प्रवास

साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक, बिदामा नेपाल आएकाको रोजगार गुम्ने डर

काठमाडौँ । साउदी अरेबिया सरकारले नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको हो ।   बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्था सिर्जना भएको छ । बिदामा आएकाहरुले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् ।विस्तृत समाचार »

कोरियामा कोरोनाको महामारी, नेपाली कामदार त्रासमा

११ फागुन, काठमाडौँ । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना बढेको छ । शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको संक्रमणबाट  मृत्यु भइसकेको छ । त्यहाँ मृतकको संख्या बढ्न सक्ने…विस्तृत समाचार »

मलेसियाको गृह भन्छ सुरक्षा गार्डमा नेपाली उत्तम

१ फागुन, काठमाडौँ । मलेसियाको गृह मन्त्रालयले विदेशी सुरक्षा गार्डमा नेपाली कामदारमात्रै राख्न सकिने बताएको छ । मलेसियाका लागि पाकिस्तानबाट  १ लाख ५० हजार जना सुरक्षा गार्ड ल्याउने तयारीबारे समाचारहरू आइरहेका बेला मलेसियाको गृह मन्त्रालयले त्यसको खण्डन गर्दै विदेशी सुरक्षा गार्डमा नेपाली मात्रै राख्न सकिने बताएको हो । मन्त्रालयले स्थानीय व्यक्तिलाई नै सुरक्षा गार्डमा रुपमा राख्न सकिने समेत सुझाव दिएको छ ।  नेपालबाट  पूर्वसेना वा…विस्तृत समाचार »

स्पेनका राजा फेलिपेको नेपाल भ्रमण गर्ने इच्छा

१२ माघ, काठमाडौं । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् । स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना…विस्तृत समाचार »

युएईमा एक वर्षमा १०३ नेपालीको मृत्यु

६ माघ, यूएई । वैदेशिक रोजगारीमा जाने हरेक युवाको सपना हुन्छ– परिवारलाई खुसी दिने । यसरी परिवारको खुसीको खोजीमा विदेश भासिने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, परिवारको खुसीका लागि विदेशी भूमिमा श्रम बेच्न अभिशप्त नेपालीको जीवन अकालमै टुंगिरहेको छ । नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन् २०१९ मा मात्रै १०३ नेपालीेले ज्यान गुमाएका छन् । ज्यान…विस्तृत समाचार »

पर्यटनमन्त्री भट्टराईको आग्रह : अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउनुस्

२४ पुस, अस्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध  गरेका छन् ।  गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे।  मन्त्री भट्टराईले नेपाल र…विस्तृत समाचार »

न्यूयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

२३ पुस, काठमाडौं । न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् । न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको स्थानीय अनलाइनहरुले समाचार लेखेका छन् । दुर्घटनालगत्तै आमा–छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो । श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ‘ट्रकले…विस्तृत समाचार »

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

२७ असोज, काठमाडौं । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ ।  स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो । २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै…विस्तृत समाचार »

अमेरिकामा सवारी दुर्घटना हुँदा एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

१९ भदौ, काठमाडौं । तीन जनाको ज्यान जानेगरी अमेरिकाको मिजोरी हाईवेमा मंगलबार भएको दुर्घटनामा एक नेपाली दम्पत्तिसहित तिनको छोरीको मृत्यु भएको पुष्टि भएको छ । सोही परिवारका २ गम्भीर घाइते भएका छन् । अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र श्रद्धा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको छ । शान्ता नाताले गोविन्दका श्रीमती र श्रद्धा छोरी हुन् ।…विस्तृत समाचार »

मलेसियामा अवैधानिक भएका नेपाली कामदार स्वदेश फर्किन थाले

३२ साउन, काठमाडौं । मलेसियामा अवैधानिक भएर बसेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक कामदारलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । साउन १६ अर्थात अगस्ट १ देखि पुस १५  अर्थात डिसेम्बर १ सम्मको लागि मलेसियाले आममाफीको समय दिएको छ । मलेसियामा अवैधानिक रहेका नेपाली सहित अरु देशका नागरिकले यो…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top