प्रवास/अन्तर्राष्ट्रिय

​क्यानडाले १२ हजार शरणर्थीलाई क्यानडा प्रवेश गर्न दिने

१२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशका नागरिकलार्इ प्रतिवन्ध लगाएका  बेला क्यानडाले भने धर्म र जातका आधारमा पक्षपात नगरी शरणार्थीलार्इ प्रवेश गर्न दिने घोषणा गरेको छ।   क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको हो।  सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले जानकारी दिए। “हामीले उनीहरुलाई…विस्तृत समाचार »

​मोटरसाइकल बम आक्रमणमा तीनको मृत्यु, २२ घाइते

१२ फागुन, अफगानिस्तान  । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । पाक्टिका प्रान्तको बजार इलाकामा भएको यस मोटरसाइकल बम विस्फोटमा परी कम्ती तीन व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएको छ ।  पाक्टिका प्रान्तको जानी खिल जिल्लामा सो विस्फोटन भएको प्रवक्ता मोहमद रहमान आयाजले बताएका छन् । स्थानीय समयाअनुसार…विस्तृत समाचार »

​३७ वर्षपछि टर्कीका सैनिक महिलाले बुर्का लगाउन पाउने

१२, फागुन  । टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् । टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर अनुहार छोप्न भने पाइने छैन । यो नियम अब टर्कीको राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । बर्षौदेखि पक्ष र विपक्षमा…विस्तृत समाचार »

​विश्वमा अब नयाँ त्रिकोणीय कूटनीतिको उदय

१२ फागनु । गतसाता म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले युक्रेनमा रुसले गरेका कार्यका लागि उसलाई जिम्मेवार बनाउने दाबी गरे भने रुसका उच्च कूटनीतिज्ञ सर्गेई लाभरोभले विश्व राजनीतिमा ‘उत्तर–पश्चिम’ युग सुरु भएको घोषणा गरे । चीनका विदेशमन्त्री वाङ यीले चीन–अमेरिका सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भन्दै प्रशंसा गरे र लगत्तै मस्कोसँग बेइजिङको रणनीतिक साझेदारीको प्रशस्ती गाए । मस्को सेन्टरका निर्देशक ट्रेनिन कार्नेजीको लेख…विस्तृत समाचार »

​किम जोङका दाजुको हत्यापछि मलेसिया र उत्तर कोरियाबीच तनाव बढ्यो

११ फागुन,काठमाडौँ । मलेसियाले उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्याको सम्बन्धमा उत्तर कोरियाली दूतावासका द्वितीय सचिव हयान क्वाङ साङको खोजी भइरहेको जनाएको छ । क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा मलेसियाली प्रहरी प्रमुख खालिद अबु बकरले हत्यामा संलग्न तीन संदिग्ध उत्तर कोरियाली नागरिकको खोजी भइरहेको बताएका छन् । मलेसियामा नै रहेको आशंका गरिएका अर्का संदिग्ध किम उक उत्तर कोरियाली सरकारी विमान…विस्तृत समाचार »

​राट्रिपतिले आफ्नै श्रीमती उपराष्ट्रपतिमा नियुक्त गरेपछि....

११ फागुन, अजरबैजान । अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेको खबर आजको नागरिकमा छ । अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो । यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैर नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत रहिसकेकी ५२ बर्षीया प्रथम महिला मेहरिबानलाई उपराष्ट्रपति पदमा…विस्तृत समाचार »

आप्रवासीलाई निकाल्न ट्रम्पले ल्याए नयाँ रणनीति

११ फागुन  । अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई निकाल्न नयाँ रणनीति लागु गरिने भएको छ । आप्रवासीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको यसअघिको निर्णयको विरोध भइरहँदा ट्रम्प प्रशासनले फेरि नयाँ रणनीति लागु गर्न लागेको हो । नयाँ रणनीति अनुसार सबै भन्दा पहिले आवश्यक कागजात बिना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासी निशानामा पर्नेछन् । यस्तोमा गम्भीर आपराधिक गतिविधिमा संलग्नहरु देखि सामान्य ट्राफिक नियम…विस्तृत समाचार »

​फिलिपिन्समा बस दुर्घटना १३ विद्यार्थीको मृत्यु

१० फागुन, मनिला। फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ ।  पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।  मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका…विस्तृत समाचार »

​मलेसिया र उत्तर कोरीयाबिच सम्बन्ध चिसियो, मलेसियाले राजदूत फिर्ता बोलायो

१० फागनु  । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका भाइ किम जोङ नामको मलेसियामा हत्या भएपछि मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसिएको छ । उत्तर कोरियाले नामको हत्यामा मलेसियाको हात रहेको आरोप लगाएपछि रुष्ट बनेको मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । मलेसियाले उत्तर कोरियाले झुठो तथा अफवाहको भरमा आरोप लगाएको बताएको…विस्तृत समाचार »

तानाशाहा हिटलरले विश्वयुद्धमा प्रयोग गरेको फोन ४३ हजार डलरमा लिलाम

१० फागुन, मेरिल्यान्ड । जर्मनीका पूर्व तानाशाहा एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको छ । उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धको बेला प्रयोग गरेका थिए ।  सेटको सुरुवाती मुल्य एक दाख डलर राखिएको थियो । हिटलरको नाम लेखिएको रातो रंगको उक्त फोन सन् १९४५ मा बर्लिनमा रहेको हिटलरको बंकरबाट फेला परेको थियो । जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गरेपछि सोभियत…विस्तृत समाचार »

Nmc

bijuli

paicho

bussewa

राजनीति

​म्याग्दीमा ७४ हजार मतदाता नामावली दर्ता

 १७ फागुन म्याग्दी । म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता 

सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्छ : विजुक्छे

१६ फागुन,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन्  । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि 

​स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु

१६ फागुन, काठमाडौं । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

प्रवास/अन्तर्राष्ट्रिय

​ट्रम्पले रात्रिभोजको निम्तो बहिस्कार गरे

१६ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । ह्वाइट हाउस पत्रकार संघले बार्षिक रुपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् ।

​२ बर्षदेखिनै चुरोटका अम्मली बनेका अल्दी दिनमै ४० चुरोट खान्छन्

इंडोनेशियामा बस्ने अल्दी रिजाल २ बर्षदेखिनै चुरोटका अम्मली बने ।उनले चुरोट पिउदै गरेको फोटो इन्टरनेटमा केही समय अघि निके भाइरल बनेको थियो ।  यि बच्चाले दिनमै ४० ओटा चुरोट पिउँथे । 

रक्सी खाएर मानिसको भिडबाट गाडी चलाउँदा २८ घाइते

१५ फागुन ।  अमेरिकाको न्यु ओर्लिन्स शहरमा रक्सी खाएर एक व्यक्तिले गाडी चलाउँदा २८ जना घाइते भएका छन् । ती ड्राइभरले न्यु ओर्लिन्समा परेड हेर्न जम्मा भएमा भिडको बिचबाट गाडी चलाएका थिए ।  ती घाइतेलाईउपचारका लागि अस्पताल भर्ना गरिएको रोयटर्सले जनाएको छ । 

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top