राजनीति

मधेसी मोर्चासँग आज निर्णायक वार्ता हुने

२, मंसिर काठमाडौँ ।  प्रमुख राजनितिक दल र मधेसी मोर्चाबीच आज निर्णायक वार्ता हुँदै छ ।  उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दल र आन्दोलनरत मधेसी दलहरुसँग अनौपचारिक छलफल गरेपछि आज निर्णायक वार्ताको तयारी भएको हो । संघीयताको सीमांकन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरु सहमतिका लागि तयार भएको  मधेसवादी दलहरुले बताएका थिए ।…विस्तृत समाचार »

भारतीय नाकाबन्दीविरुद्ध सशक्त संघर्षमा उत्रिने घोषणा

१, मंसिर काठमाडौँ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी नेपाली भूभागमाथिको अतिक्रमण, नेपालको आन्तरिक मामिलाको सुक्ष्म व्यवस्थानविरुद्ध सशक्त संघर्ष उत्रिने घोषणा गरेको छ ।  महासचिव विप्लवले एक  विज्ञप्ति जारि गदै भारतको नाकबन्दी विरुद्धमा संघर्ष गर्ने घोषणा गरेको हो । नेपालको आन्तरिक पक्षमा भएका संघर्षहरुको अनुचित फाइदा उठाएर भारतीय शासक वर्गहरुको अनावश्यक र अस्वभाविक क्रियाशिलता बढेको भन्दै माओवादी नेता विप्लवले तराई मधेसमा भएका…विस्तृत समाचार »

प्रचण्डको गोप्य मिसन सफलः आपुर्तिमन्त्रीले पाए इन्धन पाउने आश्वासन

१, मंसिर काठमाडौँ ।  गोप्य रुपमाचीन पुगेका आपुर्तिमन्त्री गणेश मान पुनलाई चीनले इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ । चीनबाट इन्धन ल्याउन आयल निगमका अधिकारीहरुले भाँजो हालेको भन्दै एक्लै  चीन पुगेका पुनले त्यहाँको अधिकारीसँगको कुराकानीमा नेपाललाई इन्धन उपलव्ध गराउने आश्वासन पाएका हुन् ।      चीनले अतिरिक्त शुल्क नलगाइ करिव करिव अहिलेकै मूल्यमा नेपाललाई इन्धन दिन तयार भएको बताइएको छ । चीनले यो साता भित्रै…विस्तृत समाचार »

केटाकेटीको जस्तो प्रधानमन्त्रीको सम्वोधन

१, मंसिर काठमाडौँ ।  नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन केटाकेटीको जस्तो भएको टिप्पणी गरेका छन् । मंगलबार भक्तपुरको रफत सन्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले प्रधानमन्त्रीको भाषण भावनात्मक र केटाकेटीपन मात्रै भएको बताए । आम नेपालीले वर्तमानमा भोगेको राष्ट्रिय समस्याको सम्बोधन चाहेको उनको भनाई थियो ।             कार्यक्रममा बाल्दै उनले…विस्तृत समाचार »

ओलीको एक महिना, ४ लाखको चना, २६ लाखको सवारी

१, मंसिर काठमाडौँ ।  केपी ओलीले सत्ता सम्हालेको  आज एक महिना सात दिन भएको छ । नकाबन्दी छिट्टै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गदै सत्ता सम्हालेका ओलीले १ महिना सम्म न नाकाबन्दी खुलाउने कुटनितिक पहल गर्न सके न कुनै विकप्प नै खोज्न सकेका छन् ।  नकाबन्दी र तराई मधेशको आन्दोलनका कारण जनताहरु छटपटीरहेका छन् । तर यही अवधी प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा खाजा खर्चबापत…विस्तृत समाचार »

पुनःनिर्माण कार्य यथाशीघ्र अघि बढाउन काँग्रेस सांसद्को माग

३० कात्तिक काठमाडौ । नेपाली काँग्रेसका सांसदहरूले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण कार्य यथाशीघ्र अघि बढाउनुपन जोड दिएका छन् । भूकम्प प्रभावित जिल्लाबाट प्रतिनिधित्व गर्ने र व्यवस्थापिका–संसद्को विधायन समितिमा रहेका काँग्रेसका सांसदहरूको बैठकमा भूकम्पपीडितलाई तत्काल राहत र पुनर्वासको व्यवस्था गर्नुपर्ने माग गरिएको हो । जाडोयाम सुरु भइसकेको र भूकम्पपीडितले अझै सरकारले घोषणा गरेको राहतसमेत नपाएको भन्दै सांसदले तुरुन्त पीडितलाई राहत दिन सरकारसँग माग गरेको छलफल सहभागी…विस्तृत समाचार »

खड्गबहादुरले भने मधेस आन्दोलन बाँदरलाई लिस्नो

३०, कात्तिक काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मधेस आन्दोलन भारतका लागि बाँदरलाई लिस्नो भएको बताएका छन्। चितवनमा  आयोजित कार्यक्रममा बोल्दै उनले अब राष्ट्रिय स्वाधिनताका लागि नयाँ चरणको पहल जरुरी रहेको बताए।                          उनले वैशाख १२ को भूकम्प भन्दा अहिलेको अवस्था दर्दनाक भएको उल्लेख गरे। १९५० देखिनै हस्तक्षेप गर्दै आएको भारतले…विस्तृत समाचार »

अपडेट :तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार छ :प्रधानमन्त्री ओली

२९ कात्तिक ,काठमाडौ  अपडेट प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीले इन्धन र औषधी अभावका कारण मुलुकमा मानवीय संकट आइपरेको भन्दै भारतसंग नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ ।  आइतबार सांझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक सरकारी तवरबाट भारतले नाकाबन्दी गरेको बताउदै  नाकाबन्दी हटाउन आग्रह गर्नुभएको हो । दुईदेशबिचमा रहेको ऐतिहासिक सम्बन्धलाई प्रतिकुल हुन नदिन भन्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो नाकाबन्दी हटाउन आग्रह गर्नुभएको हो…विस्तृत समाचार »

तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार छ :प्रधानमन्त्री ओली

 प्रधानमन्त्रीले नयाँ संविधान जारी भएपछि नाकाबन्दीजस्तो अकल्पनीय पीडा भोग्नुपरेको बताएका छन् ।देशवासीका नाममा संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, अहिलेको एक्काइसौं शताब्दीमा पनि एउटा सार्वभौम राष्ट्रले संविधान जारी गर्दा नाकाबन्दी सामना गर्नु पर्ला भनेर कल्पना पनि गरिएको थिएन।तर अहिले अकल्पनीय पीडा भोग्नुपरेको छ।  उनले  संविधान स‌ंशोधन गरेर तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। देशबासीको नाममा सम्बोधन गर्दै ओली…विस्तृत समाचार »

झापामा नयाँ शक्ति गठन

२९, कात्तिक काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको ‘नयाँ शक्ति निर्माण अभियान’ अन्तर्गत झापाको मेचीनगरमा २७ सदस्यीय समिति गठन भएको छ ।  पुष्प पौडेलको संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा उत्तम भण्डारी र सदस्यहरुमा वीरबहादुर श्रेष्ठ, चन्द्रजीत राई, गोकुल हुमागाई, कमला पराजुली, टीका बनियाँलगायत रहेका छन् ।  नयाँ शक्ति निर्माण अभियानले झापाका सबै नगरपालिका र गाविसहरुमा समिति गठन गर्न छलफल चलाइरहेको संयोजक पौडेलले बताए । विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top