esewa
kantipur mall

समाचार

काठमाडौंमा बाटो काट्न सिकाउन कलाकार र एयर होस्टेज पनि खटिने

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन कलाकार र एयर होस्टेज पनि खटिने भएका छन् । स्कुल कलेका विद्यार्थी, युवा क्लब, यातायात व्यवसायी, ख्यातीप्राप्त कलाकार र एयर होस्टेजलाई परिचालन गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २३ वटा स्कुल कलेज, २ वटा युवा क्लब, १६ वटा यातायात कम्पनी, १० जना ख्यातीप्राप्त कलाकार, १२ जना एयर…विस्तृत समाचार »

कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी भएपछि उपचारमा समस्या

५ असोज इलाम । इलाम कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी परेपछि उपचारमा समस्या भएको छ । कारागारका ७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन् । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको कारगार प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिए ।  उनीहरु करिब ५ दिन अघिदेखि बिरामी परेका हुन् ।  प्रमुख श्रेष्ठले भने  ‘एकैपटक ठूलो…विस्तृत समाचार »

डुबेर एक बालिकासहित दुई जनाको ज्यान गयो

५ असोज धनुषा । धनुषा र महोत्तरीमा पानीमा डुबेर एक बालिकासहित दुई जनाको ज्यान गएको छ । जितिया पर्वको अवसरमा शनिबार दिउँसो धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुरस्थित कमला नदीमा आमासँगै स्नान गर्न गएकी एक बालिकाको डुबेर ज्यान गएको छ । ज्यान गुमाउनेमा सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पानीमा डुबेर बेहोस भएकी बालिकाको…विस्तृत समाचार »

विपद्का पाँच महिना : दाङमा ४३ जनाको ज्यान गयो, झण्डै एक अर्बको क्षति

४ असोज दाङ । गएको ५ महिनामा दाङ विभिन्न विपदमा परि ४३ जनाको ज्यान गएको छ । त्यस्तै झण्डै एक अर्बको भौतिक क्षति भएको छ । गएको वैशाखदेखि भदौ महिनासम्म विभिन्न विपदमा परेका ३२ पुरुष र ११ जना महिलाको ज्यान गएको हो । सबैभन्दा धेरै पानीमा डुबेर ज्यान गएको छ । पानीमा डुबेर र बगेर मात्रै पाँच महिनामा २३ जनाको ज्यान गएको जिल्ला आपतकालिन कार्य…विस्तृत समाचार »

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गयो

४ असोज गोरखा । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए ।  भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।     एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ…विस्तृत समाचार »

अछामको कमलबजार नगरपालिका कार्यालयमा बम बिस्फोट

३ असोज, अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले बिहीबार राति अछामको कमलबजार नगरपालिकामा बम बिस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम बिस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी बताए । बिस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिस्फोट गराइएको पाइएको छ । प्रहरीले बिस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।…विस्तृत समाचार »

देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चारमाध्यमहरुलाई अर्थमन्त्रीको आग्रह

२ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।  अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए । आफूले नीति, निर्माणको तहमा २५–३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन ?भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो । बिहीबार काठमाण्डौको त्रिपुरेश्वरमा निर्माण…विस्तृत समाचार »

कर्णाली प्रदेशद्वारा १७ लाख नागरिकको सामूहिक बीमा

२ असोज सुर्खेत । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका १७ लाख ७० हजार जनताको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेश सरकारले सम्पूर्ण कर्णालीवासी नागरिकका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँगको सम्भौतामा ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’ गरेको हो । बीमा शुभारम्म कार्यक्रमको उद्घाटन बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । कार्यक्रमको उद्घाटनमा मुख्यमन्त्री शाहीले कठिन भूगोल…विस्तृत समाचार »

बाढीले बाँकेका सयौँ घर डुबानमा

२ असोज बाँके । बाढीका कारण बाँकेका सयौँ घर डुबानमा परेका छन् । बाढीले खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेका छन् । ६४ घरपरिवारका २५३ जना जनसेवा माविमा आश्रय लिएर बसिरहेका छन् ।  यसैगरी जानकी गाउँपालिकाको शिवपुरी र…विस्तृत समाचार »

संविधान दिवस स् चिडियाखाना प्रवेशमा विशेष छुट, बालबालिकालाई निशुल्क

२ असोज ललितपुर । संविधान दिवसको अवसरमा सदर चिडियाखानाले प्रवेश शुल्कमा विशेष छुट दिएको छ । बिहीबार, शुक्रबार र शनिबार तीन दिनका लागि ५० रुपैयाँ मात्रै प्रवेश शुल्क तोकिएको चिडियाखानाले जनाएको छ । चिडियाखानाका अनुसार बालबालिकाले भने निःशुल्क अवलोकन गर्न पाउने छन् । अरु बेला चिडियाखाना प्रवेशको लागि १ सय ५० रुपैयाँ तिनुपर्छ । विक्रम संवत १९८९ सालमा स्थापना भएको चिडियाखाना पछिल्लो २३ वर्षदेखि राष्ट्रिय…विस्तृत समाचार »

Ruslan

runner bike

राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

५ असोज काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।  मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल

कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्छ : प्रचण्ड

४ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताएका छन् । शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ । मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ ।’ उनले आफू २०–२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए । ‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तर्क्िरया गर्ने थलो पाँगा, कीर्तिपुर थियो,’ उनले भने ।

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री ज्ञवाली शनिबार न्यूयोर्क जाँदै

४ असोज, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली शनिबार अमेरिकाको न्यूयोर्क जाँदै छन् । संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन उनी शनिबार राति साढे ९ बजे न्यूयोर्क जान लागेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ ।  स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न लागेका हुन । उनले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।न्यूयोर्कमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले साकर्का विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेलगायत कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय

अवैध आप्रवासीलाई निकाल्ने भारतीय गृहमन्त्रीको घोषणा

२ असोज, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे । भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’ उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । 
 

तालिबानले अमेरिकालाई भन्यो–वार्ताका लागि हाम्रो ढोका खुला छ

१ असोज, काठमाडौं । तालिबानले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता पुनः स्थापित गर्न चाहन्छन् भने आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले बताएको बिबिसीले उल्लेख गरेको छ ।  तालिबानको तर्फका वार्ता प्रमुख शर मोहम्मद अब्बास स्तानिक्जाइले वार्ता नै आफगानिस्तानमा शान्ति स्थापनाको एक मात्र माध्यम रहेकोमा जोड दिएका छन् । ट्रम्पले गएको हप्ता अफगान तालिबानसँगको वार्ता अन्त्य भएको बताएका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरको घोषणा– पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

१ असोज, काठमाडौं । भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका छन, ‘पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान प्रशासित कश्मीर भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ ।’ भारतीय विदेश मन्त्रीले संविधानको धारा ३७० को बारेमा भने,‘यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top