प्रवास

एनआरएनए चीन को अध्यक्ष पदमा नबिन बिकको उम्मेद्वारी

  वाशिंगटन डीसी l  चितवन घर भै हाल चीन मै बसोबास गर्दै आएका नबिन बिकले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवार दिने भएका छन् l एनआरएन चीन मा स्थापना कला देखि नै कोषाध्यक्ष को रुपमा आफूले एनआरएन को यात्रा शुरु गर्दै अहिले सम्म को एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष जस्तो गरिमामय पदमा काम गरि सकेको अनुभवले आफु…विस्तृत समाचार »

बोस्टन सप्ताह कार्यक्रममा १००८ महिलाहरुले कलश लिएर नगर परिक्रमा गर्ने तयारी

आगामी अगस्त ६ देखि १२ सम्म एक सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को लागि आयोजक तथा सम्पूर्ण समुदाय भब्य तयारीमा जुटेका छन् l आयोजक कुनै कसर नछोड्न उद्देश्यको साथ व्यापक प्रचार प्रसारमा अहोरात्र खटिई रहेका छन् l उक्त बृहत आध्यात्मिक महोत्सबमा कलश यात्रा बोस्टन सप्ताहको बिशेष कार्यक्रम रहेकोले  १००८ महिलाहरुले आफ्नो सांस्कृतिक भेष भुषा सहित कलश लिएर…विस्तृत समाचार »

एनआरएनको गल्फ संयोजकमा शर्माको उमेद्वारी

दोहा l गैर आवासिय नेपाली संघ एनआरएनको गल्फ संयोजकमा आरके शर्माले उमेद्वारी घोषणा गरेका छन् । दोहाको एक कार्यक्रममा शर्माले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि  कतारमा व्यवसाय गर्दै आएका छन् l कतार बसाइको क्रममा हरेक समयमासामाजिक कार्यमा हातेमालो गरेकाशर्मालेआफू गल्फ संयोजकका लागि योग्य भएको दाबी गरे ।आफू विजय भए ५१ लाखको वैदेशिक रोजगार सचेतना…विस्तृत समाचार »

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु

भारत । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।  मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त…विस्तृत समाचार »

अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन ३ बर्ष को लागि आयुक्त पदमा नियुक्त

वाशिंगटन डिसी l   दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको छ l   अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई आयुक्त पदमा थप ३ बर्षको लागि काँधमा जिम्मेबारी सुम्पिएका हुन् l नव नियुक्त आयुक्त गुरुङ लाई गत जुन २७ तारिख ,२०१७ का दिन…विस्तृत समाचार »

अमेरिकामा यसरी फहराइयो नेपालको झण्डा

अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे ।    नगर प्रमुख फुलपसंग…विस्तृत समाचार »

मलेसियामा गैरकानुनी कामदारलाई तनाव

मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ ।  मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो । हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।   गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई…विस्तृत समाचार »

​यूएईमा नेपाली समुदायले २०४ औं भानुजयन्ती मनाउँदै

यूएई । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ती मनाइने भएको छ । आउँदो आषाढ ३० गते अर्थात तदनुसार जुलाई १४ का दिन यूएईको बर दुबई स्थित सिन्ध पंजाव होटलमा उक्त भानुजयन्ती बिगत का बर्ष झै यस् पनि बिशेष कार्यक्रम गर्न लागिएको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका सम्योजक कृष्ण…विस्तृत समाचार »

​गैरआवासीय नेपालीले विमानस्थल सरसफाई गर्ने

नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक र गुणस्तरीय बनाउने योजनाअनुसार गैरआवासीय नेपालीहरुले भोलि विमानस्थलको सरसफाई गर्ने भएका छन् ।  देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आधुनिक गुणस्तरिय सरसफाई गरी पर्यटकहरुको नेपाल आगमनलाई आनन्दमय वनाउने उदेश्यसहित “अतिथि देवो भवः” अभियान अन्तर्गत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सहभािगतामा सरसफाई गर्न लागिएको हो ।  गैरआवगासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्व परिषदका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष…विस्तृत समाचार »

एनआरएनए केन्यामा नयाँ  नेतृत्व 

नैरोबी, केन्या । केन्या को राजधानी  नैरोबीमा  गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केन्याको तेस्रो महाधिवेशन  बर्ष २०१७ - २०१९ का लागि नयाँ  नेतृत्व चयन गर्दै सप्पन्न भएको छ । महाधिबेसनले अध्यक्षमा कृष्ण दत्त भट्ट र महसचिव मा श्री बिष्णु कार्की छेत्री लगायत १५ सदस्यीय नयाँ कार्य समिती २ बर्ष को लागि को चयन गरेको छ l अन्तर राष्ट्रिय समितीको  सदस्यमा  यादब काफ्ले ,महिला संयोजक…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top