kantipur mall

राजनीति

प्रधानमन्त्रीको संसदमा सम्बोधनः नयाँ सरकारको प्रक्रिया अगाडि बढाउन अनुरोध

१५, असोज काठमाडौँ । प्रधानमन्त्री सुशिल कोइरालाले संसदमा सम्बोधन गदै  नयाँ सरकार प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई अपिल गर्नु भएको छ ।  प्रधानमन्त्रीले आजै राष्ट्रपतिलाई भेटी नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । प्रधानमन्त्रीको अनुरोधपछि राष्ट्रपतिले संविधान बमोजिम ७ दिनभित्र संसदमा रहेका दलहरुलाई सहमतिको सरकार निर्माणका लागि आह्वान गर्नेछन् । ७ दिन भित्र संसद्मा रहेका सबै दलको सहमतिमा मात्रै सहमतिको सरकार बन्न सक्छ ।  नयाँ प्रधानमन्त्री चयनका…विस्तृत समाचार »

नयाँ प्रधानमन्त्री चयनकालागि आजै आह्वान हुने

१५, असोज काठमाडौँ ।  प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवलाई  नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आह्वान गर्न आग्रह गर्ने भएका छन्  प्रधानमन्त्रीले आजै राष्ट्रपतिलाई भेटी नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । राष्ट्रपतिले संविधान बमोजिम ७ दिनभित्र संसदमा रहेका दलहरुलाई सहमतिको सरकार निर्माणका लागि आह्वान गर्नेछन् । ७ दिन भित्र संसद्मा रहेका सबै दलको सहमतिमा मात्रै सहमतिको सरकार बन्न सक्छ…विस्तृत समाचार »

५ बजे संविधानको चिरफार हुने

१५, असोज काठमाडौँ ।  सरकारले साँझ ५ बजे बस्ने संसद् बैठकमा नेपालको संविधान २०७२ मा संशोधन  प्रस्ताव अगाडि बढाउने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्  बैठकले आन्दोलनरत मधेसी दलको माग बमोजिम संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । सरकारले प्रत्येक जिल्लालाई एक सिट कम्तिमा पर्नेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरि संविधान संशोधन प्रस्ताव लैजादै छ ।  १ बजे सुरु भएको संसद् बैठक…विस्तृत समाचार »

राष्ट्रसङ्घको ७०औँ महासभामा नेपालले मुख खोल्यो

१५, असोज काठमाडौँ ।  राष्ट्रसङ्घको ७०औँ महासभामा उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्ने बताउनु भएको छ । नेपालमा भारतले अघोषित नाका बन्दी लगाइरहेको बेला आयोजना भएको संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई  सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भूपरिवेष्टित राष्ट्रका पारवहन अधिकार सम्बन्धित मुलुकले निःशर्त पालना गर्नुपर्ने बताउनु भएको हो । उहाँले संयुक्त राष्ट्रसङ्घले बितेका ७० वर्षमा व्यापक उपलब्धि हासिल गरे पनि अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा,…विस्तृत समाचार »

​कोइराला र ओलीबीच खटपटः यस्तो छ कारण

१४ असोज, काठमाडौं ।  नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीकारुपमा केपी शर्मा ओलीलाई अगाडि सार्ने भद्र सहमति गरेपनि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ ।  पदबाट आफै हट्ने समयमा प्रधानमन्त्री कोइरालाले ओलीलाई एमालेका दुई मन्त्री फिर्ता बोलाउन आग्रह गरेपछि कोइराला र ओलीबीच समस्या सुरु भएको हो । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी ओली अस्वीकार गरेका…विस्तृत समाचार »

गुपचुप दंगा भड्काउने योजना बनाउँदै अमरेश

१४, असोज काठमाडौं ।  टिकापुरमा प्रहरीमाथि आक्रमण हुनुअघि भाला, खुकुरी र तरबार लिएर जाइलाग्न थारु समुदायलाई सार्वजनिक रुपमा निर्देशन दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहका क्रियाकलापमाथि नेपाल प्रहरीले गोप्य रुपमा अनुसन्धान थालेको छ । प्रहरी उच्च स्रोतका अनुसार केही प्रहरी अधिकारीहरुसँगै राम्रो सम्बन्ध बनाएका विवादास्पद सभासद् सिंह यतिखेर कहाँ के गरिरहेका छन् भन्ने बारेमा प्रहरीले गोप्य रुपमा उनका विवरणहरु जम्मा गरिरहेको युनाईटेड पोष्ट साप्ताहिकमा समाचार…विस्तृत समाचार »

भारत र मोदीलाई गाली नगर्नुस्: सञ्चारमन्त्री रिजाल

 १४ असोज ,काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारत र नरेन्द्र मोदीलाई गाली गरेर नेपालको समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि कुटनीतिक पहल हुनुपर्ने बताउनुभएको छ । ‘भारत र नरेन्द्र मोदीलाई लागी गरेर केही हुँदैन । सबैले संयमता अपनाउनु पर्छ ।’ ‘भारतविरोधी अभियानका रुपपमा भारतलाई हेर्नु हुँदैन । मोदी पहिलो पटक आउँदा सद्भाव प्रदर्शित भयो । सम्मान थियो…विस्तृत समाचार »

तीन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै

१४ असोज ,काठमाडौं । मधेस र थारु आन्दोलनकारीका मागका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठकमा मधेसी र थारु आन्दोलनकारीले उठाएका मागका विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा भारतीयपक्षले अघोषित रुपमा लगाएको नाकाबन्दीका विषयमा पनि छलफल हुनेछ । मधेसी मोर्चा र थारुहरूसँग सरकारी वार्ता टोलीले आन्तरिक रुपमा…विस्तृत समाचार »

संविधानपछि संसद्को पहिलो अधिवेशन शुक्रबार

१४ असोज ,काठमाडौँ । नयाँ संविधान जारी भएपछि शुक्रबार व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार शुक्रबारको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्ने बाहेक अन्य कार्यसूची हालसम्म तय भएको छैन । नेपालको संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्नुपर्ने व्यवस्था…विस्तृत समाचार »

किन छन् प्रचण्ड तनावमा, आज आफै पोल खोले

१३, असोज काठमाडौँ ।  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वर्ष सँगै काम गरेका पार्टी नेता डा बाबुराम भट्टराईले पार्टी छाडेपछि  आफु निकै तनावमा भएको बताएका छन् ।  एमाओवादी प्रवत्ता समेत रहेका साहित्यकार दिननाथ शर्माको निवन्धकृति ‘हिम फुलेको रात’को  विमोचन गदै प्रचण्डले संविधान घोषणा भए लगत्तै भट्टराईले पार्टी परित्याग गरेर तनाव थपिएको बताएका हुन् ।  उनले दैनिक राजनीतिक भेटघाट र कुराकानीले दिक्क भएको…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

सीमा निरीक्षण समिति निमार्ण गर्ने सरकारको निर्णय

६ मंसिर, काठमाडौं । सरकारले सीमानिरीक्षण समिती मार्फत नेपाल भारत र नेपाल चिनबिचको सीमा विवाद हल गर्ने भएको छ ।  बिहिबार मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजानीक गर्दै सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको सरकार प्रवक्त गोकुल प्रसाद बासकोटाले जनाएका छन । भारतले तयार गरेको नयाँ राजनितिक नक्सामा नेपाली भूमी आफ्नो नक्सामा समावेश गरेपछि नेपालमा विरुद्ध चर्को विरोध 

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top