार केन्द्रीय समितिसहितका पार्टीको निकायको म्याद ६ महिना थप गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले म्याद थपको निर्णय गरेको हो । १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पाँच वर्षे म्याद मंगलबार सकिँदैछ । तर, नयाँ संविधानमा विशेष परिस्थितिमा ६ महिन थप गर्न सक्ने प्रावधान…विस्तृत समाचार »

​सांसद भण्डारीको घरमा आगजनी

महोत्तरी, ४ असोज । नयाँ संविधान जारी भएको दुई घन्टा नबित्दै महोत्तरी क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीको घरमा केही अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् । गएराति ८ बजेको समयमा आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आएका अज्ञात समूहले सांसद भण्डारीको निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरेका हुन् । सो समूहले घरको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको स्थानीय दिनेश महतोले जानकारी दिनुभयो । समयमै आगोलाई…विस्तृत समाचार »

धरानमा संघीय समाजवादीका कार्यकर्ता पिटिए

३ असोज, धरान । संविधान घोषणा हुने खुशीयालीमा धरान १७ रेल्वेका स्थानीयवासी दिपावली मनाउने तयारी गरिरहेका बेला बजार बन्द गराउँदै हिँडेका संघीय समाजवादीका कार्यकर्तालाई स्थानीयले कुटपिट गरेका छन् ।बन्दकर्ताहरू करिब ११ वटा मोटरसाइकलमा झण्डै २२ जनाको संख्यामा बिहान ११ बजे रेल्वेचौकमा बन्द गराउँदै पुगेका थिए । रेल्वे बुक डिपोमा बन्द गराउन खोजेपछि स्थानीयले तत्कालै ढुंगा, ईंटा, चिर्पट र फलामका रडले प्रहार गर्दा संघीय युवा संघ…विस्तृत समाचार »

नेपालमा संविधान जारी हुँदा भारतको मन बेखुस, भारतलाई तराई आन्दोलनको चिन्ता

नेपालमा नयाँ संविधान घोषणा भएलगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गरेपनि संविधानको स्वागत गरिएको छैन ।  संविधान जारी घोषणा भए लगत्तै  भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरिएको विज्ञप्तीमा नेपालमा संविधान जारी भएको घोषणा भन्दा पनि तराईको आन्दोलनमा केन्द्रित छ । वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ । नयाँ संविधान घोषणा भएको विषयमा असन्तोष…विस्तृत समाचार »

नेपालको संविधान-२०७२

३ असोज, काठमाडौं । नेपालमा ६ दशक लामो जनसंघर्ष, वलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै आजबाट देशमा नयाँ संविधान घोषणा हुँदैछ । ६५ वर्ष लामो संवैधानिक इतिहासमा आजको दिन नयाँ युगको सुत्रपात हो । देशमा पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बनेको हो । जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा आजबाट साकार भएको छ । यद्यपि केही पार्टीहरु यसको विरोध गरिरहेका छन् ।…विस्तृत समाचार »

संविधान बन्यो भनेर नाच्ने बेला भएको छैन : भट्टराई

एमाओवादी नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान हुन लाग्दा आफूलाई खुसी र गर्वको अनुभूति भएको बताएका छन् । तर, अहिले नै दिपावली र नाचगान गर्ने बेला नभएको बताए । शनिबार काभ्रेको पाँचखाल १६ स्थित धुर्मुस सुन्तली एकीकृत वस्तीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले मुलुक युगीन परिवर्तनको संघारमा भएको खुसीको अनुभूति रहेका बताए ।तर, तराई मधेस, थारुवान र जनजातिका कयौं मुद्दाहरु सम्बोधन नभएकाले त्यहाँ असन्तुष्टि कायमै…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top