प्रवास

एनआरएन आइसीसीमा अव ५ जना उपाध्यक्ष रहने

२ फागुन,काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएअन्तराष्ट्रिय समन्वय परिषद आइसीसीको विद्यानलाई काठमाण्डौंस्थित प्रराष्ट्रमन्त्रालयले स्वीकृति  प्रदान गरेको छ । संघको गत अक्टोवरमा सम्पन्न विश्वसम्मेलनद्धारा प्रस्तावित विद्यानलाई मन्त्रायले स्वीकृत प्रदान गरेको हो । नयाँ विद्यान अनुरुप अब संघको उपाध्यक्षमा ५ जनाले प्रतिस्पर्धा गर्न पाउँने भएका छन् । १ महिला र ४ खुल्ला तर्फ उपाध्यक्ष पदमा निर्वाचन हुने नयाँ व्यवस्था गरिएको छ ।विस्तृत समाचार »

नेपाली व्यवसायी क्षेत्री र शाहले मलेसियामा खोले क्लब ‘एसजी’ ‘ग्लोइङ स्काई’

२ फागुन,काठमाडौं । मलेसियामा नेपाली व्यवसायीहरुको लगानीमा क्लब एसजी ‘ग्लोइङ स्काई’खुलेको छ । यो क्लब मलेसियाको क्वालालम्पुरस्थित फोर स्टार होटल ग्रान्ड कन्टिनेन्टलमा खुलेको हो । आज भ्यालेन्टाइन डे अर्थात फ्रेबुअरी १४ को विशेष अवसर पारेर क्लब शुरु हुन लागेको छ । नेपालीहरुको लगानीमा मलेसियामा पहिलोपटक यसप्रकारको नयाँ व्यवसाय शुरु भएको हो । क्लब गैरआवासीय नेपाली संघ एनआरएन मलेसियाका  पुर्वअध्यक्ष महेन्द्रजङ शाह र मलेसियामा अहिले अत्यन्तै…विस्तृत समाचार »

साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर राकसकोटी घर फर्कंदै

२ फागुन,काठमाडौँ ।  साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् । साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो । त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा…विस्तृत समाचार »

दुबईमा जाबिल पार्कमा सयौं नेपालीको भव्य उत्सव

दुबई । प्रायः शुक्रबारका दिन प्रवासी नेपालीको जमघट भैरहने दुबर्इमा फ्रब्रुअरी २ तारिखका दिन छुट्टै रौनक थियो । पाल्पाली समाज दुबई क्षेत्रीय समितिले शुक्रबार आयोजना गरेको वनभोज कार्यक्रम ५० जिल्लाबाट दुबई पुगेका नेपालीको जमघट भएर वनभोजको उत्सव मनाएका छन् ।   दुबईको चर्चित जाबिल पार्कमा भएको वनभोज कार्यक्रममा ४५० भन्दा बढी नेपाली सहभागी भएका थिए । वनभोजमा सहभागी हुन अबुधावी, सारजहाँ, अलैन, फुजेराबाट आएका सहभागीहरुले…विस्तृत समाचार »

कतारमा चार नेपाली युवा विचल्लीमा, काम नदिने कम्पनीले घर आउन पनि दिएन

५ माघ, खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् । टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेशनल कम्पनी…विस्तृत समाचार »

मिठो सपना बोकेर विदेशीएका म्याग्देली युवाको दर्दनाक बेदना

१ माघ, म्याग्दी ।  नेपालीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तैमध्येका एक हुन् –…विस्तृत समाचार »

मलेशियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

६ पुस, काठमाडौ । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।  त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।  मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ ।  नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।  उनी हिजै नेपाल…विस्तृत समाचार »

मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायलले बोलायो तेस्रो वार्षिक साधारण सभा

५ पुस, काठमाडौ । मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायले तेस्रो वार्षिक साधारण सभा १२ जनवरी २०१८ मा गर्ने भएको छ । वैदेशिक रोजगारिको सिलसिलामा इजरायलमा कार्यरत पर्वतेलीहरुको  सस्था मातृभूमिका लागि खोलिएको यस संस्थाको लोकप्रियता बढिरहेका बेला संस्थाले वार्षिक उत्सव समेत आब्हान गरेको  छ । इजरायलस्थित यशोधामाला ४४ तेलअविवमा विविध सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित इजरायलका लागि नेपाली राजदूत निरन्जन कुमार थापाको प्रमुख आतिथ्य तथा कार्यक्रमको…विस्तृत समाचार »

​साउदीमा रुकुमका एक युवकको मृत्यु

६ मंसिर, रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।  रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको…विस्तृत समाचार »

कतारले विदेशी कामदारको न्यूनतम तलब बढायो, नेपाली कामदार लाभाविन्वत हुने

१ मंसिर, काठमाडौं । खाडी मुलुक कतारले आप्रवासी कामदारको न्यूनतम मासिक तलब तोकेको छ । विदेशी कामदारमाथि आर्थिक शोषणको आरोप खेप्दै आएको कतारले पहिलो पटक न्यूनतम मासिक तलब तोकेको हो। कतारी श्रम मन्त्रालयले  तोकेको तलबमान अनुसार अब विदेशी कामदारले मासिक न्यूनतम तलब ७ सय ५० रियाल अर्थात झण्डै २ सय अमेरिकी डलर पाउने छन् । कतारको यस निर्णयबाट लाखौंको संख्यामा रहेका नेपाली कामदारहरु लाभाविन्त हुनेछन्…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top